चाँडै चीन भ्रमणमा जाँदैछु : प्रचण्ड



 

नेकपा अध्यक्ष प्रचण्ड चीन भ्रमणमा जाने भएका छन् । यसको जानकारी उनी आफैंले दिएका हुन् ।

नेपाल-चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले आफू चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चाँडै चीन जान लागेको जानकारी दिएका हुन् ।

चिनियाँ पक्षले प्रचण्डकै नेतृत्वमा टोली भ्रमणमा आओेस् भनेर प्रधानमन्त्री ओलीसँग चाहना राखेकाले आफू बेइजिङ जान लागेको उनले बताए ।

प्रचण्डले राष्ट्रपति सीसँग आफ्नो आठ पटकसम्म भेट भइसकेको बताउँदै चीनसँग आफ्नो जनस्तरको सम्बन्ध बनिसकेको पनि बताए ।

आफ्नो भ्रमणले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको क्रममा भएका सहमति कार्यान्वयनमा सघाउ पुग्ने उनले बताए । आफ्नो चीन भ्रमण सीको नेपाल भ्रमणपछि नेपाली पक्षबाट हुन लागेको पहिलो उच्चस्तरीय भ्रमण हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
एमसिसीका विरूद्व बाजुराका युवाहरु सडकमा उत्रिए

  एमसिसीका विरूद्वमा बाजुराका युवाहरू सडकमा उत्रिएका छन् । सरकारले एमसिसी नेपालकाे हित

एसइईबारे एकसाताभित्र निर्णय हुन्छ: शिक्षामन्त्री पोखरेल

  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई),

कोरोना संक्रमणबाट नेपालमा दशौं व्यक्तिको मृत्यु

  कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ

थप ३३४ जनामा कोरोना, संक्रमितकाे संख्या २६ सय २९ पुग्यो

  पछिल्लो २४ घण्टामा बिहीबार थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ