कस्तो भाग्य ? बाबुको मृत्युपछि आमाले छोडेर अर्कोसँग विवाह गएपछि सहयोगको भिख माग्दै बालबालिका



 

बाबुको मृत्यु र आमाले दोस्रो विवाह गरेपछि जाजरकोटको बारेकोटमा तीन बालबालिका बिचल्लीमा परेका छन् ।

जाजरकोटको बारेकोट गाउँपालिका–५ कालाखोलीका १४ वर्षीय हीरा नेपाली, १२ वर्षीया मीना नेपाली र १० वर्षीय प्रविन नेपाली बिचल्लीमा परेका हुन् ।

उनीहरुलाई शिक्षादीक्षामा मात्र होइन, गाँसबासकै पनि समस्या भएको छ । पाँच वर्षअघि बाबु कलिमान नेपालीको मृत्यु भएको र आमा सरस्वतीले विवाह गरेर अन्यत्रै गएपछि उनीहरु सहाराविहीन बनेका छन ।

उनीहरु गाउँ नजिकैको सरस्वती माध्यमिक विद्यालय सिलङ्गीचौरमा ८,७ र ६ कक्षामा पढ्छन् ।

हीराले भन्छन्, ‘पढ्न मन भएर के गर्ने रुकापी कलम किन्ने पैसा छैन, खाने अन्न, लगाउने कपडासमेत छैन, साना भाइबहिनी कसरी हुर्काउने समस्या छ ।’

घरको अन्नबालीले तीन महिना पनि खान पुग्दैन, गाउँघरमा ज्याला मजदुरी गरेर थोरै पैसा कमाउने र त्यसैबाट भाइबहिनीको कापी कलम तथा घरव्यवहार धान्ने गरेको हीरा बताउँछन् ।

उनीहरुको सहयोगका लागि विभिन्न सङ्घसंस्था तथा व्यक्तिसँग अनुरोध गरे पनि कतैबाट सहयोग नमिलेको काका रतन नेपालीले बताए ।

उनले भने, ‘दाजुको मृत्यु भयो, भाउजू पोइल गइन् के गर्ने साना छन् मैलै नै सहयोग गर्दै आएको छु ।’

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय युवा संघ नेपालको काठमाण्डौ जिल्ला संयोजकमा मान बहादूर तामाङ (शिशिर)

  राष्ट्रिय युवा संघ नेपालकाे केन्द्रीय सदस्यमा मान बहादूर तामाङ (शिशिर) नियुत्ति हुनुभएको 

वेपत्तामा लोकेन्द्र मल्लिक र सत्य निरुपणमा गणेशदत्त भट्ट सिफारिस

  सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारीहरु सिफारिस

पसिना गन्हाउँछ ? भुलेर पनि नखानुहोस् यी खानेकुरा

  पसिना सबैलाई आउँछ । कसैलाई कम, कसैलाई ज्यादा । कसैकसैलाई चाहिँ साह्रै

एडिबीको सहुलियत ऋण सहयोगमा तीन अर्बका योजना

  एशियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा भीमदत्त नगरपालिकामा तीन अर्बका