खोलामा बस खस्दा चालकसहित २ जनाको ज्यान गयो



 

रोल्पाको लुंग्री खोलामा बस खस्दा बस चालकसहित २ जनाको मृत्यु भएको छ । आशिर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक लुंग्री गाउँपालिका–३ जुतुङखोलाका २२ वर्षे यामबहादुर घर्ती र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका छन् ।

सुनिलस्मृति गाउँपालिका–३ रुइनीबाङ जिपपार्कदेखि उत्तर तर्फबाट बस खोलामा खसेको प्रहरीले जनाएको छ । गाडी फर्काउने क्रममा बस सिधै खोलामा खसेको हो ।

जिल्ला प्रहरीका अनुसार बस २ सय मिटर तल खसेको हो । उद्धारकाक्रममा दुईजनाको शव निकालिएपनि बसभित्र अरु यात्रु फसिरहेको वा नरहेको केही खुलेको छैन ।

खोलाको खोँचमा बस दुर्घटनाग्रस्त अवस्थामा छ । पानीको बहाव धेरै भएकाले उद्दारमा कठिनाई भइरहेको छ । बस फर्काउन जानेक्रममा बसभित्र तीन जना मानिस रहेको अनुमान गरिएको छ । यद्यपी, पुष्टि भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस
यिनै हुन् नेपालको सांसद–मन्त्री भएर भारतको दलाली गर्नेहरु

  डा. बाबुराम भट्टराई नेपालको अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म भइसकेका ब्यक्ति । उनको बिद्धताको उपयोग

राष्ट्रपतिबाट २४१ जनाको कैद सजायँ र दण्ड जरिवाना मिनाहा

  गणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा

संविधान संशोधनको समर्थन गर्ने राप्रपाको निर्णय

  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदमा पेस गर्ने तयारी गरिएको संविधान संशोधन

उपेन्द्र–बाबुराम भारतको दलाली गर्दै, नयाँ नक्साको विरोध गरे

  उपेन्द्र यादव र डा.बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीकी सांसद सरिता गिरीले मुलुकको