ग्रुप प्रधान सम्पादकमा अर्याल



 

नेपाल टप मिडिया प्रालिद्वारा संचालित द नेपाल टप डट कम अनलाइन पत्रिकाको ग्रुप प्रधान सम्पादकमा बरिष्ठ पत्रकार राजेन्द्र अर्याल नियुक्त भएका छन् । ग्रुप सम्पादकमा भर्खरै नियुक्त अर्यालको पछिल्लो समय विभिन्न पत्रपत्रिकामा लेखहरु प्रकाशित हुँदै आएका छन् ।

दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय अर्यालसँग छलफल, छानविन, सौर्य, सम्बोधनलगायत साप्ताहिक पत्रिकामा काम गरेको अनुभव रहेको छ । उनमा सूर्योदय साप्ताहिक पत्रिकाका साथै रातो सूर्य अनलाइनको सम्पादन तथा प्रकाशन गरेको अनुभव छ ।

उनले गोरखापत्र दैनिक र कान्तिपुर पब्लिकेशनको नेपाल साप्ताहिकको सम्पादनमा समेत अनुभव हासिल गरेका छन् । यस्तै रेडियो नेपालको चर्चित कार्यक्रम हाका–हाकीको प्रमुखको रुपमा जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका अर्यालले नेपाल प्रेस इन्स्टिच्युटबाट पत्रकारिताको तालिम हासिल गरेका छन् । उनले डेनमार्कबाट जलवायु परिवर्तन पत्रकारितासम्बन्धी तालिम लिएका छन् । पछिल्लो समयमा प्रेस चौतारी नेपालको अध्यक्ष रही सफलतापूर्व कार्यसम्पादन गरेको सांगठनिक अनुभव समेत उनीसँग छ ।

नेपाल टप मिडिया प्रालिले एक वर्ष अगाडीदेखि संचालनमा ल्याएको द नेपाल टप डट कम अनलाइन पत्रिकाका साथै टीएन टी अनलाइन टिभी र टी एन टी अनलाईन रेडियो पनि संचालनमा छ । यस अवसरमा प्रालिका अध्यक्ष अमरेशकान्त झाले अर्यालको नियुक्तिले संस्थाको गति र गरिमा बढाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंमा भूकम्पको धक्का

    काठमाडौंमा बुधवार भूकम्पको धक्का महसुस भएको छ। साढे चार बजे महसुस

नरेन्द्र मोदीद्वारा अयोध्यामा राम मन्दिरको शिलान्यास

  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तरी क्षेत्रमा रहेको सहर अयोध्यामा राम मन्दिर

नेपाल कै ठुलो र पहिलो भर्चुअल शैक्षिक मेला आजबाट

  कलेज रिडर्सको आयोजनामा साउन आज देखि भदौ ३ गतेसम्म भर्चुअल इडियु फेयर

कोरोनाबाट पर्सामा दुई जनाको मृत्यु

  पर्सामा कोरोना संक्रमणबाट बुधबार थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५