नेपालमा लगानी गर्ने उपयुत्त समय : परराष्ट्रमन्त्री ज्ञवाली



 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन् । उनले नेपालमा लगानीको प्रतिफल सुनिश्चित रहेको दाबी पनि गरे ।

पूर्वसांसद मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भने, ‘भारत र चीन जस्ता ठूला देशहरुको बीचमा नेपाल छ । नेपालमा उत्पादित वस्तुको बजार चीन र भारत पनि हो । त्यसकारण नेपालमा लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ ।’

नेपालको साँस्कृतिक र प्राकृतिक विविधतालाई सदुपयोग गर्दै पर्यटन र उद्योग क्षेत्रमा लगानी गरेर नाफा कमाउन सकिने मन्त्री ज्ञवालीले बताए । नेपालमा राजनीतिक स्थीरता भएकाले लगानी र प्रतिफलको वातावरण बनेको उनको भनाइ छ ।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत, अमेरिकी र भारतीय दूतावासका प्रतिनिधिलगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
सञ्चारमन्त्री बास्कोटाले राजीनामा दिए

  सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा

मन्त्री बाँस्कोटाको राजीनामा माग्दै कांग्रेसले संसद अवरुद्ध गर्यो

  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी

सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्न कांग्रेसको माग

  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल

खाएको विष लाग्छ, नखाएको लाग्दैन: मन्त्री बाँस्कोटा

  एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७०