मन्त्री भट्टराईले भने ५ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तयार हुन्छ



 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वैदेशिक लगानीका लागि नेपाल अहिले सबैभन्दा राम्रो र उपयुक्त गन्तव्य भएको बताउनुभएको छ ।

काठमाण्डौमा जारी नेपाल पूर्वाधार सम्मेलनमा उहाँले नेपालका सबै राजनीतिक दलहरु विकासको मुद्दामा एकै ठाउँमा उभिएकाले लगानीको वातावरणमा कुनै समस्या नभएको बताउनु भएको हो ।

नेपालमा हवाई यात्रुहरुको संख्या उल्लेख्य मात्रामा वृद्धि भइरहेको भन्दै उहाँले निकट भविष्यमै दुई ओटा अन्तरर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको पनि जानकारी दिनुभयो । उहाँले अबको ५ वर्षभित्र कुनै पनि हालतमा निजगढ अन्तरर्राष्ट्रिय विमानस्थल तयार हुने भन्दै यसका लागि ठोस रुपमा प्रक्रिया अघि बढिसकेको बताउनुभयो ।

उत्तर–दक्षिण दुवै मुलुकसँग विभिन्न नाकाको स्तरोन्नति गर्ने र नयाँ नाका खोल्ने तथा पूर्व–पश्चिम जोड्ने चार ओटा राजमार्गहरुको निर्माणअघि बढाएकाले यातायात क्षेत्रमा ठूलो सुधार हुने उहाँले धारणा राख्नुभयो ।

त्यस्तै युरोपेली संघले हवाई सेवाका लागि नेपाललाई कालो सूचीमा राखेको घटनाप्रति दुःख व्यक्त गर्दै चाँडै नै यो समस्या सुल्झने बताउनुभयो । उहाँले युरोपेली संघसँग निरन्तर वार्ताअघि बढाइएको र चाँडै नै निष्कर्शमा पुगिने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
देउवाले ओलीलाई भने मोदीसँग डराएको हो

  प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले कालापानी क्षेत्रको सीमा विवादमा मौन बसेको

कालापानी भारतले सीमा मिचेको हो, राजा महेन्द्रले बेचेका होइनन्–परराष्ट्रमन्त्री

  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा विवादलाई लिएर कसैको आलोचना नगर्न आग्रह गरेका छन्

कतै यसकारण त टुट्दैछैन तपाईंको सम्बन्ध ?

  भनिन्छ सम्बन्ध जोड्नुभन्दा त्यसलाई टिकाइराख्न निकै मुश्किल हुन्छ । पछिल्लो समय सम्बन्धलाई

रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई दिए यस्तो चेतावनी

  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कालापानी क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली