१५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार



 

वीरगञ्जमा स्कुले छात्रामाथि एसिड प्रहार भएको छ । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत छपकैया-३ निवासी रसुल अलीकी छोरी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।

शुक्रबार विहान करिव ६ बजेतिर दुई जना युवाले गणेशमान चोक जाने गल्लीमा उनीमाथि एसिड प्रहार गरेका थिए । गल्लीमा रहेको एउटा सैलुनमा बसेका उनीहरुले खातुनलाई एसिड छ्यापेेर भागेको प्रत्यदर्शीले बताएका छन् ।

खातुन त्यो बाटो भएर विद्यालय जाने-आउने गर्थिन् । विद्यालय पोशाकमैै रहेको अवस्थामा उनीमाथि एसिड प्रहार भएको हो । एसिडले पोलेर उनी चिच्याउन थालेपछि स्थानीयले अस्पताल पुर्‍याएका थिए ।

उनको अनुहार, हात र शरीरको केही भाग एसिडले जलेको छ । उनको नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

एक जना पक्राउ, एक जना फरार

वीरगञ्ज-१३ श्रीपुर घर भएपनि खातुन अध्ययनका लागि वडा नं. ३ छपकैया स्थित मामा घरमा बस्दै आएकी थिइन् । घटनाबारे जानकारी पाएलगतै एसिड प्रहार गर्ने युवकको खोजी शुरु गरेको प्रहरीले घटनामा संलग्न एकजनालाई नियन्त्रणमा लिएको छ ।

एसिड प्रहारमा संलग्न मुख्य अभियुक्त वीरगञ्ज-२ छपकैया बस्ने १६ वर्षीय सम्साद मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । आफूलाई प्रेम नगरेको भन्दै सम्सादले मुस्कानमाथि एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी शर्माले जानकारी दिए ।

उनका सहयोगी सोही ठाउँका १६ वर्षीय माजिद आलम भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले घाइते छात्राको उपचारका लागि ५० हजार आर्थिक सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
यही ताल हो भने नेकपा सकिन्छ : अध्यक्ष प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता बाहिर

परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा प्रस्थान

  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभा गएका छन् । यही फागुन १२ गतेदेखि जेनेभामा

खनाल भन्छन् : अर्थ मन्त्रालय र एमसीसीबीच १४ वटा भित्री सम्झौता रहेछन्

  अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता अध्ययन गर्न बनेको सत्तारुढ नेकपाको

बाँस्कोटाको हातमा थिए एक खर्बका सात प्रोजेक्ट

  सेक्युरिटी प्रेस खरिदमा कमिसनको ‘डिल’ गरिरहेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार