प्रहरीमा सरुवा–बढुवाको चलखेलमा डिआईजी पाल



 

नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएसँगै सरुवा–बढुवाको चलखेल शुरु भएको छ । मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरी प्रहरी मुख्यालयमा दरवन्दी पठाएपछि प्रहरीबीच दौडधुप शुरु भएको छ ।
नेपाल प्रहरीमा हाल जनपद र प्राविधिक गरी ७५ हजार ९ सय २७ जनाको दरबन्दी छ । तर, कार्यरत प्रहरीको संख्या ६४ हजार ३ सय २३ मात्रै छ । जुन संख्या पुरानो स्वीकृत दरबन्दीभन्दा ११ हजार ६0४ कम हो । नयाँ दरबन्दी थप भएसँगै प्रहरीमा कुल दरबन्दी ७९ हजार ५ सय २३ पुगेको छ ।

 

पुरानो दरबन्दीबाट समेत गरी अब नेपाल प्रहरीमा कुल १५ हजार २ सय दरबन्दी रिक्त हुन आउँछ ।प्रहरीभित्र हाल प्रहरी निरीक्षकभन्दा तलका प्रहरी अधिकृत तथा जवानले विविध कारण देखाउँदै राजीनामा दिने क्रम बढ्दो छ । जसका कारण प्रहरी संगठनमा दरबन्दी रिक्त हुने क्रम बढ्दो अवस्थामा छ ।प्रहरीभित्र हाल प्रहरी निरीक्षकभन्दा तलका प्रहरी अधिकृत तथा जवानले विविध कारण देखाउँदै राजीनामा दिने क्रम बढ्दो छ । जसका कारण प्रहरी संगठनमा दरबन्दी रिक्त हुने क्रम बढ्दो अवस्थामा छ ।प्रहरीभित्र हाल प्रहरी निरीक्षकभन्दा तलका प्रहरी अधिकृत तथा जवानले विविध कारण देखाउँदै राजीनामा दिने क्रम बढ्दो छ । जसका कारण प्रहरी संगठनमा दरबन्दी रिक्त हुने क्रम बढ्दो अवस्थामा छ ।

 

थपिएका दरबन्दीमा ३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), चार जना प्रहरी उपरीक्षक (एसपी), २१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) र ४७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) छन् । एसएसपी बढुवा गरेर गौतम बुद्ध विमानस्थल सुरक्षा, समुदाय प्रहरी साझेदारी कार्यक्रम र ब्याण्ड बाजाको नेतृत्व दिने प्रहरी तयारी छ । यस्तै८६ जना प्रहरी नायब निरीक्षक (सई), २ सय ९७ जना प्रहरी सहायक निरीक्षक (असई), ६ सय ८३ जना प्रहरी हवल्दार, २ हाजार २ सय १६ जना प्रहरी जवान र ३ हजार ५ सय ९६ जना कार्यालय सहयागीको दरबन्दी थप भएको छ ।

 

थप गरिएको दरबन्दी जनपद र प्राविधिक दुवै गरेर हो । प्राविधिकतर्फ १ सय २९ जनाको दरबन्दी थपिएको छ । एसएसपी १, एसपी २, डीएसपी १२, इन्सपेक्टर २0 लगायत गरी १२९ जनाको दरबन्दी थपिएको हो ।

 

एसएसपीमा यसअघि नै दुई पद रिक्त छन् । जसकारण चार पदमा यसपटक प्रतिस्पर्धा हुने देखिन्छ । रिक्त पदमा बढुवाका लागि दुई दर्जन एसपीहरु दौडधुपमा लागिसकेका छन् । यसअघि बढुवामा छुटेका विष्णुबहादुर केसी, दुर्गा सिंह, भरतबहादुर बोहरा, रवीन्द्र केसी, कुबेर कडायत, राजेशनाथ बाँस्तोला, सुदीप गिरी, जनक भट्टराई, केदार ढकाललगायत त्यसको प्रतिस्पर्धामा छन् । त्यस्तै अशोक सिंह, लालमणि आचार्य, नवराज भट्ट, राजेन्द्र विष्ट, उमाशंकर पन्जियार, किरण राणालगायत पनि प्रतिस्पर्धामा छन् । अब एसपीका आठ पद रिक्त हुनेछन् । एसपी बढुवामा पनि विगतमा सिनियर भएर छुटेको टोली छ ।

 

त्यस्तै नेपाल प्रहरीभित्र महत्वपूर्ण जिम्मेवारीका रुपमा रहेका महानगरीय प्रहरी कार्यालय रानीपोखरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का डिआईजीहरुको एक वर्षको कार्यकाल पुगिसकेकोले यहाँ जानका लागि डिआईजीहरुबीच प्रतिस्पर्धा शुरु भएको छ ।
यी दुईमध्ये एकमा नेपाल प्रहरीभित्र प्रोफेशनल अधिकारीका रुपमा परिचित डिआईजी हरिबहादुर पाल जाने संभावना बढेको बताईन्छ । त्यस्तै हाल सुदुरपश्चिम प्रदेशमा कार्यरत तारिणी लम्साल, एयरपोर्टमा कार्यरत डिआईजी सूर्य उपाध्याय देखि प्रवक्ता रहेका विश्वराज पोखरेल समेत लबिङमा लागिसकेको बताईन्छ । हालका धेरै डिआईजीहरु माघमा आईजिपी सर्वेन्द्र खनालसँगै अवकाश पाउनेछन् । त्यसकारण उनीहरुले इन्चार्ज पाउने सम्भावना छैन । द नेपालटपबाट

प्रतिक्रिया दिनुहोस
आलमको बयान बम त के पटका समेत पड्काएको छैन

  राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका

प्रेम बहादुर आले बनमन्त्री बन्दै

  आकस्मिक प्रदेश प्रमुख फेरबदल गरेलगतै नेकपाका दुई अध्यक्ष मन्त्रिपरिषद फेरबदलको तयारीमा जुटेका

सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ

  कालापानी क्षेत्रको सीमा विवादलाई लिएर परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ

युनिमीको नेपाल च्याप्टर अध्यक्षमा धिताल र महासचिवमा भण्डारी निर्वाचित

  सञ्चार, मनोरञ्जन र कला क्षेत्रमा काम गर्ने सवै प्रकारका श्रमिक र पत्रकारहरुको