१७ वर्षीया किशोरीले होस्टेलमै जन्माइन बच्चा, बाबु चै बेपत्ता



 

 

केन्द्र सरकारदेखि प्रान्तीय सरकार हुँदै स्थानीय सरकारसम्मले ‘विहावारी, २० वर्ष पारी’ भन्ने नाराका साथ अभियान चलाइरहेपनि देशका विभिन्न भागमा बालविवाह अझै रोकिएको छैन । बालविवाह नरोकिएको मात्र होइन् जोखिमपूर्ण अवस्था र ढंगले सुत्केरी हुने घटाना पनि सार्वजनिक भइरहेको छ।

बालविवाह गरेर सानै उम्मेरमा बच्च जन्माउने पीडादायी समस्याता छदैछ, तर पछिल्लो समय विवाह विनानै आमा बन्ने किशोराको संख्यामा पनि वृद्धि भइरहेको छ ।

यस्तै एउटा घटना छिमेकी देश भारतमा घटेको । होस्टेलमै बस्दै आएकी कक्षा ११ मा अध्ययनरत १७ वर्षीया छात्राले विवाहविनै मृत शिशुलाई जन्म दिएको समाचार बाहिरिएको छ ।

यो घटना हो भारतको छत्तीसगढको । भारतको छत्तीसगढको दंतेवाडाका कक्षा ११ मा अध्ययनरत छात्राले मृत शिशुलाई जन्मदिएकी हुन् । उनले मृत शिशुलाई जन्म दिएपछि अहिले छत्तीसगढमा हलचल नै आएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ति छात्राले अस्पतालमा बच्चालाई जन्म दिएकी हुन् । ती किशोरीले जन्माएको जवजात शिशु मृत रहेको जनाइएको छ ।

होस्टेलमा बस्दै आएकी छात्राले शिशु जन्माउन नसकेपछि उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो भने उनले अस्पतालमै मृत शिशुलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

यता स्थानीयवासीले ति किशोरीले होस्टेल भित्रै बच्चा जन्माएको र वार्डनको मिलोमतोमा पछि अस्पताल लगिएको आरोप लगाएका छन् । उक्त घटनापछि होस्टेलकी वार्डन हेमलता नागलाई निलम्बित गरिएको छ । नागलाई घटनाबारे जानकारी रहेको तर लुकाउन खोजेको आरोप समेत लगाइएको छ ।

बच्चा जन्माउने बित्तिकै अभिभावकलाई ती छात्रा बिरामी भएको भन्दै वार्डनले बोलाएको र पछि उनलाई अस्पताल लगिएको थियो ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार घटनाबारे छानबिन गर्न एक टोली समेत गठन गरिएको छ । छानबिनपछि दोषीलाई के कस्तो कारबाही गर्ने भनेर तय गरिने अधिकारीहरूले बताएका छन् ।

समाचार अनुसार ति छात्राले बुधबार बिहान पेट दुखेको बताएकी थिइन् । त्यसपछि उनका अभिभावकलाई बोलाएको थियो । लगत्तै उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा बच्चा जन्माएपछि अभिभावक स्तब्ध भएका थिए । विद्यालय प्रशासनले मृत बच्चासहित किशोरीलाई उनको परिवारसमक्ष सुम्पेको थियो । होस्टेले वार्डनले घटनालाई लुकाउन ती छात्रा बिरामी भएको भन्दै घर पठाइएको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ओलीले भने गोकुल बाँस्कोटाको अडियोमा विश्वसनीयता छैन, पत्रु उजुरी हो

    प्रधानमन्त्री केपी शर्मा ओलीले सेक्युरिटी प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा

मैनालीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो, ग्रान्डी अस्पतालमा उपचार हुदै

  दुर्घटनामा घाइते नेकपा मालेका महासचिव सीपी मैनालाई थप उपचारका लागि काठमाडौं ल्याईएको

नेकपाका नेताले भने : आत्तिनु पर्दैन, विवाद छैन

  बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णयसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद

नेकपा मालेका महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटना

  नेकपा मालेका महासचिव सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिबासमा दुर्घटना भएको छ