अहिलेसम्मकै ठूलो सैनिक परेड गर्ने तयारीमा चिन



 

चीनले राजधानी बेइजिङ्गमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक परेड गर्ने तयारी गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको ७० औं वर्षको अबसर पारेर अक्टोबर १ का दिन सैनिक परेडको तयारी गरेको हो । सैनिक परेडमा चिनियाँ हतियारको प्रदर्शनी गरिने जनाइएको छ ।

वार्षिकोत्सव कार्यक्रम तियानमेन स्क्वायरमा गरिनेछ । कार्यक्रममा विभिन्न ९७ मुलुकका १ सय ८८ मिलिटरी एट्याचीको पनि सहभागिता हुने जनाइएको छ । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार परेडमा १५ हजार सेनाले भाग लिनेछन् ।

वार्षिकोत्सवका अवसरमा १ सय ६० वटा जहाज आकाशमा उडाइनेछ । यस पटक संयुक्त राष्ट्र संघको शान्ति मिसनमा रहेका ८ हजार चिनियाँ सैनिकले पनि भाग लिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा कार दुर्घटनामा परि २ नेपालीको निधन

  अमेरिकामा भएको सडक दुर्घ टनामा नेपाली महिलाको ज्या न गएको छ ।

मिटर नचलाउने ११० ट्याक्सी चालक नियन्त्रणमा,

  तीन दिनयता पोखरा महानगरपालिकाका विभिन्न स्थानमा मिटरमा नगई मनोमानी भाडा लिने तथा

सरकारी वकिलको कार्यालय पुर्‍याइए महरा

  यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालय

पारस खड्काले दिए कप्तानबाट राजीनामा

  नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली टोलीको कप्तानबाट राजिनामा दिएको