भुलेर पनि नगर्नुस् बिहान उठ्ने बित्तिकै यी कुरा

प्रकाशित मिति: २५ असार २०७६, बुधबार

 

 

विहान उठ्दा जहिले पनि खराब मुडमा हुनुहुन्छ ?
विहानको खाजा नै नखाने समेत गर्नु भएको छ कि ? यदि यस्तो हुने गरेका छौं भने सामान्य कुरामा ध्यान दिने हो भने यो समस्या समाधान गर्न सकिन्छ । यहाँ विहानमा गर्न नहुने ५ गल्तीको चर्चा गरिएको छ ।

१. उठ्ने वित्तिकै गह्रौं काम नगर्नुस
उठ्ने वित्तकै तपाइँको शरीर निक्कै कमजोर हुन्छ । राति सुत्दा सबै शक्ति निस्क्रिय हुने भएका कारण शरीर कमजोर हुन्छ । उठ्नै वित्तिकै गह्रौं काम वा जिम गर्न थाल्नु हुँदैन । विहान तपाइँ के गर्नु हुन्छ भन्ने कुराले तपाइँ दिनभरी कस्तो रहनुहुन्छ भन्ने कुरा निर्धारण हुन्छ । विहानमा गरिएका गल्तीले दिनभरी नै मुड अफ गरिदिने र समस्या हुने समेत हुन्छ । उठेपछि केही छिन खुला हावामा जानुस् । हल्का मन तातो पानी पिउनुस् र केही बेरमा शरीर स्फुर्त भएपछि मात्र गह्रौं काम गर्नुस् ।

२. जिउ नतान्काउनुस
उठ्ने वित्तिकै जिउ तान्ने बानी हुन्छ धेरै मानिसको । तर त्यसो गर्नु राम्रो होइन । विहान उठ्ने वित्तिकै जिउ तन्काउँदा दिनभरीलाई शरीरमा असर गर्छ । विहानमा विस्तारै उठ्नु र शरीरलाई धेरै बोझ नपार्नु राम्रो हुन्छ । केही बेरमा मात्र लामो स्वास तानेर जिउ तन्काउनु पर्छ ।

३. चिया नखानुस
विहानको शुरुवात चिया खाएर गर्नु राम्रो होइन । खासमा चियामा रसायनको मात्रा बढी हुने हुँदा विहानै यस्तो रसायनयुक्त पदार्थ सेवन गर्नु राम्रो नभएको योगा विज्ञहरु बताउँछन् । बरु विहान उठ्ने वित्तिकै कागती हालेको पानी वा जुस पिउनु राम्रो मानिन्छ । चिया पिउने नै बानी छ भने ग्रिन टी पिउनु राम्रो ।

४. उठ्ने वित्तिकै फोन नहेर्नुस
अधिकाँश मानिस उठ्ने वित्तिकै फोन र इमेल चेक गर्ने बानी हुन्छ । तर यो राम्रो होइन । विहान उठ्नै वित्तिकै समस्याबारे चिन्तित हुँदा दिनभरीको मुड नै विग्रिने डर हुन्छ । इमेल कार्यालय पुगेपछि मात्र चेक गर्नुस् । बरु विहान उठ्ने वित्तीकै फोन वा इमेल चेक गर्नुको साटो केही पढ्नु वा ध्यान गर्नु उपयुक्त हुन्छ ।

५. ब्रेकफाष्ट सँधै खानुस
कतिपय मानिसहरु विहानै देखि मुडअफ हुने र विहानको खाजा नखाने गल्ती गर्छन् । तर त्यस्तो बानी राम्रो होइन । विहानको खाजा नखाँदा मोटो पन बढ्ने, मधुमेह र कमजोरी बढ्ने हुन्छ । विहानको खाँजा राम्रो खाएमा दिनभरीका लागि शरीर नै स्फुर्त हुने विज्ञहरु बताउँछन् ।


तपाईंको प्रतिकृयाहरू




 


ताजा अपडेट
सुष्माको यो अवतारले सिने जगत ततायो

ब्रत बसेको दिन शारिरीक सम्पर्क गर्न हुन्छ कि हुँदैन

महिलाले पुरुषको वीर्य स्खलन भएको यसरी थाहा पाउछन्

श्रीकृष्णको तस्विर कोठामा सजाउन दिनेसँग विवाह गर्छुः नायिका श्वेता खड्का

नेपालकी युवती पोर्न ब्लु फिल्म खेल्न कसरी पुगिन् अमेरिका

छबि शिल्पा दुबैलाई जेल हाल्न पुगे वकिल प्रहरी कार्यालय गौशालामा,झन् भयनक बन्दै मुद्धा हेर्नुहोस् के हुदै छ । भिडीयो सहित

साम्राज्ञीपछि मिस नेपाल श्रृङ्खला खतिवडाका टर्कीबाट आए यस्ता तस्वीर, बने दुनियाँ चकित

एउटा दुर्लभ संयोग परिवार नै एकैपटक यसरी भए चर्चित ।

जापान रोजगारका लागि भाषा परीक्षाको मिति सार्वजनिक

ऋषि धमलाले गरे छविको भण्डाफोर, शिल्पाले न्याय पाउनैपर्छ भन्दै जंगिए