आज १० अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक



 

नेपाल राष्ट्र बैंकले सोमबार रु १० अर्ब ३३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले आइतवार एक सूचनामार्फत बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।

बैंकका अनुसार ९१ दिने अवधिका लागि रु चार अर्ब तीन करोड बराबरको ट्रेजरी बिल बिक्री गरिनेछ ।

उक्त बिल आगामी पुस ८ गते परिपक्व हुनेछ । यस्तै १८२ दिनका लागि रु चार अर्ब ३० करोड बराबरको ट्रेजरी बिल बिक्री गरिनेछ ।

सो बिल आगामी चैत ११ गते परिपक्व हुनेछ । ३६४ दिने अवधिका लागि रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुनेछ । त्यसको परिपक्व हुने अवधि आगामी असोज ६ गते रहेको छ । बैंकले यसअघि गत भदौ ३० गते ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
संविधान संशोधनमा जुवा खेलिन्न : ईश्वर पोखरेल

  सत्तारूढ नेकपाले संविधान संशोधनका लागि थालेको गृहकार्यप्रति उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले

वामदेव प्रधानमन्त्री बन्ने कुराले नेकपामा गोलमाल

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको प्रधानमन्त्री बन्ने सपना फेरी

प्रदेश २ को सरकार ढल्छ : प्रचण्ड

  प्रदेश २ मा राजपासँगको संयुक्त सरकारको नेतृत्व समाजवादीले गरिरहेको छ । समाजवादीका

गौतम अंकगणितमा कमजोर तर निर्णय प्रक्रियामा प्रभावशाली

  चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा गौतम पक्षका करिब एक दर्जन केन्द्रीय