यौनशिक्षा स्कुल कलेजमा पढेर भन्दा युट्युवतिर हेरेर धेरै सिक्न सकिने

प्रकाशित मिति: २२ असार २०७६, आईतवार

 

विद्यालयमा पढाइ हुने यौन शिक्षा अपुरो, अपर्याप्त र पाठ्यविधि पनि कमजोर रहेको शिक्षक–विद्यार्थी तथा यस विधामा चासो राख्ने विज्ञहरुले बताएका छन् । ‘स्वास्थ्य तथा शारीरिक शिक्षाभित्र एक–दुई पाठ यौनसँग सम्बन्धित विषय समावेश गर्दैमा विद्यार्थीका सबै जिज्ञासा पूरा हुँदैनन्, पाठ्यक्रम पूर्ण छैन,’ आदिनाथ माध्यमिक विद्यालय, चोभारका प्रधानाध्यापक जुजुभाइ महर्जनले बताउनुभयो । उहाँकै विद्यालयमा यौन शिक्षा पढाइरहेकी शिक्षिका रमिला तामाङ सहमति जनाउनुहुन्छ ‘कक्षाकोठाभित्र प्रवचन विधिद्वारा पढाइएको यौनशिक्षाको विषयवस्तु अपुग छ, किशोर–किशोरी र युवाहरुलाई यस सम्बन्धमा आवश्यक जानकारी गराउन हामीले थप प्रयास गर्नु आवश्यक छ ।

 

शिक्षिका तामाङले बाहिरका केही गैरसरकारी संस्थाहरुसँग मिलेर यौन तथा प्रजनन स्वास्थ्यको बारेमा विद्यार्थीलाई थप प्रशिक्षण दिने गरेको पनि जानकारी गराउनुभयो । किशोर–किशोरीले यौनशिक्षाका बारेमा जानकारी पाएभने उनीहरुले आफ्ना अभिभावकलाई समेत यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारका विषयमा प्रशिक्षित गर्नेछन् ।

 

‘प्रजनन अंगका बारेमा व्याख्या गरेर त्यसको संवेदनशीलता र प्रजननसम्बन्धी कामका बारेमा जानकारी गराउनु, विद्यार्थीका जिज्ञासाको जानकारी दिनु र यससम्बन्धमा विकृति हुन नदिनु त कहाँ हो कहाँ, शिक्षिक–शिक्षिकाहरु ल ल आफै पढ भन्दै पढाउँदै नपढाई पाना पल्टाउँछन्’ काठमाडौंको झोछेंका अभिभावक सजना शाक्य भन्नुहुन्छ, ‘म विद्यार्थी हुँदा पनि त्यस्तै थियो, आज पाँच वर्षपछि मेरी बहिनीले पनि त्यही अनुभव सँगालिरहेकी छ ।’

 

उहाँ लजाउने शिक्षकलाई गैरजिम्मेबार मान्नुहुन्छ, यस्ता शिक्षक शिक्षिकालाई बाहिर पठाएर भिडियो, डकुमेन्ट्री र युट्युबबाट अन्तरक्रियात्मक रुपमा यौनशिक्षा हासिल गराइनुपर्छ भन्नुहुन्छ । पछिल्लो समय इन्टरनेटको पहुँच बढ्दै गएपछि यौन तथा प्रजनन स्वास्थ्यका विषयमा विद्यार्थीमा आवश्यक ज्ञान कथाकोठाभन्दा बाहिरबाट थाहा पाउने अवस्था सिर्जना भएको पनि छ । तर, धेरैजसो स्कुलमा अंग्रेजी, गणित, विज्ञान, नेपाली विषयको छुट्टै विषयगत शिक्षक हुने भएपनि स्वास्थ्य शिक्षा पठाउने छुट्टै शिक्षकको दरबन्दी नहुने, अन्य विषयका शिक्षकले औपचारिकता पूरा गर्नेगरी पढाउने उहाँको भनाइ छ ।

 

‘यस विषयमा राम्रो दक्खल नभएका र तालिम नलिएका शिक्षकले पढाउँदा समस्या आउने गरेको छ,’ उहाँ भन्नुहुन्छ । तर पछिल्ला वर्ष यसमा सुधार आएको र सामुदायिक विद्यालयमा स्वास्थ्य विषय पढाउने अधिकांश शिक्षकले तालिम पाएका छन् । पहिले स्कुलमा पाठ्यपुस्तक बाहेक यसका विषयमा पढ्न र जान्न खोज्नेका लागि कुनै पाठ्यसामग्री थिएन । तर अहिले स्वास्थ्यसम्बन्धी काम गर्ने धेरै गैरसरकारी संस्थाहरुको सहयोगमा यस्ता विषयमा विद्यर्थीसँग धेरै भन्दा धेरै अन्तरक्रिया हुने गरेको शिक्षिका रमिला तामाङ बताउनुहुन्छ ।

 

लिङ्ग, लैङ्गिक पहिचान र यौनाङ्गको भूमिका, यौन आकर्षण, यौनानन्द, प्रजननजस्ता विषयहरूको समष्टिगत परिचय यौनशिक्षामा समावेश गरिनुपर्छ । विज्ञहरुका अनुसार, यौन शिक्षाले पुरुष र महिलाको विशेषताका बारेमा अध्ययन गर्दै व्यक्तिको यौनिकताकोे बारेमा पनि वर्णन गर्नुपर्छ । ‘यौनशिक्षाको सामाजिक पक्षको चर्चै गरिन्न ।

 

यौन–यौनिकताका विषयमा पर्याप्त ज्ञान नभएकै कारण समाजमा दाम्पत्य जीवनहरु तोडिएका, घर बिग्रेका, बालबालिकाले एकसाथ आमा र बाबुको माया नपाएका समस्या समाजमा यत्रतत्र देखिन्छन्’ सजना भन्नुहुन्छ, यस विषयलाई गम्भीर रुपमा नलिनु पाठ्क्रम निर्माताको मात्र होइन सरकारकै नासमझ हो ।

 

यौन शिक्षामा विभिन्न शारीरिक, मनोवैज्ञानिक र सामाजिक पक्षहरु जोडिएका हुन्छन्, ल ल पढ भनेर विद्यार्थीलाई जिम्मा दिनु दुर्भाग्यपूर्ण हुने विज्ञहरुको धारणा छ । विगतमा किशोर–किशोरी र कम उमेरका बालबालिकालाई यौनसम्बन्धी जानकारी दिइँदैन्थ्यो र यस विषयलमा खुलेर कुरा गर्न नहुने मान्यता राखिन्थ्यो । एउटा किशोर वा किशोरी विवाहका लागि तयार हुँदासम्म पनि यौनको विषयमा छलफल गरिंदैन्थ्यो । धेरैजसो यौनका विषयका बारेमा साथी, सञ्चारमाध्यम तथा अन्य अनौपचारिक माध्यमबाट अनुमान गर्दै जानकारी लिनुपर्दा ती जानकारी अपर्याप्त हुने र त्यसले विकृति पनि भित्र्याउने विज्ञहरु बताउँछन् ।

 

अहिले विद्यालयकै पाठ्यक्रममा स्वाथ्य र विज्ञानजस्ता विषयमा प्रजनन् स्वास्थ्य, यौन रोग, शरीरका अंगआदिका विषयमा पढाइन्छ । तर, यौन शिक्षाको विषयमा भने थोरै विषयवस्तु राखिएको छ । स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव डा। किरण रेग्मीको विचारमा कलिलै उमेरमा विवाह गर्ने, बच्चा जन्माउने, धेरै बच्चा जन्माउने, बीचमै पढाइ छोड्ने, घरेलु हिंसा हुने तथा मातृ मृत्यु र बाल मृत्युदर बढ्ने कारण पनि यौन तथा प्रजनन स्वास्थ्यको सही जानकारी नभएकैले हो भन्नुहुन्छ । ‘बेलैमा यससम्बन्धी जानकारी दिनाले धेरैजसो समस्या समाधान भएर जाने स्वास्थ्यविज्ञ डा। रेग्मी बताउनुहुन्छ ।

 

स्कुलस्कुलमा इन्टरनेटको सुविधा छ, जसका कारण यो विषय सहज बन्दै गइरहेको छ । तर, इन्टरनेटमा विदेशी च्यानलहरु हेरेर, यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा विदेशी सिको गर्दा नेपाली समाजमा अपाच्य पनि हुनसक्छ । डा। रेग्मी भन्नुहुन्छ, यस्तो अवस्थामा विद्यालयको प्राथमिक तहदेखि नेपाली समाजमा मेल खानेगरी यौन तथा प्रजनन् स्थास्थ्य विषय पढाइ हुनुपर्छ ।

 

यौन तथा प्रजनन स्वास्थ्यका विषयवस्तु प्राथमिक तहदेखि नै संशोधन र परिमार्जन गरिनुपर्ने शिक्षा विभागका पूर्वमहानिर्देशक डा। लवदेव अवस्थीको पनि धारणा छ । समय र आवश्यकताअनुसार यी विषयवस्तु परिमार्जन र थपघट गर्न सकिने भएकाले सम्बन्धित निकायले यसमा पहल गर्नुपर्ने सुझाव उहाँको छ । यौन तथा प्रजनन स्वास्थ्यका विषयमाथिको संकोच घट्दै गएपछि समाजमा यसको सकारात्मक परिणाम देखिन थालेको उहाँको ठम्याइ छ ।

 

स्वास्थ्य शिक्षामा समावेश यौन तथा प्रजननका पाठमा स्वास्थ्यको कोण मात्र । कक्षा ६ देखि ८ सम्म पढाइ हुने स्वास्थ्य जनसंख्या र वातावरण शिक्षा विषयमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषयवस्तु समावेश गरिएको छ भने कक्षा ९ मा स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षालाई अनिवार्य बनाइएको छ । यस्तै कक्षा ११ र १२ मा स्वास्थ्य तथा शारीरिक शिक्षा अलग्गै विषयको रूपमा पढ्न पाइन्छ । यी विषयमा महिला र पुरुषका प्रजनन अंगहरू, सुरक्षित यौनसम्पर्क, किशोर–किशोरीमा आउने शारीरिक परिवर्तन, प्रजनन प्रक्रिया, एचआईभी र अन्य स्वास्थ्यसम्बन्धी विषयवस्तु समावेश गरिएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।


तपाईंको प्रतिकृयाहरू




 


ताजा अपडेट
सुष्माको यो अवतारले सिने जगत ततायो

ब्रत बसेको दिन शारिरीक सम्पर्क गर्न हुन्छ कि हुँदैन

महिलाले पुरुषको वीर्य स्खलन भएको यसरी थाहा पाउछन्

श्रीकृष्णको तस्विर कोठामा सजाउन दिनेसँग विवाह गर्छुः नायिका श्वेता खड्का

नेपालकी युवती पोर्न ब्लु फिल्म खेल्न कसरी पुगिन् अमेरिका

छबि शिल्पा दुबैलाई जेल हाल्न पुगे वकिल प्रहरी कार्यालय गौशालामा,झन् भयनक बन्दै मुद्धा हेर्नुहोस् के हुदै छ । भिडीयो सहित

साम्राज्ञीपछि मिस नेपाल श्रृङ्खला खतिवडाका टर्कीबाट आए यस्ता तस्वीर, बने दुनियाँ चकित

एउटा दुर्लभ संयोग परिवार नै एकैपटक यसरी भए चर्चित ।

जापान रोजगारका लागि भाषा परीक्षाको मिति सार्वजनिक

ऋषि धमलाले गरे छविको भण्डाफोर, शिल्पाले न्याय पाउनैपर्छ भन्दै जंगिए