माल्दिभ्समाथि १० विकेटको शानदार जित



 

अन्जली चन्दको कीर्तिमानी बलिङसँगै नेपालले १३औं दक्षिण एसियाली खेदकुद (साग)मा माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ । पोखरामा टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन बनायो । जसलाई नेपालले पहिलो ओभरमै पुरा गर्‍यो । काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रहृयो ।

अञ्जलीको कीर्तिमानी बलिङ

नेपालको शानदार जितमा बलर अञ्जली चन्दको कीर्तिमानी बलिङ रहृयो । खेलको छैटौं ओभरमा बलिङमा आएकी उनले एक रन पनि नदिई तीन विकेट लिइन् ।

नवौं ओभरमा पनि दुई विकेट लिइन् । ११ औं ओभरको पहिलो बलमै विकेट लिँदै उनले हृयाट्रिक पूरा गरिन् । जम्मा २.१ ओभर बलिङ गरेकी उनले एक रन पनि दिइनन् र ६ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस
पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी चेष्टाहरू अनुचित हुन् : प्रधानमन्त्री ओली

  आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु आज बाह्रौं गणतन्त्र दिवस । सर्वप्रथम यस दिवसको

यिनै हुन् नेपालको सांसद–मन्त्री भएर भारतको दलाली गर्नेहरु

  डा. बाबुराम भट्टराई नेपालको अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म भइसकेका ब्यक्ति । उनको बिद्धताको उपयोग

राष्ट्रपतिबाट २४१ जनाको कैद सजायँ र दण्ड जरिवाना मिनाहा

  गणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा

संविधान संशोधनको समर्थन गर्ने राप्रपाको निर्णय

  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदमा पेस गर्ने तयारी गरिएको संविधान संशोधन