बामदेवले भने ३ वर्षभित्र प्रतिव्यक्ति आय ५ हजार डलर पुग्छ



 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले आगामी ३ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने दावी गरेका छन् ।

भक्तपुरको प्रदेशसभा उपनिर्वाचनका लागि नेकपा उम्मेदवार डिपी ढकालको उम्मेदवारी दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै गौतमले प्रतिव्यक्ति आय ३ वर्षभित्र चार गुणा बढाउने महत्वकांक्षी घोषणा गरेका हुन् ।

हाल नेपालीको प्रति व्यक्ति आय वार्षिक १२ सय डलर छ । प्रतिव्यक्ति आय बढाउन उत्पादन क्षेत्रमा धेरै ठूला काम शुरु हुने उनले बताए । अब प्रत्येक महिना सरकारले नयाँ नयाँ काम गरेर देखाउने भन्दै उनले विकास निर्माणका काम अब परिणाम देखिने गरि शुरु भएको दावी गरे ।

गौतमले भने ‘बितेका २ वर्ष कानुन नियम निर्माण र सम्बृद्धिको जग बसाउने काममा खर्चियौं । अब प्रत्येक महिना जनतालाई यति काम भयो भनेर परिणाम देखाउने गरी अघि बढ्छौं । सम्बृद्ध नेपाल,सुखी नेपालीको सपना साकार पारेर छाड्छौं । अबको तीन वर्ष विकास र सम्बृद्धिको वर्ष हुनेछ ।’

नेकपा नेता गौतमले प्रमुख विपक्षी नेपाली कांग्रेसले कानुन निर्माणका क्रममा पाइला पाइलामा अवरोध गरेको र विकास तथा समृद्धिको अभियानमा पनि रचनात्मक विपक्षी हुन नसकेको आरोप लगाए । उनले कांग्रेसका क्रियाकलापका कारण ऊ सधैंभरि प्रतिपक्षमै रहने बताए ।

गौतमले भने ‘बाँदरले आफू बस्ने घर बनाउदैन र अरुको पनि भत्काउँछ । कांगेसको चरित्र यसपाली त्यस्तै देखियो । सरकारका हरेक काममा अवरोध गरेको छ । सधैंभरि प्रतिपक्षमा बसिरहने क्रियापकलाप उसका छन् । कांग्रेस रचनात्मक विपक्षी हुन सकेन ।’

गौतमले डिपी ढकाल मृत्यु जितेर आएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै पार्टीले बिचार गरेरै निर्णय लिएको बताए । भक्तपुरमा पूर्वएमालेले उनका उम्मेदवारीप्रति अशन्तुष्टि जनाएका बेला गौतमले अब नेकपामा कुनै समस्या नरहेको बताए ।

गौतमले भने ‘तपाईहरु डिपी ढकाललाई प्रदेश सभा सदस्यमा जिताएर पठाउनुस्, यो तीन वर्षभित्र उहाँलाई मन्त्री बनाउने जिम्मा हाम्रो भयो । त्यसैले अब सबैले भनौं, बल बल सूर्य, बल बल डिपी ढकाल ।’

प्रतिक्रिया दिनुहोस
आलमको बयान बम त के पटका समेत पड्काएको छैन

  राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका

प्रेम बहादुर आले बनमन्त्री बन्दै

  आकस्मिक प्रदेश प्रमुख फेरबदल गरेलगतै नेकपाका दुई अध्यक्ष मन्त्रिपरिषद फेरबदलको तयारीमा जुटेका

सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ

  कालापानी क्षेत्रको सीमा विवादलाई लिएर परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ

युनिमीको नेपाल च्याप्टर अध्यक्षमा धिताल र महासचिवमा भण्डारी निर्वाचित

  सञ्चार, मनोरञ्जन र कला क्षेत्रमा काम गर्ने सवै प्रकारका श्रमिक र पत्रकारहरुको