अर्थमन्त्री सहित १० मन्त्रीको जागीर चट्, यी हुन् विदा हुने मन्त्रीहरु
वर्तमान मन्त्रीपरिषदबाट १0 मन्त्री विदा हुने भएका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले १0 मन्त्रीलाई राजिनामा गराएर १0 नयाँ मन्त्री ल्याउने अन्तिम कसरत थालेका छन् ।
पुराना केही मन्त्री बाँकी राखेर १0 जना मन्त्रीलाई राजीनामा गराउने तयारी भइरहेको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमण सकिएलगतै मन्त्रीहरुलाई राजीनामा गराउने तयारी भइरहेको बालुवाटार स्रोतले बताएको छ ।
राजीनामा गराउने .र नयाँ बन्ने मन्त्रीको सूचि पनि दुई अध्यक्षले तयार गरिसकेका छन् । पूर्वमाओवादीबाट ३ र पूर्वएमालेबाट ६ मन्त्रीलाई राजीनामा गराउने तयारी भइरहेको छ ।
पूर्वएमालेबाट सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमी व्यवस्थामन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिकामन्त्री थममाया थापा, अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ मन्त्रीबाट विदा हुनेछन् भने पूर्वमाओवादीबाट उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल र खानेपानीमन्त्री बिना मगर लाई विदा दिने तयारी गरिएको स्रोतले बताएको छ ।
१0 जनामन्त्रीलाई विदा गरेपनि ८ जना मन्त्री भने यथावत रहने भएका छन् । गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री बर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानुनमन्त्री भानुभक्त ढकाल यथावत रहनेछन् । उनीहरु मन्त्रीबाट नहटेपनि मन्त्रालय भने फेरबदल हुनसक्नेछ ।