विश्वका फुटबलर : यो सिजनमा को कहाँ कतिमा गए ?



 

इडन हेजार्ड चेल्सीबाट रियल म्याड्रिड रकम : १० करोड पाउन्ड
यस सिजनको सुरुवाती हाई प्रोफाइल अनुबन्धमा चेल्सीका हेजार्ड रहे । स्पेनिस महारथी क्लब रियल म्याड्रिड क्रिस्टियानो रोनाल्डो गएपछि एक विश्वस्तरीय स्ट्राइकरको खोजीमा थियो । रियलले हजार्डअघि केलियन एम्बाप्पे, पाउलो पोग्बा तथा नेमार जुनियरमा नजर राखेको थियो । तर, अचानक रियलले चेल्सीलाई लोभलाग्दो प्रस्ताव राखेपछि बेल्जियमका हजार्ड सहजै सान्टिएगो बेर्नाबेउमा अनुबन्धित भए । १५ करोड पाउन्ड मार्केट भ्यालु भएका हजार्डले रियलका लागि प्रिसिजनमा एक मात्र गोल गरेका छन् ।

 

जाओ फेलिक्स बेनिफिकाबाट एट्लेटिको म्याड्रिड रकम : १२ करोड ६० लाख पाउन्ड
प्रशिक्षक डिएगो सिमोनीले लगभग डेट एक्सपायर भएका खेलाडीलाई धमाधम बेच्दै क्लबको बजेट बढाए । खेलाडी बिक्रीबाट एट्लेटिको म्याड्रिडले लगभग २८ करोड पाउन्ड जम्मा पार्‍यो । त्यही रकमबाट प्रशिक्षक सिमोनी बेनिफिकाका राइट विंगर जोआलाई भित्र्याउन सफल भए । उनको बजार मूल्य सात करोड पाउन्ड मात्र हो । सन् २०१९/२० को प्रिसिजनमा जाओ नै सर्वाधिक मूल्यमा अनुबन्धित हुने खेलाडीमा परेका छन् ।

 

एन्टोनियो ग्रिजम्यान एट्लेटिकोबाट बार्सिलोना रकम : १२ करोड पाउन्ड
लामो समयदेखि फ्रेन्च स्ट्राइकर ग्रिजम्यानले एट्लेटिको छाड्न चाहेका थिए । तर, प्रशिक्षक सिमोनीले आफ्ना मुख्य हतियार बेच्न चाहेका थिएनन् । तर, यसपटक किन हो, खेलाडी ट्रान्सफर विन्डोमा ग्रिजम्यान पनि समावेश गरिए । उता नेमारको कमी परिपूर्ति गर्न बार्सिलोना ग्रिजम्यानलाई १२ करोड पाउन्डमा भित्र्याउन सफल भयो । यससँगै बार्सिलोनाको सेन्टर फर्वार्ड बलियो मानिएको छ । ग्रिजम्यानको मार्केट भ्यालु १३ करोड पाउन्ड हो ।

 

ह्यारी मुगुएरे  लेस्टरबाट म्या. युनाइटेड रकम : ८ करोड ७० लाख पाउन्ड
प्रशिक्षक ओले सोल्सायरले यो सिजनमा राम्रा खेलाडी भित्र्याउनेक्रममा लेस्टरका सेन्टर ब्याक ह्यारीका लागि आठ करोड ७० लाख पाउन्ड खर्चिए । यो एक डिफेन्डरका लागि अहिलेसम्मको सर्वाधिक मूल्यको सम्झौता हो । ह्यारीको मार्केट भ्यालु सात करोड पाउन्ड मात्र हो ।

 

म्याथिज डे लिगट एज्याक्सबाट युभेन्टस रकम : आठ करोड ५५ लाख पाउन्ड
नेदरल्यान्डका सेन्टर ब्याक डी लिगटको पहिलो रोजाइ म्यानचेस्टर युनाइटेड थिएन । उनी सुरुमा रियल म्याड्रिड वा युभेन्टस जान चाहन्थे । तर, रियल र युभेन्टसले अन्तिम समयमा उनीमाथि चासो नदेखाउँदा त्यसको फाइदा युनाइटेडले लियो । युनाइटेडले एकैपटक युवा खेलाडीलाई आठ करोड ५५ लाख पाउन्ड खर्चिंदै क्लबमा ल्यायो । उनको मार्केट भ्यालु सात करोड ५० लाख पाउन्ड हो ।

 

निकोलास पेपे लास्क लिलेबाट आर्सनल रकम : आठ करोड पाउन्ड
आर्सन वेंगरको समयमा आर्सनलले खासै खेलाडी सम्झौतामा रकम खर्चिएन । तर, उनले क्लब छाडेपछि अब आर्सनलले पनि खेलाडीमाथि रकम खर्चेको अवस्था छ । यस सिजनमा आर्सनलले फ्रेन्च क्लब लिलेबाट राइट विंगर पेपेलाई आठ करोड पाउन्ड खर्चंदै क्लबमा एक स्टार खेलाडीका रूपमा भित्र्याएको छ । उनको मार्केट भ्यालु ६ करोड ५० लाख पाउन्ड हो ।

 

लुकास हर्नान्डेज ए. म्याड्रिडबाट बा. म्युनिख (रकम : आठ करोड पाउन्ड)
बुन्डेस लिग च्याम्पियन्स बायर्नको मुख्य लक्ष्य नै यसपटक च्याम्पियन्स लिगमा राम्रो नतिजा निकाल्ने हो । गत सिजनमा खराब नतिजा बेहोरेको बायर्नले दुई स्टार खेलाडी गुमायो । आर्जेन रोबिन तथा प्mयाक रिबेरीजस्ता विश्वासिला खेलाडीले सन्न्यास लिएपछि बायर्नलाई राम्रा खेलाडीको खाँचो थियो । विशेषतः सेन्टर ब्याकको कमी पूरा गर्न एट्लेटिको म्याड्रिडका लुकासलाई आठ करोड पाउन्ड खर्चंदै अनुबन्ध गर्न बायर्न सफल भयो ।

 

फ्रेन्किए डे जोङ एज्याक्सबाट बार्सिलोना (रकम : सात करोड ५० लाख पाउन्ड)
बार्सिलोना निरन्तर रूपमा युरोपियन च्याम्पियन्स लिगमा खराब प्रदर्शनको सिकार भइरहेको छ । च्याम्पियन्स लिग नजित्दा समर्थक र व्यवस्थापन पक्षबाट प्रशिक्षक र खेलाडीमाथि उत्तिकै दबाब छ । यसपटक च्याम्पियन्स लिग जित्ने योजनाका साथ अगाडि बढेको बार्सिलोनाले एज्याक्सका सेन्टर मिडफिल्डर डे जोङलाई भित्र्याएको छ ।

 

रामेलु लुकाकु म्या. युनाइटेडबाट युभेन्टस (रकम : सात करोड ३३ लाख पाउन्ड)
यस सिजनको हाई प्रोफाइल ट्रान्सफरमा म्यानचेस्टर युनाइटेडका रामेलु लुकाकु पनि सामेल छन् । स्पेनिस तथा सिरिए क्लबको नजरमा रहेका लुकाकु र प्रशिक्षक सोल्सायरको सम्बन्ध राम्रो नहुँदा उनी क्लब छाड्ने निर्णयमा पुगे । युभेन्टसले प्रतिसाता चार लाख पाउन्डसँगै वार्षिक एक करोड २० लाख पाउन्ड बोनस दिने सर्तमा लुकाकुलाई सेन्टर फर्वार्डको जिम्मेवारी दिँदै क्लबमा भित्र्याएको छ । लुकाकुको मार्केट भ्यालु सात करोड ३३ लाख पाउन्ड छ ।

 

रोड्री ए. म्याड्रिडबाट म्या. सिटी (रकम : सात करोड पाउन्ड)
इंग्लिस लिग विजेता म्यानचेस्टर सिटीले केही खेलाडी बिक्री गर्‍यो भने केही युवा खेलाडीलाई भित्र्यायो । एट्लेटिको म्याड्रिडका डिफेन्सिभ मिडफिल्डर रोड्रीलाई सिटी सात करोड पाउन्डमा अनुबन्ध गर्न सफल भएको छ । यस सिजनमा रोड्री नै सिटीका महँगा खेलाडीमा परेका छन् । उनको मार्केट भ्यालु आठ करोड पाउन्ड छ ।

डेभिड लुइस
चेल्सीबाट आर्सनल (रकम : सात करोड पाउन्ड)

केही समयदेखि ब्राजिलियन डेभिड लुइस चेल्सीका भरपर्दा खेलाडी थिए । लुइसले आफ्ना एजेन्टमार्फत आर्सनलमा कुरा चलाए । आर्सनलले लुइसलाई भित्र्याउन चेल्सीसमक्ष सात करोड पाउन्ड प्रस्ताव राख्यो । सो प्रस्ताव चेल्सीले स्वीकार गर्दा आर्सनलले नयाँ सिजनमा अर्को एक स्टार खेलाडी भित्र्यायो ।

 

लुका जोभिक फ्याकफर्टबाट रि. म्याड्रिड (रकम : सात करोड पाउन्ड)
जर्मन क्लबहरू खेलाडी भित्र्याउनमा त्यति धेरै रकम खर्च गर्न तयार हुँदैनन् । अति आवश्यक अवस्थामा मात्र जर्मन क्लब खेलाडी भित्र्याउन रकम खर्चन तयार हुन्छन् । यसपटक फ्याकफर्टले बेनिफिकाका सेन्टर फवार्ड लुका लोभिकसित सम्झौता गर्‍यो । लुकालाई भित्र्याउन जर्मन क्लबले सात करोड पाउन्ड खर्चियो । तर, त्यसको केही समयपछि नै रियल म्याड्रिडले ६ करोड पाउन्डमा फ्याकफर्टबाट लुकालाई अनुबन्ध गर्‍यो ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
प्रचण्डले फोन गरेर भने, महरा जि बधाइ छ

  जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाइ नेकपा अध्यक्ष पुष्प

महरा सरले न्याय पाउनुभयो म खुसी छु : रोशनी शाही

  पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिने काठमाडौँ जिल्ला अदालतको निर्णयप्रति संसद सचिवालय कर्मचारी

महराको सदाबहार रातो कार, के छ रहस्य

  जबरजस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर

कसरी बिताए महराले १०३ दिन डिल्लीबजार कारागारमा

    जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा १८ कात्तिकमै जिल्ला अदालतबाट सफाइ पाउनेमा