नेपालको अर्थतन्त्र पनि धरापमा, कुन कुन क्षेत्र टाट पल्टिदैछ



 

 

नेपालको अर्थतन्त्र कस्तो छ भनेर नाप्ने पहिलो सूचक आर्थिक वृद्धिदर नै हो । सामान्यतः विश्वमा कुनै पनि देशको आर्थिक बृद्धिदरको गतिशीलताका आधारमा सो मुलुकको आर्थिक अवस्थाको नाडी छाम्ने काम गरिन्छ ।

पछिल्लो तीन वर्षको नेपालको आर्थिक वृद्धिदर औषतमा हेर्दा ७ प्रतिशत नाघेको देखिन्छ । तर, उच्च वृद्धिदरका बाबजुत अर्थतन्त्रका जोखिमहरु यथावत् छन्

अहिले आर्थिक वृद्धि त सकारात्मक देखिन्छ । तर, के कारण आर्थिक वृद्धि भयो भनेर रिपोर्ट हेर्दा त्यो दिगो देखिँदैन । विश्व बैंकको रिपोर्टले नेपालको आर्थिक वृद्धिका ४ वटा कारण पहिल्याएको छ ।

पहिलो– लगातार भएको भूकम्पपछिको पुनःनिर्माण । दोस्रो– बिजुलीको पर्याप्तता र निरन्तरता । तेस्रो– राम्रो मनसुन । र, चौथो– भूकम्पपछि पर्यटक आवागमनले पुनः लिएको गति ।

अर्थतन्त्रको मजबुतीका यी आधार स्तम्भहरु स्थायी विकास भएनन् । अबको चुनौती भनेको यी पिल्लरहरु मध्ये केहीलाई स्थायीरुपमै दरिलो बनाउन जरुरी छ ।

वर्तमान अर्थतन्त्रका सूचकहरु हेर्दा राम्रा लाग्छन् । तर, यी छोटो समयका हुन् कि जस्तो मात्रै लाग्नेखालका छन् । केही कुरा अहिले राम्रा देखिए पनि यो दिगो होइन कि भन्ने लागेको छ ।

निजी क्षेत्रले ऋण नलिनु, निर्माण सामाग्री र यसको कच्चा पदार्थको आयात, धानको उत्पादन जस्ता सूचकहरु घटेको अर्थतन्त्रका लागि राम्रा विषय होइनन् । सरकारले विगतदेखि नै खर्च गर्न सकेको छैन र त्यो समस्या अहिले पनि उस्तै छ ।

अर्थमन्त्रालयले त मिडियामा तुरुन्त देखियोस् भनेर छोटो समयको राम्रो अवस्थाको चित्रण गर्न सक्छ । तर, त्यो वास्तविकता होइन । अर्थतन्त्रका सबै पिल्लरहरुको दिगो विकासका लागि अर्थ मन्त्रालय र हामीले धेरै काम गर्न बाँकी छ ।

तत्कालीन अवस्थामा अर्थमन्त्री युवराज खतिवडाले जिम्मेवारी सम्हाल्दा पुनर्निर्माणको काम नै पहिलो प्राथमिकतामा थियो । बाँकी विषय विस्तारै गर्दै जाने नियमित कुरा हो ।

वर्तमान अर्थमन्त्री टेक्नोक्रयाट भएकाले राजनीतिज्ञले मन पराउँदैनन् नै । अर्कोतर्फ, अर्थमन्त्री भन्ने पद नै कसैले मन नपराउने पद नै हो । किनभने, अर्थमन्त्रीले सधैं कस्ने काम नै गर्छ ।

अब अर्थतन्त्रको सुधारका लागि थाल्नुपर्ने कदम भनेको निजी क्षेत्रसँगको अविश्वासलाई चिर्नु नै प्राथमिकतामा हुनुपर्छ । अर्थतन्त्रको विकास लागि ७० प्रतशतभन्दा बढी भूमिका त निजी क्षेत्रकै हुन्छ ।

 

सुधार गर्नुपर्ने क्षेत्रहरु

नेपालको आर्थिक बृद्धि मनसुनमा निर्भर छ । अहिले पनि कुल नेपालको खेतीयोग्य जमिनको २५ प्रतिशत क्षेत्रमा मात्र सिचाई सुविधा पुगेको छ । आर्थिक गणनाले यसलाई बढी भन्न सक्ला, तर सत्य त्यस्तो छैन । यसलाई ५० प्रतिशत पुर्‍याउनसके मात्रै पनि कृषि क्षेत्रको अवस्थामा सुधार आउन सक्छ ।

सरकारले हरेक वर्ष सबै खेतीयोग्य जमीनमा सिंचाइका लागि काम गर्छु त भन्छ । तर, व्यवहारिकरुपमा त्यो सम्भव देखिँदैन । कृषि उत्पादनलाई दिगो र भरपर्दो बनाउन पनि सिँचाईं र व्यवसायीकरणमा जोड दिन सरकारले काम गर्नु छ ।

अर्कोतर्फ नेपालमा सीमितरुपमा उत्पादन भएका उच्च मूल्य पर्ने कृषि उपजहहरुको राम्रो मूल्य नेपालले पाउन सकेको छैन । परम्परागत खेती प्रणाली फेर्न काम गर्नुपर्छ । औद्योगिक क्षेत्रमा सरकारका निकायबीच समन्वय नभएका कारण उद्योग फस्टाउन सकेको छैन । उद्योगीहरु उद्योगका लागि जग्गा नपाएको भनेर बसेका छन् । अन्तर मन्त्रालय समन्वय बढाएर औद्योगिक वातावरण बनाउनु पर्छ ।

नेपाली भूभागमै नेपाली कच्चा पदार्थबाट चल्ने भारतीय उद्योगहरु कस्तो सुविधा दिएर ल्याउन सकिन्छ, यसमा पनि काम थाल्नुपर्छ । यसबाट नेपालीहरुले सिक्ने अवसर पाउँछन् भने नेपाली वस्तुले राम्रो मूल्य पनि पाउँछ ।

नेपाली उद्योग क्षेत्रमा सूचना प्रविधिको क्षेत्र अलि प्राथमिकतामा नपरेको मलाई लागेको छ । नेपालमा सूचना प्रविधिमा काम गर्न सक्ने युवा क्षमता म प्रशस्त देख्छु । त्यस्तै ठूला देशबाट प्राप्त सुविधालाई प्रयोग गरेर नेपालले लिन सक्ने फाइदाका बारेमा पनि नेपालले धेरै गर्नुपर्छ, यसबाट अर्थतन्त्रलाई धेरै हदसम्म टेवा पुग्छ । जस्तो– अमेरिकाले कोटा र कर नलाग्ने सुविधा १० वर्षका लागि दिएको छ ।

जहाँसम्म व्यापार घाटाको वर्तमान अवस्था छ, यसलाई चिर्ने सबैभन्दा उत्तम र एउटै विकल्प भनेको बिजुली निर्यात नै हो । भारतसँगको इनर्जी बैकिङको कुरा र बंगलादेश बिजुली निर्यातको कुरा राम्रो छ । तर, यसमा जोखिमको अवस्था पटक्कै हुनुहुँदैन ।

यस्तै, पर्यटन नेपालको अर्थतन्त्रको दरिलो पिल्लर हो । तर, यसको पूर्वाधारमा गतिलो काम हुन सकेको छैन । जस्तै– लुम्बिनीकै हालको पूर्वाधारले पर्यटकलाई लामो समय त्यहाँ टिकाउन सक्दैन । रारा, खप्तड, से फोक्सुण्डो जस्तो पर्यटकीय नगरीमा एक त मानिसहरु लामो समय रहन सक्दैनन्, दोस्रो दोहोर्‍याएर जान रुचाउँदैनन् । प्रशस्त सम्भावना भएर पनि पर्यटकीय पूर्वाधारमा सरकारले काम गर्न सकेको छैन, जसको फाइदा अर्थतन्त्रले पाउन सकेको छैन ।

भारतकै ताजमहलले कति फाइदा लिएको छ भन्नेबाट नेपालले सिक्न सक्छ । सरकारी संरक्षणमा रहेको जमिनमा नै नेपालमा २५ सयवटा रिसोर्ट बनाउन सकिने अवस्था छ । जहाँसम्म सेवा क्षेत्रको अवस्थाहरु छ, यो सुदृढ बनाउन सरकारले योजनावद्ध काम गर्नु पर्छ ।

बंगलादेशको पछिल्लो २० वर्षको आर्थिक बिकास औषत ६ प्रतिशतको हाराहारीमा छ । बंगलादेशको कुल खेतीयोग्य जमीनको ५० प्रतिशत भूभागमा राम्रो सिचाँई सुविधा छ । यस्तै १० वर्ष अगाडि आईटीमा शू्न्यको अवस्थामा रहेको बंगलादेश अहिले आईटीको मानव स्रोत निर्यात गर्ने अवस्थामा पुगेको छ । औषधि उद्योगमा आत्मनिर्भर भएर निर्यातमा अगाडि देखिएको छ । उत्पादनको ठूलो क्षेत्र गार्मेन्ट उद्योगले बंगालादेशको अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याएको छ ।

नेपालमा अहिले व्यापार घाटा, शोधनान्तर अवस्थामा स्थायित्व छैन । रेमिट्यान्समा पनि उतार–चढावको अवस्था छ । विभिन्न बाह्य कारणले पनि यसलाई हानी पुर्‍याउन सक्छ ।

अर्कोतर्फ, निजी क्षेत्र र सरकारबीच विश्वासको अभाव देखिएको छ । निजी क्षेत्रले सरकारलाई गाली गर्ने अवस्था आइलागेको छ । यो खाडल नपुरेसम्म अर्थतन्त्रमा सुधार देखिन्न । अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस
सुनसरी अनेरास्ववियु संयोजकमा जीबि गजल

    नेकपा निकट बिद्यार्थी संगठन अनेरास्ववियूले जिल्ला संयोजकमा इटहरीका जीबि गजल चुनिएका

सभामुखको निर्वाचन माघ १२ मा

    उपसभामु्ख डां शिवमाया तुम्बाहाम्फेले संसदमा सम्बोधन गर्दै राजिनामा दिएपछि अहिले ४

नेकपामा ‘तँ’ भन्ने शब्द प्रयोग गरे पार्टीबाट निस्काशन

    सत्तारूढ नेकपाले नेता कार्यकर्ताको आचरणमा सुधार ल्याउन ११ बुँदे आचारसंहिता जारी

शिवमाया तुम्बाहाङफेलाई कानुनमन्त्री बनाउने तयारी

    शिवमाया तुम्बाहाङफेलाई उपसभामुखबाट राजीनामा गराएपछि सत्तारुढ दल नेकपाभित्र उनको ब्यवस्थापन के