रेमिटेन्स गर्दा २ जनाले पाए २ लाख



 

हरेक वर्षको दशैंमा विभिन्न योजनाहरु ल्याउँदै आएको हिमाल रेमिटबाट रेमिटेन्स गरेबापत विभिन्न उपहार दिँदै आएको हिमाल रिमिटले यो वर्ष पनि दशैं आयो रेमिट गरौं, हिमालबाट १० लाख जितौं’ योजनाअन्तर्गत दुई नेपालीले १–१ लाख रुपैयाँ उपहार पाएका हुन् । यूएईमा रहेको यूएई एक्सचेञ्जबाट हिमाल रेमिटबाट नेपाल पैसा पठाएबापत पाइने उक्त योजना भदौ ८ गतेदेखि सुरु भएको थियो गोलाप्रथाद्वारा विजेता छानिने यो योजना असोज १९ सम्म रहने हिमाल रेमिटका यूएई प्रतिनिधि कमल पराजुलीले जानकारी दिए ।

हरेक साता एक–एक जना गरी ५ जनालाई १–१ लाख र अन्तिममा एक जनालाई ५ लाख रुपैयाँको उपहार रहेको यो योजनामा हालसम्म दुई जनाले १–१ लाख रुपैयाँ पाएका छन् । १५ महिनाअघि यूएई आएर अजमानको नेस्टो हाइपरमार्केटमा काम गर्दै आएका सुमन मगर र एमएबी फेसिलिटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत मकवानपुर फापरबारीकी उर्मिला माया मोक्तानले १–१ लाख रुपैयाँ पाएका हुन् भने बाँकी योजना क्रममा वितरण गरिने हिमाल रेमिट यूएईका प्रतिनिधि कमल पराजुलीले जानकारी दिए ।

यूएई व्यप्त बन्दै गइरहेको हुन्डी रोक्न दूतावासलगायत विभिन्न संघ–संस्थाहरुले विभिन्न कार्यक्रम गर्दै आए पनि खासै काम हुन नसकेको हुण्डीलाई यस्ता अफर योजनाहरुले अन्त्य गर्न सक्ने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

  प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने

जेठ ३२ गतेसम्म लकडाउन बढाउने सरकारको निर्णय

  मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ गतेसम्म गर्ने निर्णय गरेको छ । शनिबार

नाभी, गुञ्जी र कुटीबासीले २०३५ सालसम्म बाली बुझाउँथे

  हालै अद्यावधिक गरिएको नयाँ नक्साभित्र समेटिएका गुञ्जी, नाभी र कुटीबासीले २०३५ सालसम्म

एमसीसीएका काम तत्काल रोकिने, दुई अध्यक्षले छलफल गरेर अर्को बैठक बोलाउने

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले संसदमा विचाराधीन एमसीसी सम्झौताबारे संसदले