कोमल वली डिग्रीमा तीन विषय फेल



 

 

कोशिशसम्म गर्ने हो तर सधैं, सबैतिर सफलता मात्रै हात नलाग्ने रहेछ । कस्तो नमज्जाको खबर भने, अभिनेत्री करिश्मा र पूर्वकमलरी शान्ता चौधरीहरुले यो उमेरमा एसइई पास गरेर तारिफ बटुलिरहँदा धेरै सम्भावना बोकेकी, क्षमतावान भनेर चिनिएकी माननीय तथा गायिका कोमल वली भने पाँचमा तीन विषय लागेर फेल भएकी छन् ।

 

नेकपाको प्रदेश कमिटी सदस्य र संघीय संसदको सदस्य भएको यो मौकामा उस्तै परे सञ्चारमन्त्री नै भइहाल्छु भनी हिँडेकी उनको परिक्षाफलले भएभरका शुभचिन्तकलाई चिन्तित बनाएको छ । पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गर्नका लागि कपन, पैयुँटारस्थित कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन (सिजेएमसी) भर्ना भएकी राष्ट्रियसभाकी सांसद एवं गायिका कोलम वली यसरी पाँचमा तीन विषय लागेर अनुत्तीर्ण भएकी हुन् ।

 

त्यसमध्ये बिसञ्चो हुँदा एउटा सेमेस्टरको पूरै परीक्षा दिन सकिनन् । अथक यात्री मञ्जु मिश्रले चलाएको उक्त कलेज पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त छ । कोमलले पहिला स्नातकसम्म अध्ययन गरेको त्रिभुवन विश्वविद्यालयबाट लैजानुपर्ने माइग्रेसन सर्टिफिकेट पनि बुझाएकी थिइनन् । त्यसकारण उनको रिजल्ट ‘विथहेल्ड’ (देखाउन असमर्थ) मा पर्दै आएको थियो । कोमलले दिएको परीक्षामध्ये पहिलो सेमेस्टरअन्तर्गत पाँचमा दुई विषय अनुत्तीर्ण गरिन् भने ६–६ महिनामा जाँच दिनुपर्ने दोस्रो सेमेस्टरमा मिडिया हिस्ट्रीसहित तीन विषय लगाइन् ।

 

फेल हुने क्रम सेमेस्टरपिच्छे एक–एक विषयका दरले थपिन थालेपछि असार १२ गतेदेखि शुरु भएको तेस्रो सेमेस्टरको परीक्षा भने अस्वस्थ्यताको कारण देखाएर दिइनन् । ६० पूर्णांकमा उत्तीर्ण हुन २४ ल्याउनुपर्नेमा ८ देखि १० नम्बर मात्र जुटेको बताइन्छ । उनी अनुत्तीर्ण भएका विषयलाई जिपिएमा रुपान्तरण गर्दा ‘डी’ ग्रेडमा पर्छ । जबकि, ललितपुरको कुमारीपाटीस्थित आयाम इन्टरनेशल कलेजको परीक्षा केन्द्रमा कोमलका लागि बस्ने सीटको अलग्गै व्यवस्था थियो ।

 

गार्डहरुलाई कलेज म्यानेज्मेन्टले ‘उहाँ मान्यज्यू हुनुहुन्छ, हेरविचार गर्नुस्’ भन्थ्यो । पानी चाहिए पानी, चिया चाहिए चिया– परीक्षा केन्द्रभित्र केही कुराको अभाव हुन दिइएको थिएन । तर, मान–खातिरले मात्र नहुँदो रहेछ, शायद ‘जनताको मान्छे’ बनेर हिँड्दा उनले पढ्ने फुर्सद पाइनन् होला । फलतः सबैलाई दुःखी बनाउँदै फेल भइन् † अहिले रत्नराज्यलगायत पत्रकारिता विषय पढाइने थुप्रै कलेज खुलेका छन्, जसमध्ये पोलिगन र सेफर्ड पनि पर्छन् । उनको कलेजबाट भने यसपालि ७ जना परीक्षार्थी थिए ।

 

पत्रकारमाथि देश बिगारेको आरोप

 

बजेट सिध्याउने बहाना न हो, असारे विकास ! त्यसको बान्की देखिँदैछ नगरकोट, पात्लेवन, धुलिखेल र गोदावरीमा ।
होटल भरिभराऊ छन् । आवासीय गोष्ठी, तालिम, पुनर्ताजगी (रिफ्रेसमेन्ट) का नाममा अनेकन कार्यक्रम जारी छन् । सर्वोच्च, अर्थ, कानुनका वरिष्ठदेखि कनिष्टसम्म भेला भएका छन् । खाएका छन्, नाचेका छन्, गाएका छन् र बजेट तह लगाएका छन् ।

 

अर्कातिर अर्थमन्त्री डा.युवराज खतिवडा पूर्वाधार विकाससम्बन्धी चिनियाँ बैंकको बैठकमा भाग लिन लक्जेम्बर्गतिर ठूलाकरदाता सेवा कार्यालयका प्रमुख धनीराम शर्मालाई लिएर जाँदैछन् । अर्थसचिव राजन खनाल पनि आजै वासिङ्गटन डिसीतर्फ प्रस्थान गर्दैछन् । बजेट महाशाखाका उपसचिव र अधिकृतहरुको टोलीमध्ये हाकिम हरिशरण पुडासैनीलाई काममा दलाएर कोही भारत, अमेरिका र सिंगापुरको शयरमा निस्किने भएका छन् ।

 

उता, २२ गते, आइतबार बेलुकी चेम्बर अफ कमर्शको मदिरासहितको भेलामा अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल उँभो नलाग्नुको कारण मिडिया र रातो घर हो भनेका छन् । बैठकमा राजश्व परिवर्तनको असरसम्बन्धी छलफल हुँदा ढुवानी, कानुनी परामर्श, लेखा परीक्षणमा भ्याट, किताबमा भन्सार महसूल लगाउनेजस्ता नीतिले समस्या सिर्जना भएको अधिकांशले बताए । अन्न कुहाएर रक्सीको स्पिरिट बनाउने मापदण्ड पनि फेरिएको छ । पहिला एक क्विन्टल अन्नबाट ३० लिटर कच्चापदार्थ निस्किन्थ्यो ।

 

अहिले ४२ लिटर निकाल्नै पर्ने प्रावधान आएको छ । ‘प्यान फर अल’ देखि ट्याक्समा दर्तावाला कम्पनीले फेरि बायोमेट्रिकमा नवीकरण हुनुपर्ने जस्ता झण्झटिला विषयबारे पनि त्यहाँ छलफल भयो । ठेकेदारलाई भ्याट लगाएको लगायत १२ विषयमा सरकारको प्रशंसा भयो भने आठ विषयप्रति व्यापारीहरुको असन्तुष्टि थियो । उक्त छलफलमा सिलाई, पस्मिनाका व्यवसायी पनि थिए ।

 

त्यही दिन अर्थ मन्त्रालयको सिनियर म्यानेज्मेण्ट टिम (सिएमटी) को बैठकमा जुस, इनर्जी ड्रिङ्क, कोल्डस्टोरलगायतमा दिइएको अनुदानको प्रभावकारिताबारे छलफल भयो । उखुमा प्रतिक्विन्टल ६४ रुपैयाँ, शीत भण्डारलाई लागतको ५० प्रतिशत, दूधमा प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिने नीति छ । सिएमटी बैठकमा कुरा निस्कियो, त्यसको सदुपयोग भयो कि भएन ? यस्ता अनुदानबाट वास्तविक व्यवसायी, उत्पादक किसानले लाभ नपाउने, बिचौलियाहरु मोटाउने प्रचलनलाई कसरी नियमन गर्ने ? जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
श्रीमान् भन्दा श्रीमतीको उमेर कति वर्षले अन्तर हुनुपर्छ जान्नुहोस्

    श्रीमान् भन्दा श्रीमतीको उमेर कम हुनुपर्छ भन्ने धारणा राख्ने गरेको पाइन्छ

कालापानीबाट विदेशी फौज हटाउछौं : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न

श्रमिकको सुखद भविष्यका लागि सामाजिक सुरक्षा : मन्त्री विष्ट

  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकलाई सम्पूर्ण सुरक्षा प्रदान गर्न

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन हुन्छ : मन्त्री भट्टराई

  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने प्रकृया