दाँत किराले किन खान्छ ? चिकित्सक यसो भन्छन



 

दाँत बिग्रेर ठूलै दुःख नदिएसम्म अस्पताल जाने हाम्रो चलन छैन । जतिबेला हामी अस्पताल पुग्छांै, त्यतिबेला दाँत धेरै बिग्रिसकेको हु्न्छ । दाँत किराले किन खान्छ ? मुख किन गन्हाउँछ ? दाँतको हेरचाह कसरी गर्ने ? प्रस्तुत छ– दाँत स्वास्थ्यका विषयमा वीर अस्पतालका दाँत विभाग प्रमुख डा. शैली प्रधानसँग नागरिककर्मी पवित्रा सुनारले गरेको कुराकानीः

नेपालमा दाँत स्वास्थ्यको अवस्था कस्तो छ ?
नेपालमा दाँत स्वास्थ्यलाई ध्यान नदिने चलनले यसको स्वास्थ्य भयावह छ । हामीले अध्ययन अनुसन्धान गर्दा  उच्च दरमा यो रोग देखिन्छ । नेपालमा मात्र नभएर दक्षिण एसियामै दाँत स्वास्थ्यको अवस्था गम्भीर छ । यो क्षेत्रमा दाँत स्वास्थ्यलाई उति महत्व दिँदैनन्, दाँतको नियमित जाँच पनि गराउँदैनन् । यसकारण यो क्षेत्रमा दाँत स्वास्थ्यको समस्या बढी हुने गरेको हो। दाँतका रोगमध्ये सबैभन्दा कुन् समस्या बढी देखिन्छ ?
मुखसम्बन्धी रोगहरू धेरै छन् । गिजाको समस्या र दाँत किराले खाने रोग बढी छन् । त्यसमा पनि दाँत किराले खाने समस्या बढी छ। यी दुई रोग लाग्नुका कारण?
मुखको स्वास्थ्यको हेरचाह गर्नुपर्छ भन्ने जनचेतना छैन । दिनको दुईपटक फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्ने, खाना खाएपछि राम्रोसँग कुल्ला गर्नुपर्छ भन्ने धेरैलाई थाहा छैन।

दाँत र गिजा बिग्रनुमा पोषणयुक्त खानाको सम्बन्ध छ कि छैन?
दाँत एकपटक बनेपछि पोषणको खासै भूमिका रहँदैन । आमा गर्भावस्थामा हुँदाखेरी भिटामिन डी र क्याल्सियम पुगेन भने दाँत कमजोर हुन्छ । राम्रोसँग पोषण पुगेन भने दाँत कमजोर बन्छ । दाँत किराले खानुको मुख्य कारण त नियमपूर्वक दाँत सफा नगर्नु हो । जसका कारण दाँतमा लेऊ लाग्छ र मुखको स्वास्थ्य बिग्रन्छ । कुनै पनि खानेकुरा खाएपछि मुख कुल्ला गरिहाल्नुपर्छ । नत्र दाँत किराले खान्छ । बिहान खाना खानुअघि र राति सुत्नुअघि दाँत माझेर कुल्ला गर्नै प-यो

दाँत किराले खानुका अन्य कारण के छन् त?
पछिल्लो समय नेपालमा रेडिमेड खानेकुराहरू जतिबेला पनि खाने चलन छ । यसले पनि दाँतलाई असर पुगेको छ । विशेषगरी कुरकुरे, चक्लेट, चाउचाउ, टाँसिने चकलेट, लेज, चिप्स, फ्यान्टाजस्ता रेडिमेड चिजहरू खाने चलन बढ्दै गएको छ । धेरैले यस्ता खाने कुरालाई सजिलो खाजाका रूपमा लिने गरेका छन् । यस्ता खानेकुराहरू खाएपछि दाँत नमाझिकन या कुल्ला नगरी छोड्ने चलन छ । यस्तो बानीले गर्दा दाँत किराले खाने रोग बढेको छ । गुलिया खानेकुरामा चिनी हुन्छ । त्यो दाँतमा जम्मा भएपछि व्याक्टेरिया निस्कन्छ र दाँत किराले खान्छ । त्यस्ता खानेकुरा टाँसिइरहेपछि एसिड निकाल्छ र त्यही वृद्धि भएर दाँत किराले खान्छ। कहिलेदेखि दाँत किराले खाने रोग बढेको हो त?
पहिला–पहिलाको अनुसन्धान छैन । सन् २००२ देखि २००३ सम्म ५ देखि ६ वर्ष सम्मका बालबालिकामा अध्ययन गर्दा ५० देखि ६० प्रतिशत बालबालिकामा गिजाको रोग देखियो । त्यसपछि राष्ट्रिय अध्ययन भएको छैन । तर स–साना अध्ययनले ८० प्रतिशत मानिसमा दाँत र गिजाको रोग रहेको देखाएका छन्।

गिजाको रोग बढ्दै गयो भने कस्तो असर पर्छ?
गिजा भनेको दाँतको आधार हो । यो नै कमजोर भएपछि दाँत हल्लेर÷झरेर जान्छ । हामी नेपालीमा के भ्रम छ भने दाँत मान्छे बूढो भएपछि हल्लिन्छ । त्यो एकदमै हैन ।  जबसम्म गिजा बलियो हु्न्छ तबसम्म दाँत हल्लिँदैन। गिजा बलियो राख्न के खानुपर्छ?
नियमित जाँच गर्नुप-यो, केही खानु पर्दैन । फोहोर छ भने सफा गर्ने । मुख्य कुरा बिहान–बेलुकी खाना खाएपछि फ्लोराइडयुक्त मञ्जनले सही तरिकाले दाँत माझ्नुपर्छ। गिजा बिग्रियो भने मान्छेको स्वास्थ्यमा अन्य कस्तो असर पर्छ?
गिजासम्बन्धी रोग भएकाहरूमा मधुमेह छ भने चिनीको तह बढ्ने, मुटुसम्बन्धी रोग हुन सक्ने, गर्भवतीलाई गिजासम्बन्धी रोग  छ  भने बच्चा सानो आकारको जन्मने हुन सक्छ । यो कुरा विभिन्न अनुसन्धानले देखाएका छन्।

गिजामा लाग्ने रोगहरू के–के हुन्?
गिजाबाट रगत आउने (जेन्जिभाइटिस), गिजा हुँदै हड्डीसम्म खिइने (पेरियोडनटाइटिस), गिजाको ट्युमर र गिजामा क्यान्सर हुने गिजामा लाग्ने प्रमुख रोेगहरू हुन् । यी रोग लागेमा गिजाबाट रगत आउने, गिजा सुन्निने र गिजामा गिर्खा आउनेजस्ता लक्षण बढ्दै जान्छन् । गिजामा रोग लागेपछि मुख गन्हाउने समस्या हुन्छ । यो संक्रमण भएकाले मुखबाट गन्ध आउने गर्छ। दाँत किराले खाँदा स्वास्थ्यमा पर्ने अन्य असर कस्ता छन्?
रगतको नसा, मुटु, श्वासप्रश्वास प्रणालीमा असर गर्छ । दाँत र गिजा बिग्रेका कारण मुखको क्यान्सरसम्म हुन्छ । निरन्तर मुखमा घाउ आइरह्यो भने त्यसबाट क्यान्सर हुन्छ भनेर आत्तिने हुन्छन् । मुखमा अल्सर भइरह्यो भने क्यान्सर हुने सम्भावना हुन्छ।

नेपालमा मुखको स्वास्थ्य बचाउन अन्य के–के कुरामा ध्यान दिनुपर्ला ? मुुख्यतः यसमा सरकारले धेरै ध्यान दिनुप-यो । गाउँ–गाउँमा दाँतसम्बन्धी स्वास्थ्य सेवा पु-याउनुप-यो । सबै नागरिकको पहुँचमा यस्तो सेवा पु-याउनुप-यो । तर त्यसो  हुन सकेको छैन । दाँतसम्बन्धी चिकित्सकको दरबन्दी गाउँ–गाउँमा पुग्न सकेको छैन ।  गाउँपालिकादेखि नै डेन्टल सर्जन, डेन्टल स्वास्थ्यकर्मी राख्नु प-यो । त्यहाँको जनताले पनि सेवा पाउनु प-यो । दाँत सरसफाइको कुरा छ । सबैमा यसको जनचेतना जगाउनु प-यो । खानेपानीमा फ्लोराइड हालेमा पनि दाँत बलियो राख्न सकिन्छ । अन्य विकसित मुलुकमा खानेपानीको स्रोतमै फ्लोराइड राख्ने चलन छ । त्यसले गर्दा दाँत बलियो राख्न मद्दत पु-याएको देखिन्छ।

उमेरमै दाँत झर्नुको कारण के हो?
एउटा त वंशाणुगत रूपमै केही कमजोरी छ भने दाँत झर्छ । केही चुरोट पिउनेहरूमा पनि यस्तो समस्या देखिन्छ । चुरोट खाँदा प्रतिरक्षात्मक क्षमता कमजोर हुन्छ । गिजामा किटाणु बलियो हुनु र चुरोट पिउनेहरूमा प्रतिरक्षात्क शक्ति कमजोर हुँदा उमेरमै दाँत झर्छ । चुरोट पिउनेहरूको ३०/३५ वर्षमै दाँत झरेर कति जनाको मैलै नै नयाँ दाँत लगाइदिएको छु । दाँत झरेकाहरूले दाँत प्रत्यारोपणबाट राहत पाउँछन्। नेपालमा दाँत उपचारको अवस्था कस्तो छ?
वीर अस्पतालको हकमा यहाँ दाँतको उपचार पर्याप्त

छ । यहाँ राष्ट्रपतिदेखि सर्वसाधारणसम्म सबै उपचार गराउन आउँछन् । वीर अस्पतालमा दाँत उपचारका सबै सेवा उपलब्ध छन् । तर जिल्ला अस्पतालहरूमा भने सबै ठाउँमा दाँतसम्बन्धी उपचार सेवा छैनन् । त्यस्ता जिल्लाहरूमा निजी स्वास्थ्य संस्थाहरूले दाँत उपचार सेवा दिएका छन् । यो अभावलाई पूर्ति गर्न जिल्लादेखि गाउँपालिका तहसम्म आधारभूत दाँत उपचार सेवा हुनु पर्छ । कम्तमिा मुख सफाइ तहको सेवा दिने स्वास्थ्यकर्मी हुनु पर्छ।

दाँतको उपचार महँगो छ भन्छन् नि?
वीर अस्पतालमा तुलनात्मक रूपमा धेरै सस्तो छ । तर दाँत उपचार सेवाका लागि आवश्यक सामाग्री महँगो हुनाले पनि उपचार महँगो पर्न जान्छ । अहिले सबैले गुणस्तरीय सामान प्रयोग गर्ने कारणले पनि महँगो परेको हो। पदण्ड अपनाउन सकेको छ या छैन?
एकदमै अपनाएका छौं, हामीले दिने सेवामा कुनै कमजोरी छैन। दाँत भर्ने सामाग्री कम गुणस्तरको र गलत परेमा पछि गएर क्यान्सर हुन सक्ने सम्भावना हुन्छ भनिन्छ नि?
पहिला–पहिला दाँत भर्दा मर्करी भरिन्थ्यो । जसलाई चाँदी भरेको भनिन्थ्यो । सबैले मर्करीमा कडा रसायन हुन्छ भनेपछि वीर अस्पतालमा यो बन्द भएको छ । अन्य क्लिनिकले के गरिराखेका छन्, थाहा छैन । मर्करी दाँतमा भरेपछि यसको आयु ५० वर्षभन्दा बढी हुन्छ।

वीर अस्पतालको दाँत उपचार सेवा सबैको पहुँचमा छ त?
सबैको पहुँचमा त छ तर, बिरामीको चापका कारण छिटो–छरितो सेवा दिन भने सकेका छैनौं । विशेषगरी दाँतको जरा भर्ने उपचारमा लामो लाइन लाग्ने गरेको छ । यसका लागि दुई महिनाजति पर्खिनुपर्ने स्थिति छ।
सबै खालका सेवा छिटो दिन के गर्दै हुनुहुन्छ त?
पर्याप्त ठाउँ नभएकाले छिटो उपचार दिन सकेका छैनौं । सबैलाई राम्रो र छिटो उपचार दिन हामीले दाँतको छुट्टै अस्पताल बनाउने प्रस्ताव राखिसकेका छौं।

प्रतिक्रिया दिनुहोस
प्रचण्डले फोन गरेर भने, महरा जि बधाइ छ

  जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाइ नेकपा अध्यक्ष पुष्प

महरा सरले न्याय पाउनुभयो म खुसी छु : रोशनी शाही

  पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिने काठमाडौँ जिल्ला अदालतको निर्णयप्रति संसद सचिवालय कर्मचारी

महराको सदाबहार रातो कार, के छ रहस्य

  जबरजस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर

कसरी बिताए महराले १०३ दिन डिल्लीबजार कारागारमा

    जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा १८ कात्तिकमै जिल्ला अदालतबाट सफाइ पाउनेमा