धुर्मुसले भने, क्रिकेट रंगशालाको डीपीआर बन्यो, अब अन्तिम पटक सहयोग गर्नुस्



 

धुर्मुस(सुन्तली फाउन्डेसनले चितवनमा बनाउने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भएको छ । तोकिएको समयभन्दा झण्डै दुई महिना ढिला गरी रंगशालाको डीपीआर तयार भएको हो ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले भोगचलन गर्दै आएको २० विगाहा ६ कठ्ठा जग्गामा बन्ने क्रिकेट रंगशाला कमलको फूल आकारको हुनेछ । नेपाली मौलिकता झल्कने रंगशाला ३० हजार जना अट्ने क्षमताको हुनेछ ।

पहिला २५ हजार दर्शक मात्र अट्ने बनाउने भनिएकोमा ५ हजार क्षमता थपेर डीपीआर तयार गरिएको छ । रंगशालामा दुई भीआईपी प्याराफिटसमेत रहनेछन् ।

‘क्रिकेट स्टेडियमसँगै फुटबल मैदान, स्वीमिङ पुल र कभर्ड हल पनि निर्माण गरिने छ । ती सबै संरचनाको डीपीआर तयार भएको छ,’ फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ९धुर्मुस० ले भने, ‘तर निर्माणको थालनी भने क्रिकेट स्टेडियमबाट हुनेछ ।’

क्रियटिभ डिजाइन आर्किटेक प्रा।लि।को नेतृत्वमा भारतीय र अमेरिकन कन्सल्टेन्सीको सहयोगमा डीपीआर तयार गरिएको हो । तिहारलगत्तै संरचना निर्माणको काम सुरु गर्ने र दुई वर्षभित्र सम्पन्न गर्ने योजना फाउन्डेशनले बनाएको छ । कट्टेलले भने, ‘निर्माणमा जानुअघिका प्रारम्भिक चरणका कामहरु भैसकेका छन् । डीपीआर तयार भइसकेकाले अब कामले गति लिन्छ ।’

चितवनमा रंगशालाको डीपीआर प्रस्तुतीकरणका लागि आएका धुर्मस(सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलसँग गरेको कुराकानी

 

रंगशाला निर्माणको घोषणादेखि  डीपीआरसम्म आइपुग्दा कस्तो अनुभूति गर्नुभएको छ 

सुरुमा हामी निकै उत्साही थियौं । नेपाली क्रिकेटले एकदिवसीय मान्यता पायो । तर, खेल्ने मैदान थिएन । मूलपानी क्रिकेट मैदान बनाउन थालेको १७ वर्ष बित्यो तर खेल्ने अझै भएन । जेजति सम्पत्ति छ, त्यही कीर्तिपुर मैदान मात्रै हो । त्यो पनि भरपर्दो छैन । यस्तो अवस्थामा देशका खेलाडीका लागि र अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रतिस्पर्धा गराउन पनि रंगशाला आवश्यक देख्यौं । र, जनताको साथको अपेक्षासहित घोषणा गर्‍यौं । भरतपुर महानगरपालिकाको समन्वयमा जग्गा पनि उपलब्ध भयो ।

रंगशाला नेपाली मौलिक संस्कृति झल्कने डिजाइनमा तयार भएको छ । कमलको फूल आकारको बन्ने छ । हेर्दा आकर्षक र विश्वमा कहीँ पनि नभएको डिजाइन छ

प्राप्त जग्गा बारबेर गर्नेदेखि शिलान्यासअघिका सबै काम गर्न थाल्यौं । त्यहीबीचमा जेठ १५ गते बार भत्काइएको घटनाले हामीलाई स्तब्ध बनायो । झण्डै ५३ दिन काम रोकियो । गर्ने कि नगर्ने, अन्योल भयो । सारा घरपरिवार, पेशा छाडेर हिँड्दा पनि किन यस्तो गरिन्छ रु भन्ने पनि आयो । रंगशाला निर्माणमा आर्थिक सहयोग गर्नेहरु बेखुस भए, भड्किए । तर, हामीले हिम्मत हारेनौं ।

डीपीआर गर्ने पैसा थिएन । कतैबाट पैसा जुट्ने अवस्था नहुँदा नहुँदै पनि काम अघि बढायौं र आज रंगशालाको डीपीआर तयार भएको छ । तोकिएको समयभन्दा केही ढिला गरी डीपीआर बनायौं । सुरुमा यहाँ घटना भएपछि हामीले पैसा पठाउन पनि सकेनौं । चाडवाड र बर्खायाम पनि लाग्यो । ढिलो भएकोमा क्षमा चाहान्छौं ।

नेपाली इन्जिनियरसँग ज्ञान भए पनि अनुभव थिएन । त्यसैले भारतका विभिन्न इञ्जिनियरहरुसँग मिलेर उहाँहरुले काम गर्नुभयो । केही समय होल्ड हुन पुग्यो । तर, पनि काम भयो ।

कस्तो बन्यो त डीपीआर ?

रंगशाला नेपाली मौलिक संस्कृति झल्कने डिजाइनमा तयार भएको छ । कमलको फूल आकारको बन्ने छ । हेर्दा आकर्षक र विश्वमा कहीँ पनि नभएको डिजाइन छ । ३० हजार क्षमताको बन्ने छ । भीआइपी प्याराफिट रहनेछन् । ती पनि मौलिक हुनेछन् ।

धेरै समय कमलको फूल आकार कसरी बनाउने भन्नेमै खर्चियो । टेक्निकल्ली गाह्रो काम रहेछ त्यो । फूलका पत्ताहरु बनाउन गाह्रो हुन्छ कि भन्ने भयो । धेरै चरणमा छलफल भयो । धेरै डिजाइन बनायौं ढाका आकारको पनि बनायौं । त्यसमा पनि समय खर्च भयो । आउटलुक चित्त बुझेन । फेरि अर्को डिजाइन बनाउन समय लाग्यो ।

अन्त्यमा, कमलको फूलको परिकल्पना अनुसारकै डिजाइन तयार भएको छ । तुलनात्मक हिसावमा यसमा खर्च बढी लाग्छ नै । तैपनि अनुमानित भन्दा कम २ अर्ब ५० करोडभित्र रंगशाला बनाउन सकिने अवस्था देखिएको छ । यसमा पर्याप्त पार्किङ सुविधा हुनेछ । फुटबल मैदान, स्वीमिङ पुल, कभर्ड हल, इन्डोर प्रशिक्षण गर्न मिल्ने व्यवस्था सबै हुनेछ ।

होचो जमिन भएकाले केही माटो फिलिङ गर्नुपर्ने अवस्था छ । माटो परीक्षण पनि निकै राम्रो देखिएको  छ । प्राविधिकहरुका अनुसार प्याराफिट बनाउँदा निस्कने माटो नै पुर्न प्रयोग गर्ने कुरा छ । तिहार पछिबाट काम अघि बढ्छ । सबै जमिनको सही सुदपयोग गरेका छौं । कुनै अप्रिय घटना घट्दा सहजताका लागि पनि धेरै स्पेस छाडेका छौं । अगाडि खुल्ला ठाउँ पर्याप्त छ ।

डीपीआर तयार भएपछि कस्तो अनुभूति गर्दै हुनुहुन्छ ?

मलाई त डीपीआर बनेपछि अब रंगशाला बन्यो जस्तो भएको छ । म के विश्वास दिलाउन चाहान्छु भने अब रंगशाला बन्छ । एउटा महत्वपूर्ण काम हामीले कठिन परिस्थितिका वीचमा गरेका छौं । भरतपुर महानगरपालिकामा प्रस्तुतीकरण गर्छौं । केही सुझावहरु भए लिन्छौं ।

महानगरपालिकाका इन्जिनियरहरुले पनि हेर्नुहुन्छ । महानगरपालिकाबाट स्वीकृत गराउँछौं । त्यसअघि नै मैदानको ले(आउटको काम सुरु भैसकेको हुन्छ ।

हामी मैदानको काम गर्दै गर्छौं । संरचनाको काम डीपीआर स्वीकृत भएपछि सुरु हुन्छ । जति छिटो उहाँहरुले डीपीआर स्वीकृत गर्नुहुन्छ, त्यति छिटो काम अघि बढ्छ ।

रंगशाला निर्माणको प्रमुख पाटो आर्थिक हो । जनस्तरबाट बनाउने भनिएको रंगशालामा जनताको साथ कस्तो रहला ?

पक्कै पनि हामीले जनता र सरकारको सहयोगमा यो रंगशाला बनाउने भनेका छौं । हामी त माध्यम मात्रै हौं । क्रिकेट नेपालको राष्ट्रिय गौरवको विषय हो । यो तीन करोड नेपालीको साझा अभियान हो । यो अभियानमा हरेक नेपालीको साथ आवश्यक पर्छजस्तो लाग्छ । थोपा(थोपा मिलेर सागर बन्छ । सबैभन्दा पनि चितवन जिल्लाबाट सहयोग हुनुपर्छ । चितवन जाग्नुपर्छ ।

म अन्तिमपटक यहाँहरुसँग सहयोग माग्दैछु । यसपछि म कुनै पनि पैसा माग्ने छैन । अन्तिम पटकका लागि सहयोग गर्नुस्

हामीले चितवन देशको मध्यभाग हुन्छ भनेर नै यहाँ यति ठूलो परियोजना तयार गर्न खोजिरहेका छौं । यसको सबैभन्दा बढी लाभ चितवनले नै उठाउँछ । त्यसकारण यहाँका हरेक जनताको साथ र सहयोग आवश्यक छ । मलाई विश्वास छ त्यो प्राप्त हुन्छ ।

हामी देशका हरेक जिल्लामा समेत आर्थिक सहयोग संकलन समिति गठन गर्छौं । जनता र सरकारले चाहँदा तीन अर्ब भनेको केही हैन । विदेशमा रहेका नेपालीहरुको पनि साथ उत्तिकै रहन्छ भन्ने विश्वास छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा हामी सधैं अरु अरु देशको क्रिकेट टिमलाई सर्मथन गर्छौं । तर, अब हामीले हाम्रो देशको टिमलाई त्यहाँ पठाउनु छ । सारा नेपालीको मुखमा नेपाल नेपाल भन्ने बनाउनुछ । हामी रंगशालामार्फत सारा नेपालीलाई एक ठाउँमा जोड्ने अभियानमा लागेका छौं । पक्कै पनि आर्थिक समस्या हुँदैन । हामी तोकिएको अवधि, दुई वर्षभित्र नै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार गर्छौं ।

तीन अर्ब रुपैयाँ जनस्तरबाट जुटला त ?

तीन अर्ब हामीलाई एकैपटक चाहिने हैन । तीन अर्ब बैंकको खातामा राखेर मात्रै काम गर्ने हैन । पैसा सहयोग हुँदै जान्छ, काम पनि अघि बढ्छ । संरचनाहरु खडा हुँदै जान्छन् । जनतामा पनि विश्वास जाग्छ । अब बन्छ भन्ने हुन्छ । अहिले त दुविधा छ । त्यसैले कतिपयले सहयोग गर्ने मन हुँदाहुँदै पनि सहयोग गर्नुभएको छैन ।

मलाई त के विश्वास छ भने रंगशाला अब शतप्रतिशत बन्यो । डीपीआर बनेपछि मलाई यो साहस आएको छ । संरचना बनाउन सुरु गरेपछि सबै जनताको साथ हुन्छ । म अन्तिमपटक यहाँहरुसँग सहयोग माग्दैछु । यसपछि म कुनै पनि पैसा माग्ने छैन । अन्तिम पटकका लागि सहयोग गर्नुस् । हामीले धेरै माग्यौं । मागेर नै बस्ती बनायौं । माग्ने अरु पनि छन् ।

देशका लागि म पनि केही सहयोग गर्छु भन्ने अवसर हामी सबैका लागि खुल्ला भएको छ । यो क्रिकेट रंगशाला सहयोग गर्दैगर्दा यहाँहरुलाई पक्कै पनि आत्मसन्तुष्टि मिल्नेछ । राष्ट्रिय गौरवको परियोजनाको एक हिस्सेदारी बन्दा ।

आर्थिक संकलनका योजना के छन् ?

अब हामी छिट्टै रंगशाला निर्माणस्थलमा एउटा विशाल महायज्ञ लगाउँदैछौं । पण्डित दीनवन्धु पोखरेलले निःशुल्क रुपमा महायज्ञ लगाएर सहयोग गर्छु भन्नुभएको छ । त्यसको तयारी गर्दैछौं ।

चितवनमा अझै यो अभियानलाई ब्यापक बनाएर लैजान्छौं । हाम्रो कार्यविधि पनि तयार भएको छ । सञ्चालक समितिले निर्णय पनि गरेको छ । अब कार्यान्वनयमा जान्छौं । जिल्लास्तरीय सहयोग समिति गठन गर्न फोकल पर्सन जयराम सिग्देललाई तोकेका छौं ।

सरकारले बनाउन लागेका परियोजनाहरुको हालत दयनीय छ । मूलपानी क्रिकेट मैदान बन्न थालेको १७ वर्ष भयो अझै खेल्नयोग्य भएन । कहिलेसम्म कुर्ने ?

हरेक जिल्लामा जिल्लास्तरमा सहयोग समिति गठन हुन्छ । क्रिकेट एसोसियन ९क्यान०मा पनि नयाँ पदाधिकारीहरु आउनुभएको छ । उहाँहरुसँग पनि भेट भएको छ । कुराकानी भयो । उहाँहरुले पनि साथ दिनुहुन्छ ।

गैरआवासीय नेपाली संघसँग पनि भेटघाट भयो । पूर्वअध्यक्षज्यूहरु र अहिलेका पदाधिकारीसँग पनि भेटघाट भएको छ । पूर्वअध्यक्ष जीवा लामिछाने हाम्रो सल्लाहकार पनि बन्नुभएको छ । अब एनआरएनसँग एमओयू गर्ने कुरा भएको छ ।

हामी रकम संकलनका लागि विभिन्न माध्यमहरु मार्फत जान्छौं । उठेको रकम पारदर्शी ढंगले खर्च गर्छौं। कहाँबाट कसले कति रकम दिनुभयो र कहाँ कति खर्च भयो, सबै पारदर्शी हुन्छ । सफ्टवेयर प्रणालीमार्फत त्यसको हिसाव राख्छौं । हरेक जनताको पसिनाबाट आर्जित सहयोगको दुरुपयोग एक रुपैयाँ पनि हुँदैन ।

मान्छेहरु भन्छन्, यो त सरकारको काम हो, किन हात हालेको ?

हो, पक्कै पनि सरकारको काम हो । हामीले हैन भनेका छैनौं । सरकारले बनाउन लागेका परियोजनाहरुको हालत दयनीय छ । मूलपानी क्रिकेट मैदान बन्न थालेको १७ वर्ष भयो अझै खेल्नयोग्य भएन । कहिलेसम्म कुर्ने?

हेर्नुस्, म त तीन महिनामा एउटा सिंगो बस्ती नै बनाएर आएको मान्छे हुँ । सरकारलाई त्यही काम गर्न महाभारत हुन्छ । त्यो कामको अनुभव मसँग छ । मैले त्यसै यत्तिको ठूलो संरचना बनाउन आँट गरेको पक्कै पनि हैन ।

जब, विश्वकप क्रिकेट आउँछ अरु पनि क्रिकेट प्रतियोगिताहरु आउँछन्, हामी कोही भारतको, कोही पाकिस्तानको, कोही अस्ट्रेलियाको समर्थन गरेर उनीहरुका जर्सी लगाएर हिँड्छौं । हामी बाँडिन्छौं, विभक्त हुन्छौ । म चाहान्छु त्यस्ता प्रतियोगिताहरुमा देश उभ्याउनुपर्छ । हाम्रा गोर्खालीका सन्तान उभिनुपर्छ । हामीले आफ्नै देशको क्रिकेट जर्सी लगाउने दिन आओस् भन्ने चाहान्छु ।

क्रिकेटका माध्यमबाट हामी विश्व माझ हाम्रो देशलाई चिनाउन सक्छौं । त्यो प्रकारको क्षमता बढाउन खेलाडी उत्पादन गर्नुपर्दछ । त्यसका लागि रंगशाला चाहिन्छ । सरकारले एउटा पनि खेल मैदान नबनाउँदा, पूर्वाधार केही नहुँदा पनि हाम्रा खेलाडीले नेपाललाई एकदिवसीय मान्यता प्राप्त देश बनाए ।

हेर्नुस् हाम्रो बिडम्वना १ सरकारले एउटा पनि खेल मैदान बनाउन सकेको छैन । त्यसैले यो राष्ट्रिय गौरवको परियोजनामा सहयोग गर्न कोही पनि नछुटौं भन्न चाहन्छु । रंगशाला बन्दै गर्दा मेरो व्यक्तिगत सम्पत्ति जोड्ने हैन, यो देशको सम्पत्ति हो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीले मन्त्री र सचिवहरुलाई भने फागुनपछि सडकमा खाल्डा देख्न नपरोस

  प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक मन्त्रालयले विकासमा सहकार्य र सहउपयोगको नीति लिएर

नव विवाहित दम्पतीमा किन हुन्छ यस्तो डर ?

  बन्धनमा बाँधिनुभएको छ । तपाईं केही रोमाञ्चक पक्कै हुनुहुन्छ । किनभने हिजो

देउवाले भने शाही आयोग हो कि अख्तियार

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमाथि अख्तियारलाई शाही आयोग बनाउन खोजेको आरोप

यसरी थुना मुक्त हुदैछन् महरा

    संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि