नेपालमै गर्ने भए प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपण



 

प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला पुसको अन्तिम साता नेपालमै प्रत्यारोपण हुने भएको छ । प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको सन्दर्भमा उनको मृगौला प्रत्यारोपण नेपालमै गरिने भएको बालुवाटार श्रोतले बताएको छ ।

 

प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडी मृगौला प्रत्यारोपण भएको थियो । मृगौलाले काम गर्न छोडेपछि मृगौलाको डायलाईसिस हुँदै आइरहेको छ । प्रधानमन्त्री ओलीलार्ई मृगौला दिनका लागि उनका भान्जा भान्जी तयार रहेका छन् ।

 

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणका लागि आवश्यक परामर्श भइरहेको प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा. दिव्या सिंह शाहले जानकारी दिएकी छन् । प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण नेपालमै गर्ने गरी आवश्यक तयारी पनि थालिएको डा. शाहले बताएका छन् । मृगौला प्रत्यारोपण पछि तीन महिना आराम गर्नुपर्ने हुन्छ ।

 

यस्तो अवस्थामा सरकार वा पार्टीको जिम्मेवारी कसलाई दिने भन्ने कुराको पनि टुङ्गो लगाउने तयारी बालुवाटारले गरिरहेको जनाइएको छ । यस विषयमा छिट्टै आधिकारिक धारणा आउने पनि बालुवाटार श्रोतले बताएको छ । विदेशमा प्रत्यारोपण गर्ने कि नेपालमै गर्ने भनेर चिकित्सकहरु अन्तिम छलफलमा जुटिरहेका छन् । डाक्टरहरु अरुण सायमी, दिव्यासिंह शाह, प्रेम ज्ञवाली, दिलिप शर्मा लगायतको टोलीले यस सम्बन्धि निष्कर्ष निकाल्नेछ । नेपालमै प्रत्यारोपण गरिने भएमा विदेशका विशेषज्ञ चिकित्सकहरुको सहयोग लिइने भएको छ ।

 

यसअघि प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण अमेरिका वा सिंगापुरमा गर्ने गरी हल्ला चलेको थियो । यस्तै गत असोज २६ गते राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनफिङले चीनमा उपचार गर्न बोलाएका थिए भने भारतीय विदेशमन्त्री एस जय शंकरले नेपाल भ्रमणमा आएका बेला भारतमै मृगौला प्रत्यारेपण गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएको चर्चा पनि छ ।

प्रतिक्रिया दिनुहोस
कोरोना भाइरसबाट मर्नेको संख्या १७ पुग्यो, नेपालमा पनि महामारी फैलने खतरा

    कारोना–भाइरसको संक्रमण उद्गम भएको उहान सहरको सार्वजनिक यातायात अस्थायी कालका लागि

विदेश पुगेपछि नेपालीको यस्ता भिडिओ किन सार्वजनिक हुन्छ ?

    नेपाल सरकारले अश्लील साइट बन्द गराए पनि सामाजिक सञ्जालमा सेक्स भिडिओका

राष्ट्रियसभाको १८ सिटका लागि सातै प्रदेशमा मतदान सुरु

    राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान सुरु भएको छ

चीनमा ४४० जनामा कोरोना भाइरस, ९ को निधन, नेपालमा पनि फैलियो

  चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार नयाँ कोरोना भाइरस (२०१९–कोभ) का कारण सिर्जित निमोनियाबाट