२०७७ सालमा असोज महिना छैन, ११ महिनाको एक बर्ष



 

पात्रो सुधार गर्ने अभियन्ताहरुले विसं २0७७ सालको पात्रोबाट असोज महिना हटाउन सरकारसँग माग गरेका छन् । लामो समयसम्म पर्वहरुको तिथिमिति सुधार गरेर नयाँ क्यालेण्डर नबनाएका कारण हाम्रा चाडपर्वहरु आकाशीय ग्रहस्थितिसँग नमिलेको भन्दै आवश्यक सुधार गर्न उनीहरुले माग गर्दै आएका हुन् ।

पर्वसुधार अभियन्ता मल्ल भन्छन्, ‘२0७७ सालमा पात्रो नसच्याउने हो भने तीन वर्षपछि अर्थात् २0८0 सालमा मात्रै सच्याउन मिल्छ । त्यसैले नेपाल सरकार, पञ्चांग निर्णायक समिति लगायत सबै सरोकारवालाहरुले नयाँ पात्रो बनाउने बेला नहुँदै यसबारे गम्भीर हुन जरुरी छ ।’

आगामी वर्षको पात्रोबाट एक महिना हटाएको खण्डमा आकाशीय पिण्डहरुको गतिसँग हामीले मनाउने पर्वहरु मिल्ने भएकाले आगामी वर्षको पात्रोबाट असोज महिना हटाउन र असोजमा पर्ने चाडहरु भदौमै मनाउन पर्वसुधार अभियन्ताहरुले माग गरेका हुन् । अधिकमासको एक महिना समायोजन नगर्दा सिङ्गो एक पूर्णिमा अघि सरेकाले यसमा सुधार गर्नुको विकल्प नरहेको उनीहरुको तर्क छ ।

 

मन्त्रिपरिषदले निर्णय गर्‍यो, तर कार्यान्वयन भएन

पर्व सुधार गर्ने एवं क्यालेण्डरमा परिवर्तन गर्नुपर्ने माग धेरै वर्ष पहिलेदेखि चल्दै आएको हो । लामो बहसपछि सरकार पनि यसमा सहमत भयो । वि.सं. 0६५ पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले ०६६ सालको चैत महिनालाई हटाई वि सं 0६७ वैशाख शुरु गर्ने निर्णय त्यतिबेला गरेको थियो । 0६७ वैशाखमा पर्ने अधिकमासलाई साधारण सरह गरी चन्द्रमासअनुसार मनाइने पर्व एक महिना वर सार्ने मन्त्रिपरिषदको निर्णय पछि कार्यान्वयन हुन सकेन ।

त्यतिबेला संविधान निर्माण भएपछि मात्रै कार्यान्वयन गर्ने भनी बहाना बनाइयो । यसको पक्ष र विपक्षमा समेत बराबरी मत देखिएकाले सरकारले अहिलेसम्म पनि यसलाई परिवर्तन गर्ने आँट गरेको छैन ।

पात्रो सुधारको माग तीव्र रुपमा बढेपछि 0६४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले एउटा पर्व सुधार राष्ट्रिय कार्यान्वयन समिति नै गठन गर्‍यो । त्यो समितिले पर्व सुधारको सम्बन्धमा सरोकारवालाहरुसँग राय सुझावको मागसहित सूचना जारी गरेको थियो ।

सो सूचनाको आधारमा नेपाल पञ्चांग निर्णायक समितिसहित विभिन्न ११ वटा संस्थाले यसमा आशंका र समस्याहरु पहिचान गरी राय सुझाव पेश गरेका थिए । त्यो सुझाव पेश गरेपछि अहिले सरकारले पनि यस विषयमा केही पनि थप निर्णय गरेको छैन ।

त्यसो त भारत सरकारले पनि अंग्रेजी तारेखसँग पात्रो मिलाए पनि चन्द्रमास (तिथि)सँग मिलाउन सकेको छैन । सन् १९५७ मार्च २२ मा भारत सरकारले पनि चली आएको चन्द्रमास र सौर्यमासलाई २४ दिन अघि सारेर सायन प्रणालीअनुसार राष्ट्रिय पञ्चांग सुधार गर्ने निर्णय गरेको थियो । सायन प्रणालीलाई मात्र आधार मानेर यो सुधार गर्दा धार्मिक गतिविधिमा प्रतिकूल असर गर्ने भन्दै अहिलेसम्म पनि स्थानीय स्तरबाट सरकारको निर्णय बमोजिमको नयाँ क्यालेण्डर लागू गरिएको छैन ।

तर, नेपालमा सुधार गर्न लागिएको क्यालेण्डरको प्रकृति भने भारतको जस्तो नभएको अभियन्ताहरु बताउँछन् । सायन र निरयण पद्दतिलाई समन्वय गरेर क्यालेण्डर परिवर्तन गर्दा कुनै पनि समस्या नहुने अभियन्ताहरु तर्क गर्छन् ।

 

सुधारको आवश्यकता किन ?

अभियन्ताहरुले चन्द्रमासमा मलमास हुने गरेको जस्तै सौर्यमासमा पनि हरेक १ वर्षमा २० मिनेट हेरफेर हुने गरेको बताउँछन् । यही समयको अन्तर बढ्दै गएका कारण आकाशीय पिण्डहरुको आधारमा तय हुने मानिसको ग्रह र नक्षत्रसमेत सही नहुने भएकाले यसको सुधार आवश्यक रहेको अभियन्ताहरु बताउँछन् ।

विदेशी क्यालेण्डरमा पनि हरेक ४ वर्षमा एक दिन ‘लिभ-डे’ भनेर मनाउने गरिन्छ । नेपालमै तिथिमितिका लागि प्रयोग गरिने चन्द्रमास अनुसारको क्यालेण्डरमा पनि हरेक ३ वर्षमा एकपटक मलमास आउँछ ।

चन्द्रमास अनुसार ३५६ दिनमा एक वर्ष हुने गर्छ । सौरमास अनुसारको एक वर्षभन्दा ९ दिनअघि नै वर्ष सकिने भएकाले हरेक ३ वर्षमा एउटा अधिकमास हुन्छ । यसरी हरेक १ वर्षमा बढी हुने २0 मिनेटलाई जोडेर राख्दा सौरमास अनुसार ७२ वर्षमा १ दिन हेरफेर हुन्छ । उनीहरुका अनुसार हामी अहिले वास्तविक मितिभन्दा २४ दिन ढिला छौं । आजको दिनलाई आधार मान्दा हामी अहिले मंसिरको १७ गते मनाउनुपर्नेमा कात्तिकको २३ गते मनाइरहेका छौं । यसको अर्थ १७२८ वर्ष पहिलेदेखि क्यालेण्डरको पुनर्मूल्यांकन गरेका छैनौं ।

तर, कतिपय ज्योतिष शास्त्रीहरुले भने २४ दिन ढिला हुँदैमा १ महिना नै किन गायब गराउने ? भनेर पनि यसमा आपत्ति जनाएका छन् । यस्तो उत्तरमा एक महिना हटाउन माग गर्ने अभियन्ताहरुले भने अधिकमास खेल्ने क्रममा १५ दिनसम्म तलमाथि हुने भएकाले ६ दिन ऋणात्मक हुँदैमा केही असर नपर्ने तर्क गर्छन् ।

 

के हो निरयण पद्दति र सायन सिद्धान्त ?

ज्योतिष शास्त्रमा ‘सायन’ र ‘निरयण’ गरी २ सिद्धान्तहरुको प्रयोग गरिन्छ । सायन सिद्धान्त अनुसार ३६५ दिन ५ घण्टा ४८ मिनेट ४५ सेकेण्डको एक वर्ष हुन्छ । त्यस्तै, निरयण पद्दति अनुसार ३६५ दिन ६ घण्टा ९ नौ मिनेट ९.७६ सेकेण्डको एक वर्ष हुन्छ ।

वैदिक कालपूर्व नै खगोल र ज्योतिषको विकास भएको मानिन्छ । हडप्पा सभ्यताको समयमा निरयण सिद्धान्तको प्रचलन थियो भने त्यसबाहेक अन्यत्र सायन पद्दतिको प्रचलन थियो । तर, सन् ५00 देखि ८00 सम्मको अवस्थामा भारतीय खगोलशास्त्री आर्यभट्ट र वराहमिहिरको समयमा सायन र निरयणको गणना समान गरिएको थियो । त्यो बेलामा निरयण पद्दति सूर्य सिद्धान्तमा आधारित थियो, जुन भारतले स्वीकारेको थियो । भारत बाहिर भने सायन पद्दतिको प्रचलन रह्यो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीले मन्त्री र सचिवहरुलाई भने फागुनपछि सडकमा खाल्डा देख्न नपरोस

  प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक मन्त्रालयले विकासमा सहकार्य र सहउपयोगको नीति लिएर

नव विवाहित दम्पतीमा किन हुन्छ यस्तो डर ?

  बन्धनमा बाँधिनुभएको छ । तपाईं केही रोमाञ्चक पक्कै हुनुहुन्छ । किनभने हिजो

देउवाले भने शाही आयोग हो कि अख्तियार

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमाथि अख्तियारलाई शाही आयोग बनाउन खोजेको आरोप

यसरी थुना मुक्त हुदैछन् महरा

    संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि