मुटु अस्पताल सञ्चालन गर्न देउसीभैलो खेलेर ६ करोड संकलन



 

सामाजिक कामका लागि जनता एकजुट भए के सम्भब हुँदैन भन्ने गतिलो उदाहरण बनेका छन् बुटवलका नागरिक । उनीहरूले मुटु अस्पताल निर्माण गर्न तिहारमा देउसी-भैलो खेलेर ६ करोड रुपैयाँ संकलन गरेका छन् ।

बुटवल उपमहानगरपालिका-१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माणका गर्ने लक्ष्य उनीहरूको छ ।

लायन्स क्लब अफ बुटवल बेलबास सिटीले तिहारको अवसरमा देउसीभैलो खेलेर संकलन गरेको करिब ६ करोड र सेयर सदस्यबाट उठाएको १० करोड खर्च गरेर अस्पताल बनाउँदैछ ।

तिनाउ नदी पश्चिम क्षेत्रमा मुटु अस्पतालकोे आवश्यकता महशुस भएपछि त्यसको तयारी गरिएको र अहिलेसम्म ६ करोड रकम संकलन गरेको क्लबका अध्यक्ष लक्ष्मण खड्काले जानकारी दिए ।

अस्पतालको सहआयोजक लायन्स क्लब अफ बुटवल बेलबास सिर्जनशील रहेको छ ।

आफूहरुले जग्गा ब्यबस्थापनका लागि वडा १२ र वडा १३ को स्थानीयसँग पटकपटक छलफल गरिरहेको वडानम्बर १३ का अध्यक्ष नारायण पुनले बताए । अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उनको भनाइ छ ।

बुटवलको तिनाउपारि ठूलो कुनै अस्पताल नभएको अबस्थामा यो पहलले सबैमा सकारात्मक प्रभाव परेको भन्दै अहिलेसम्म ५५० जनाले एक लाखको दरले रकम भैलोमा दिएको उनले बताए । अस्पतालको पहिलो चरणको कूल लगानी २० करोड हुनेछ ।

अस्पतालका लागि बुटवल उप-महानगरपालिकासंग जग्गा उपलब्ध गराउन अनुरोध गर्ने अध्यक्ष खड्काले बताए ।

२५ शैय्याको उक्त अस्पतालमा ‘आईसीयु’ र ‘सीसीयू’सहितका कक्ष हुनेछ । अस्पताल बनाउन आफूहरूले महाअभियान नै सुरू गरेको जनप्रतिनिधि तथा क्लबका सचिव बेदप्रसाद गैरेले बताए ।

उनले १० करोड आफूहरुले सङ्कलन गर्ने र अस्पतालका उपकरण लायन्स क्लब अफ इन्टरनेशनलबाट ल्याउने सहमति भइसकेको जानकारी दिए । लायन्स क्लब अफ इन्टरनेशनलले ६ करोडका उपकरण दिने बताइसकेको छ ।

अस्पतालका लागि भन्दै देउसी भैलोमा बुटवल-१३ का डण्डपानी खनालले तीन लाख तीन हजार ३३३ दान दिएका छन् । बुटवल १२ नयागांउका कृष्ण लम्सालले दुई लाख ५५ हजार ५५५ दिएका छन् ।

क्लबले एक हजार संस्थापक सदस्य बनाएर १० करोड संकलन गर्ने लक्ष्य लिएको छ ।

बुटवलमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पनि सञ्चालनमा छ । उक्त अस्पताल रुपन्देहीकै तिलोत्तमामा जाने भएको छ ।

प्रतिक्रिया दिनुहोस
सिङ भाँचिएको तिल्केले हिंसा मच्चाउने धाक नदिए हुन्छ : ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रतिनिधिसभा पुनःस्थापना नभए शान्ति प्रक्रिया डिरेल हुने

निर्वाचन आयोगद्वारा नेकपाको प्रमुख पदाधिकारी ओली नै भएको स्विकार

    निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रमुख पदाधिकारी केपी

निर्वाचन आयोगले ओलीको नेतृत्वलाई आधिकारिकता दियो : गृहमन्त्री थापा

  गृहमन्त्री रामवहादुर थापा (बादल)ले निर्वाचन आयोगको निर्णयले केपी ओली नेतृत्वको पार्टीलाईनै आधिकारिक

मेरा एक नम्बर अध्यक्ष प्रचण्ड जालझेल नबुझ्ने सोझो नेता हुन : माधव नेपाल

  विभाजित नेकपाका प्रचण्ड गुटका २ नम्बर अध्यक्ष’ माधवकुमार नेपाल रसिलो भाषण गर्नेमा