गौरिकाले आमाबुबालाई सोधिन्, ‘हामी नेपाली होइनौँ र ?’



 

आफ्ना आमाबुबालाई एक दिन गौरिका सिंहले प्रश्न गरिन्, ‘के हामी नेपाली होइनौँ र ?’ छोरीको प्रश्नले आमा गरिमा राणा र बुबा पारस सिंहको मन चसक्क भयो । नहोस् पनि कसरी, सामाजिक सञ्जालमा गौरिका र उनको परिवारका विषयमा उठेका सवालबारे उनलाई अत्तोपत्तो नहोस् भन्ने चाहँदा चाहँदै थाहा भइसकेको थियो ।

यो प्रश्नले गौरिका र उनको परिवारको मनोविज्ञानमा परेको प्रभावबारे बुझ्न हामी पहिले गौरिको बेलायतको स्विमिङ यात्रा र नेपाली स्विमिङ क्षेत्रमा उनको प्रवेशबारे जानौँ ।

२०५९ सालमा काठमाडौँको पाटन अस्पतालमा गौरिकाको जन्म भयो । त्यसको दुई वर्षपछि पारस डाक्टरी तालिमको सिलसिलामा बेलायत हानिए । पछि त्यतै काम गर्न थाले । परिवार पनि सँगै हुने भइहाल्यो ।

गौरिका बेलवर्न स्कुलमा भर्ना भइन् । एउटा उमेर पार गरेपछि बेलायतमा सबैले अनिवार्य स्विमिङ गर्नुपर्छ । त्यसका लागि स्कुलले नै प्रोत्सहन गर्छ । प्रतियोगिताका लागि भन्दा पनि स्किल बढाउनका लागि ।

गौरिका त्यस्तै सात वर्षकी थिइन् होला, उनले बार्नेट कपथल क्लब ज्वइन् गरिन् । ‘स्विमिङ गर्दा स्वास्थ्य र फिट्नेस पनि राम्रो हुन्छ । यही सोचेर हामीले उसलाई स्विमिङ क्लबमा भर्ना गरिदियौँ’ बुबा पारस सुनाउँछन् ।

गौरिकाको सानैदेखि खेलकुदमा रुचि थियो । उनी फुटबल र बास्केटबल पनि खेल्थिन् । उनले खेल्ने सबैखाले खेलकुदमा उनको प्रस्तुति राम्रो थियो । तर, एउटा उमेर पार गर्दासम्म उनमा भविष्यमा यो या त्यो विधाको खेलाडी बन्छु भन्ने मनसाय कहिल्यै आएन ।

बेलायतमा स्विमिङ सिक्नेहरुको क्लबमा आन्तरिकरूपमा प्रतियोगितामार्फत प्रतिस्पर्धा हुने गर्छ । त्यहाँ राम्रो गर्नेहरु अन्तर क्लबस्तरीय प्रतियोगिताका लागि छनोट हुन्छन् । त्यसपछि काउन्टी, रिजनल हुँदै नेसनल च्याम्पियनसिपमा । हरेक उमेर समूहमा यस्ता प्रतियोगिता हुन्छन् । गौरिकाले यस्ता सबै प्रतियोगिता पार गरिसकेकी छन् ।

पारस भन्छन्, ‘उनी हरेक विधामा उत्कृष्ट १० भित्र नै पर्थिन् ।’ यसरी गौरिकाले बेलायतमा जितेका झन्डै चार सय मेडल उनीसँग अझै सुरक्षित छन् । त्यसमध्ये ७० वटा त स्वर्ण पदक नै ।

 

नेपालतर्फको यात्रा

नेपालमा गौरिकाको स्विमिङ यात्रा एउटा संयोगले जुराएको थियो । गौरिकाको परिवार छुट्टी मनाउन नेपाल आएको थियो । त्यतिबेला गौरिका ११ वर्षकी थिइन् । हुन त यसअघि पनि उनको परिवार बेलाबेला नेपाल आइरहन्थ्यो ।

‘हामी नेपाल कहिले जाने ?’ गौरिका आफ्ना आमाबुबालाई प्रश्न गरिरहन्थिन् । सानैदेखि उनको नेपालप्रतिको प्रेम गज्जबको थियो । बेलायतमा हुर्किएकी छोरीको राष्ट्र प्रेम देखेर पारस र गरिमा मख्ख पर्थे ।

कुरा पाँच वर्षअघिको हो । यस पटकको नेपाल यात्रा गौरिकाका लागि खास रह्यो । जुन यात्राले उनको भाग्यरेखा मात्र कोरिदिएन बाल मनोविज्ञानमा आफू नेपाली हुँ वा होइन भन्ने प्रश्नसमेत उब्जाइदियो ।

नेपालमा ‘ग्यालेक्सी कप पौडी प्रतियोगिता’ हुन लागेको थियो । त्यतिबेलासम्म स्विमिङ गौरिकाका लागि प्यासन बनिसकेको थियो । प्रतियोगिताबारे थाहा पाएपछि गौरिकाले बुबा पारससँग भनिन्, ‘ड्याडी म पनि भाग लिन्छु नि ।’

पासरले गौरिकाको चाहलाई नकार्न सकेनन् । अझ बेलायतका ठूला प्रतियोगिता जितेर राष्ट्रिय स्तरमा परिचय बनाउँदै गरेकी छोरीले आफ्नै देशमा भइरहेको प्रतियोगितामा भाग लिन्छु भनेको सुन्दा उनी झन् उत्साहित भए ।

पारसले गौरिकाको नाम दर्ता गराइदिए । उनले प्रतियोगितामा सहभागिता जनाइन् । ४ वटा विधामा राष्ट्रिय कीर्तिमान बनाउँदै सातवटा स्वर्ण जितिन् । अर्थात, ११ वर्षीया गौरिका नेपाली मिडियाको मुख्य हेडलाइन बनिन् ।

 

रियो ओलम्पिक र गौरिकाको राष्ट्रियतामाथि प्रश्न

सन् २०१६ को रियो आलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै गौरिकालाई पठाउने भएपछि गौरिकाको राष्ट्रियतामाथि प्रश्न उठाइयो । पौडी सङ्घकै एक गुटले उनको खेल जीवनलाई समाप्त पार्ने या भनौँ नेपालबाट उनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नदिने उद्देश्यले सङ्घका अध्यक्षसामु एउटा ज्ञापनपत्र नै पेश गर्यो ।

जसमा उल्लेख थियो, ‘विदेश बस्ने नेपाली खेलाडीका लागि छुट्टै व्यवस्था हुनुपर्ने, उसले बनाएको रेकर्ड राष्ट्रिय रेकर्डमा समावेश गर्न नपाइने, राष्ट्रिय प्रतियोगितामा सहभागी हुनका लागि दुई वर्ष नेपालमै बसेको हुनुपर्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट भएपछि नेपालमै बसेर तालिम लिनुपर्ने ।’ यी व्यवस्थालाई पौडी सङ्घको विधानमा राख्न दबाब दिइयो ।

यस्ता कुराले छोरीलाई नेपालको तर्फबाट प्रतियोगितामा सहभागी गराएर देशका लागि केही योगदान दिने अवसर सिर्जना गर्ने सोच बनाएका पारस र गरिमाको मन चसक्क भयो ।

प्रतिक्रिया दिनुहोस
कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैन : सञ्चारमन्त्री गुरुङ

  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति

बाबुराम भट्टराई र गगन थापा भारतीय खेताला हुनः प्रमुख सचेतक पाण्डे

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता एवं बागमती प्रदेश संसदीय दलका प्रमुख

कोशीको पानी नेपाललाई थाहै नदिई भारत लैजाँर्दै

  कोशी नदीको पानी मेची नदीमा पुर्‍याएर आफ्नो भूमि सिँचाइ गर्ने भारतको महत्वाकांक्षी

कसैले अनाथ भएँ भन्नुपर्दैन, रेखदेख राज्य गर्ने छ – प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कसैलाई एक्लो महशुस गर्न नदिने बताएका छन्।