जापान रोजगारी नेपालीलाई मौका परीक्षाको मिति तोकियो



 

जापान सरकारले नेपालीका लागि रोजगारी मौकाको पहिलो परीक्षा मिति तोकेको छ । सुरुमा ‘नर्सिङ केयर गिभर’ लैजान अपौचारिक प्रक्रिया सुरु गरेको छ । त्यसका लागि नेपालमा हुने परीक्षाहरुको मिति नै सार्वजनिक भएको छ । जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले आगामी अक्टोबर र नोभेम्बर महिनामा परीक्षा गर्ने तालिका सार्वजनिक गरेको छ । भाषा तथा सिप परीक्षाका लागि अक्टोबर २७ देखि २९ (कार्तिक १० देखि १२), नोभेम्बर ५ देखि ७ (कार्तिक ९ देखि १९) तथा नोभेम्बरकै १२ देखि १४ (कार्तिक २६ देखि २८) सम्म मिति तोकिएको छ । यसका लागि एक हजार मात्रै आवेदन लिइनेछ ।

यसका कारण सुरुमा आवेदन दिनेले नै परीक्षामा सहभागी हुने मौका पाउनेछन् । यस्तो आवेदन अलाइनमार्फत दिनुपर्नेछ । यस्तो आवेदन दिन काठमाडौंमा रहेको जापानी दूतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट प्रक्रिया पूरा गरेर टोकन लिनुपर्ने व्यवस्था गरिएको छ ।

त्यसपछि आवेदन फारम भरेर परीक्षामा सहभागी हुनुपर्नेछ । यस्तो परीक्षा नेपालमा कहाँ, कुन सेन्टरमार्फत हुन्छ भन्ने हालसम्म तय गरिएको छैन । परीक्षा उत्तीर्णलाई जापानमा रोजगारीको अवसर मिल्नेछ । दुबै परीक्षाका लागि शुल्क एक–एक हजार जापानिज युआन तोकिएको छ । नसिर्कङ केयर गिभरमा जान कुनै शैक्षिक योग्यता तोकिएको छैन । तर, जापान सरकारले लिने ‘नर्सिङ केयर सिप मूल्यांकन परीक्षा’ र ‘नर्सिङ केयर गिभर जापानी भाषम मूल्यांकन परीक्षा’ पास गर्नुपर्नेछ । जापान सरकारकाअनुसार परीक्षा कम्प्युटर प्रणालीमा आधारित हुनेछ । सिप परिक्षा ६० मिनेट लामो हुनेछ । यसमा ४५ वटा प्रश्न सोधिने छन् । यसमा पनि ४० लिखित र ५ प्रश्नको व्यवहारिक खालका हुनेछन् । भाषा परीक्षा ३० मिनेटको हुनेछ । यसमा १५ वटा प्रश्नहरु सोधिने छन् ।

नेपाली कामदार लैजानेबारे जापानसँग नेपालले ‘सहकार्यको समझदारी’ गरिसकेको छ । समझदारीमा जापान जाने नेपाली कामदारले जापानी नागरिक सरह वा सो भन्दा बढी पारिश्रमिक तथा सुविधा पाउने भनिएको छ । कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत लगायतका १४ क्षेत्रमा कामदार लैजाने सहमति भएको छ । जापानले विशिष्टिकृत दक्ष कामदार (स्पेसिफाइड स्किल वर्कर) को पहिलो र दोस्रो वर्गका कामदार लिने भनेको छ ।

पहिलो वर्ग (एसएसडब्लूआई) का कामदारलाई जापान जान सम्बन्धित कार्यक्षेत्रमा अनुभव आवश्यक पर्छ । दोस्रो वर्ग (एसएसडब्लू (आईआई) का कामदारका लागि भने उच्च तहको सिप आवश्यक पर्छ । कम्प्यूटरमा आधारित परीक्षा हुने भएकाले त्यसैअनुसार कामदारले तयारी गर्नुपर्ने वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए । परीक्षामा उत्तीर्ण हुने मात्रै जापान जाने अवसरको लागि योग्य हुन्छन् । र, जापान जान पाउने कामदारको रोस्टरमा नाम दर्ता हुन्छ । र, भिसा आएपछि मात्रै कामदारले जापानलाई श्रम गन्तब्य बनाउन पाउनेछन् ।

जापानले नेपाल सरकारलाई दिएको अनौपचारिक जानकारीअनुसार २० मिनेटको भाषा परीक्षा र ६० मिनेटको सीप परीक्षा हुन्छ । पास भए(नभएको परीक्षार्थीले तत्कालै थाहा पाउँछन् । जाँच दिएको दुई हप्तामा जाँचको प्रमाणपत्र प्राप्त हुन्छ । ‘एन-४’ तहको भाषा परीक्षा लिइन्छ । कामदारले काम गर्न पाउने अवधिबारे छुट्टै कार्यावधि बन्नेछ । असल कामदारले अर्को ५ वर्ष काम गर्न पाउने सहकार्यको समझदारीमै उल्लेख छ । भाषा र सीप परीक्षाको लागि जम्मा खर्च ४५०० जापानी येनको हाराहारीमा हुने अनुमान छ । त्यसबाहेकको खर्च रोजगारदाता र श्रमिकबीचको सम्झौतामा उल्लेख भएबमोजिम हुनेछ ।

प्रतिक्रिया दिनुहोस
अस्ट्रेलिया बस्ने ले पढ्नै पर्ने कुरा! के होला त्यस्तो कुरा ?पुरा पढ्नुहोस ।

  अस्ट्रेलिया नेपालीका लागि सपनाको देश मानिन्छ। तर, यही सपनाको देश छाड्न दिनगन्ती

अध्यक्ष प्रचण्ड दाँतको उपचार गर्न अस्पतालमा

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड दाँतको उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी

भोलि बिहीबारदेखि मौसममा सुधार हुने

  भारतको मध्यप्रदेशस्थित  उत्तर–पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यून चापीय

सिन्धुलीमा बस दुर्घटना: २३ जना घाइते, धुलिखेल अस्पतालमा उपचार हुदै

  सिन्धुलीमा आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । यहाँको