देउवा निवासमा भारतीय राजदूत पुरीलाई विदाइ लन्च, को को थिए सहभागी?



 

 

सामाजिक सञ्जालमा मंगलबार एउटा फोटोको चर्चा छ।

उक्त फोटोमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले कुराकानी गरेको देखिन्छ।

राजदूत पुरीलाई सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठ बोलाएर ‘लन्च’ गराएका हुन्। लन्च मिटिङमा देउवाले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र पदाधिकारीलाई पनि बोलाएका थिए।

भारतले आफ्नो राजनीतिक नक्सामा नेपालका भूमि समावेश गरेको भन्दै देउवाले पुरीलाई केही समयअघि फोन गरी लिम्पियाधुरा, कालापानी तथा लिपुलेक (महाकाली पूर्व) नेपाल भएको सम्झाएका थिए।

देउवाले फोनबाटै भए पनि नेपालका भूमि अतिक्रमण रोक्न पहल गरेकोमा त्यसबेला प्रशंसा पनि भयो। तर त्यसको केही समयपछि देउवा उनै राजदुत पुरीसँग लन्च मिटिङपछि आलोचनामा छन्।

राजदूत पुरीसँग देउवा निवासमा के कुरा भयो?

‘उहाँ (मञ्जिवसिंह पुरी) भारत फर्कँदै हुनुहुँदो रहेछ। नेपाल बसाइ कस्तो रह्यो भन्ने सामान्य कुराकानी मात्रै भयो। राजनीतिक कुराकानी नै भएको छैन,’ उनले भने, ‘सभापतिज्यूकहाँ ‘लन्च’ खाने कार्यक्रममात्र हो।’

कांग्रेसले मात्र होइन, राजदूत पुरीलाई अर्को प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी राजपा नेताहरूले पनि औपचारिक कार्यक्रम नै गरेर विदाइ गरे। गत आइतबार राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोसहित अध्यक्ष मण्डलका सदस्यहरूले पुरीलाई मायाको चिनो उपहार नै दिएर विदाइ गरे।

पुरी सन् २०१७ मार्चमा नेपाल आएका हुन्। उनी तीन वर्षपछि कार्यकाल सकेर फर्कंदैछन्।

पुरीले अब सरकारी सेवाबाटै अलग हुने तयारी पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ओली र प्रचण्डबीच बालुवाटारमा वान टु वान बार्ता, प्रधानमन्त्रीले अध्यक्ष छोडने संकेत

  नेकपामा बढ्दो अन्तरविरोध साम्य पार्ने उपायको खोजीका लागि नेकपाका अध्यक्षद्वय केपी ओली

नेकपा दोस्रो पुस्ताको नेता मिले, ओली – प्रचण्ड तिनछक

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दोस्रो पुस्ताका नेताहरु एकै ठाउँमा भेला भएका

प्रधानमन्त्री ओलीको समर्थनमा पोखरामा विशाल प्रदर्शन

  पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ । केपी शर्मा

एमालेको छालामा महेन्द्रबहादुरको रजाई

  नेपाली समाजमा एउटा उखान चर्चित छ– बाघको छालामा स्यालको रजाई । उखान