सभामुख महरा काण्ड, को हुन् यी महिला ?



 

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि दुर्व्यवहारको आरोप लगाउने महिला को हुन् ? भन्ने, चर्चाले अहिले बजार तताएको छ । हामीले यस विषयमा खोजबिन गरेका छौ ।

यो ‘भीभीआईपी यौन काण्ड’ चर्चित भएसँगै यो घटनामा जोडिएकी महिला स्वास्थ्य मन्त्रालय अन्तर्गत नर्स पदमा कार्यरत रहेपनि महराकै सहयोगमा संसद सचिवालयमा काजमा थिइन् । यी महिला हुन रोशनी शाही । महिला रोशनी शाही र महराबीचको सम्बन्ध २०४८ सालदेखि रहेको खुलेको छ । वन मन्त्री शक्तिबहादुर बस्नेतको गृह जिल्लावासी शाही भ्रष्टाचार विरोधी अभियानमा लागेका ज्ञानेन्द्र शाहीको नातेदार रहेको बताइएको छ ।

महरा र शाही पहिलादेखिनै घरमा आवतजावत गर्ने गर्दथे । एउटै पार्टीका भएका कारणले उनीहरुको सम्बन्ध राम्रो रहेको थियो । शाहीका श्रीमान कर्मचारी संगठनको नेता पनि रहेको बुझिएको छ ।

पटक–पटक शाहीको घरमा पुगेर महराले खानपिन गर्दै आएको पनि खुलेको छ । पारिवारिक जस्तै सम्बन्ध भएका शाही र महराबीच अहिले यो काण्ड कसरी हुन पुग्यो ? किन अहिले नै शाहीले महरामाथि यस्तो गम्भिर आरोप लगाउन पुगिन ? यो विषयले पूर्व माओवादी वृत्तभित्र हलचल ल्याएको छ । हलचलमात्र होइन जानकारहरु आश्चर्यमा परेका छन् । स्रोतका अनुसार महरा र शाहीबीच सुमधुर सम्बन्ध रही आएपनि पछिल्ला दिनहरुमा खटपट पर्दै आएको थियो ।

दशैंको पूर्वसन्ध्यामा शाहीले महरासँग केही माग राखेको बताइन्छ । नेपथ्यमा सरुवाको विषय भएको देखिएपनि भित्र चाहि अरुनै कुरा लुकेको स्रोतको दाबी छ ।

सदाजस्तै आइतबार साँझ महरा शाहीको घरमा पुगेका थिए । पहिलाजस्तै फोनमा कुरा गरेर राति ८ बजे पुगेका महरा करिब २ घण्टा शाहीको डेरामा बसेका थिए । शाहीका अनुसार डेरामा महराले विदेशी रक्सी समेत लिएर गएका थिए । प्रायः जसो वाइन रुचाउने शाहीले त्यसदिन महराको आग्रहमा हार्डड्रिङ्कस गरेकी थिइन् ।

शाहीको बेडरुममा बसेका उनीहरु ड्रिङ्कस गर्नु अगाडि शाहीले भान्सा कोठाबाट शुरुमा एउटा प्लेट र एउटा गिलास मात्र ल्याएकी थिइन् । प्लेटमा काजु राखिसकेपछि महराको आग्रहमा अर्को गिलास लिएर बेडरुमको ठूलो पलङमा बसेर दुवै जनाले चुस्कि लिएका थिए ।

स्न्याक्समा करु नभएपछि भान्सामा रहेका काक्रो काटेर ल्याइएको थियो । पिउनु अगाडि शाहीले नजिकैबाट मासु ल्याउन खोजेपनि महराले पर्दैन भनेका थिए । शुरुमा पिउन इन्कार गरेकी शाहीले पछि भने महरा बराबर पिएको बताइन्छ ।

प्रहरी स्रोतका अनुसार शुरुमा राम्रै कुराकानी आगाडि बढेपनि मदिरा लाग्दै गएपछि बिस्तारै विवाद बढ्दै गएको थियो । शाहीले डेरा दिएर बसेको घरमा छोराछोरी विदेश गएका दम्पतीहरु मात्र बस्छन् । पूरै फ्ल्याट लिएर त्यो घरमा शाही मात्र डेरमा बस्दै आएकी छन् । पछिल्लो पटक महरा जाँदा उनका श्रीमान त्यहाँ थिएनन् ।

पहिला राम्रा राम्रा कुराबाट शुरु भएको उनीहरुको कुराकानी नसा लाग्दै जान थालेपछि विवाद बढ्दै गएको प्रहरी स्रोतले बताएको छ । स्रोतका अनुसार नसा लाग्दै गएपछि शाहीले ठूलो–ठूलो स्वरमा महरालाई गाली गरेकी थिइन् । शाहीले आफूमाथि महराले जवरजस्ती यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् भने महराले आफूमाथि षड्यन्त्र भएको बताएका छन् । शाही र महराबीच विवाद बढ्दै जाँदा हातहालाहालको स्थितिसम्म पुगेको थियो । यसक्रममा महराको चस्मा समेत फुटेको बताइन्छ ।

उता शाहीभने महराले आफूमाथि यौन दुर्व्यवहार गरेको बताउँदै आइतबार बेलुका आफ्नो डेरामा आउँदा मदिराले लठ्ठ परेको प्रहरीलाई बताएकी छन् । शाहीले महरालाई महरा सर भने सम्बोधन गर्ने गर्दथिइन् । तर, त्यसदिन कसरी यस्तो घटना हुन पुग्यो । यो आश्चर्यको विषय बनेको छ ।

शाही र महराबीच भेटघाटमात्र होइन फोन र भाइबरमा मिठामिठा कुराकानी समेत हुँदै आएको थियो । उनीहरुबीच पटक–पटक खानपिन कुराकानी हुँदै आएको बताइन्छ । शाहीले अहिले महराले आफूमागि निरन्तर यौन दुर्व्यवहार गर्दै आएको खुलासा गरेकी छन् । अहिलेसम्म किन सार्वजनिक गरिनन् त भन्ने प्रश्न पनि उठेको छ ।

यद्यपी उक्त घटनापछि शाहीले बानेश्वर प्रहरीसँगै उपसभामुख र नेकपाका महिला नेतृहरु घटनाबारे जानकारी गराएपनि आफूले सहयोग नपाएको गुनासो गरेकी छन् । अन्य कुराको खण्डन गरेपनि महराले आइतबार साँझ शाहीको डेरामा गएको कुरा स्वीकारेका द नेपालटपले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारी वकिलको कार्यालय पुर्‍याइए महरा

  यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालय

पारस खड्काले दिए कप्तानबाट राजीनामा

  नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली टोलीको कप्तानबाट राजिनामा दिएको

महरा र रोशनीको फरेन्सिक जाँच: आयो यस्तो रिपोर्ट, अब के होला ?

  निवर्तमान सभामुख कृष्णबहादुर महराबाट ब’लात्कार प्रयासकी पीडित रो’शनी शाहीको शरीरमा लागेका चोटपटकमा

गैरआवासीय नेपाली संघको चुनाव : कुल आचार्यको प्यानल घोषणा, उम्मेदवारको सूचीसहित

गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले आफ्नो टिमलाई अन्तिम