मलाई कोही केटीले पत्याएनन्’ : टेन्सनमा राजेशपायल राई



 

 

राजेश पायल राईलाई फ्यानले भर्सटाइल गायक पनि भन्छन् । उनी देश तथा विदेशका कार्यक्रममा प्रायः व्यस्त रहन्छन् । राजेश पायल राई भन्नबित्तिकै धेरैलाई ‘दर्शन नमस्ते’ बोलको गीत याद आउँछ । यी गायकले बिहे भने गरेका छैनन् । उनलाई फ्यान र मिडियाले भने बेलाबेलामा सोध्ने गर्छन्, बिहे कहिले गर्ने ?

राजेश पायल राई भने यो प्रश्न स्वभाविक भएको धारणा राख्छन् । एक अन्तर्वार्ताका क्रममा उनले भने, ‘खै १ मलाई कोही केटीले पनि पत्याइरहेको छैन, म पनि चाहन्छु कि अब मेरो बिहे होस् ।’

गीतकै क्षेत्रमा निरन्तर लागिपरेका गायक राईले चलचित्रका गीतमा पनि स्वर दिएका छन् । केही समयअघि राई र नायिका रेखा थापा प्रेम सम्बन्धमा रहेको चर्चा चलेको थियो । केही मिडियामा त यी दुईले बिहे गर्ने पक्का भइसकेको खबर पनि बाहिर आएको थियो ।

राईले अन्तर्वार्तामा रेखा थापासँग बिहे गर्न आफूलाई कुनै आपत्ति नभएको पनि बताएका थिए । पछि यो कुरा यत्तिकै सेलाएर गयो ।गायक राई अब भने कुनै युवतीसँग बिहे छिट्टै हुनेमा विश्वस्त छन् । उनी आश्वस्त हुँदै भन्छन्, ‘फ्यानको आशीर्वाद छ मलाई । बिहे पनि छिट्टै हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
हदै सम्म प्रेम गर्छन् यी पाँच राशि भएका मानिसहरू ! जान्नुहोस्

    यो संसारका हरेक व्यक्ति एकजस्ता हुँदैनन् । कसैमा केही कुरा विशेष

एउटै गोत्रका महिला र पुरुषले विवाह गर्नु किन हुँदैन ? यस्तो छ कारण

  हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र

हेर्नुहोस् तीन चर्चित हास्यकलाकारका श्रीमती, को कति राम्रा ?

  अहिले नेपालका चर्चित हास्यकलाकारहरू दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे माग्नेबुढा श्रीमतीसहित

७२ वर्षे पठाओ ‘राइडर’

  हेलो ! बुवा नमस्ते । मंगलमान महर्जनको नम्बर डायल गर्दा दिनको त्यस्तै