कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक



भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा शुक्रबार सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । १७ जना परीक्षार्थीको नतिजा रद्ध भएको उनले जानकारी दिएका छन् ।

त्यसैगरी आंशिकतर्फ नौ हजार ४८९ जना परीक्षार्थी सहभागी भएकामा चार हजार १३७ जना परीक्षार्थी अर्थात् ४३ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उनले बताए । परीक्षामा तीनजना परीक्षार्थीको परीक्षा रद्ध भएको छ । अन्य विषयको नतिजा भने भदौ १५ गतेसम्ममा सार्वजनिक गर्ने प्रयास गरिएको बोर्डले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड

    नेपाल विद्यार्थी संघका कार्यकर्ताले मंगलबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्टारको कार्यालयमा

भदौ १ देखी बिद्यालय खुल्छन्- शिक्षा मन्त्रालय

  कोरोना जोखीम बढे पनि शिक्षा मन्त्रालयले आफ्नो कार्यक्रमलाइ निरन्तरता दिने भएको छ

प्रदेश २ का आन्तरिक मामिला मन्त्रीलाई कोरोना

  प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना

नेपाल मै पहिलो भर्चुवल शैक्षिक मेला, १५० कलेजको सहभागिता हुने

  श्रावण २१ देखि भाद्र ३ गतेसम्म कलेज रिडर्सको आयोजनामा भर्चुवल शैक्षिक मेला