कञ्चनपुरका सुरेन्द्रकाे यसरी गर्‍याे लिंग परिवर्तन, हेर्नुहोस भिडियो सहित



 

भारतीय बजारमा जवरजस्ती रुपमा नेपालीलाई अपहरण गरी लिंग परिवर्तन गराउने गिरोह सकृय बन्दै गएको छ । विशेष गरी सुन्दर पुरुषहरुलाई अपहरण गरी लिंग परिवर्तन गरी महिला बनाउने गिरोहले कञ्चनपुरका एक पुरुषको अपहरण गरी लिंग परिवर्तन गराएको पाइएको छ ।

 

कञ्चनपुरको कष्णपुर नगरपालिका–१ का सुरेन्द्र सिंह मालको जवरजस्ती लिंग परिवर्तन गरेको पाइएको छ । राष्ट्रिय बाल विद्यालयमा कक्षा–१२ को परिक्षा दिएर २०७२ सालमा रोजगारीका लागि आफ्नै फुपाजू र दाईसँग भारतको जम्बु पुगेका सुरेन्द्रको गुरुजी नाम गरेका एक जना तेस्रो लिङ्गीले जवरजस्ती लिङ्ग परिवर्तन गरेको पाइएको छ ।

 

जम्बुमा सुरेन्द्र सुरुमा कपडा पसल र घरायसी कामदारको रुपमा काम गर्न गरिरहेका थिए । केही समयपछि गेष्ट हाउसमा काम गर्न थालेका उनको गुरु जी नाम गरेका ती तेस्रो लिङ्गीसँग भेट भएको थियो ।

 

उनीसँग भेटेपछि गुरु जी नियमीत गेष्ट हाउस आउन थालेको पीडित सुरेन्द्रले बताए । त्यसपछि उनले सुरेन्द्रसँग आफ्नो घरमा काम गर्न आग्रह गर्दै दोब्बर तलब दिने प्रलोेभन समेत देखाएर आफुसँगै लगेका थिए ।

 

घरको काम गर्दा–गर्दै उनलाई तेस्रो लिङ्गी बन्न बारम्बार आग्रह गरिएको थियो । विभिन्न किसिमका यातना दिन थालेपछि उनी फुपाजु धनसिंह बोहराको सहयोगमा गुरु जीको हातबाट फुत्कीन सफल भए ।

 

भागेर हरिद्धार आएका सुरेन्द्र आफ्ना बुवासँगै बस्न थाले । उनका बुवा जैराज सिंह माल लामो समय देखि भारतमै सवारी चालकका रुपमा काम गरिरहेका छन् । बुवासँगको सल्लाहमा उनिले हरिद्धारमा कम्प्युटर सिक्न थाले । कम्प्युटर सिकेपछी उनी हरिद्धारकै मेघा सपिङ्ग सेन्टरमा काम गर्न थाले ।

 

उनका बुवा दिनभरी आफ्नो काममा बाहिर गएका समयमा उनलाई गुरु जीको समूहले ज्यान मार्ने धम्की दिएर अपहरण गरी चन्दीगड पु¥याएको उनी बताउँछन् । त्यहाँ पु¥याएपछि विभिन्न कागजपत्रमा हस्ताक्षर गर्न लगाएको उनले बताएका छन् । त्यो कागठमा उनी आफु लिङ्ग परिर्वतन गर्न तयार रहेको उल्लेख गरिएको थियो ।

 

त्यसपछि उनलाई बेहोस बनाईयो । पाँच दिनपछि होसमा आएको सम्झीदैँ सुरेन्द्रले भने ‘होसमा आएपछि थाहा पाए की मेरो लिङ्ग काटी सकेको छ, जोरले रुन थाले आफन्त कोही थिएन ।’ उनी धेरै समय रुन थाले । अप्रेसन गरेको मन्छे रुँदा समस्या आउने भन्दै चिकित्सकहरुले उनलाई वेहोस पारेका थिए ।

 

‘रोएपछि अप्रेसन बिग्रीने भन्दैँ नरुन चिकित्सकले सल्लाह दिए, फेरी मलाई बेहोस पारियो दुई दिनपछि पुनः होसमा आए,’ उनले अडागी थपे, ‘अप्रेसनपछि केहि महिना वेड रेष्टमा राखियो ।’ विस्तार विस्तारै आफुमा स्त्री लिङ्गी भावना पैदा हुन थालेपछि आफु अचम्मित भएको सुरेन्द्रले बताए । उनको लिङ्ग परिर्वनसँग हार्मोन समेत परिर्वतन गरिएको उनले बताए ।

 

लिङ्ग परिर्वतन भएपछि आफुलाई परिवार तथा आफन्तसँग भेट गर्न अप्ठारो लाग्यो । ‘गुरु जी कै अण्डरमा डान्स बारमा काम गर्न थाले, परिवारलाई मुख कसरी देखाउनु, दास भएर त्यही काम गरेँ, बारमा केटाहरु आउथे, उनिहरुलाई मनोरञ्जन गराउनु पथ्र्यो’ उनले भने ।

 

साथै गुरु जीको छोरासँगको राम्रो सम्बन्धका कारण आफु नेपाल फर्कन सफल भएको उनले बताए बताए । उनी नेपाल फकिएपछि उनलाई पुन फर्काउनका लागि गुरुजीले पठाएका तीन जना भारतीय नागरिक कञ्चनपुरबाट पक्राउ परेका छन् । आफुहरु अमर उज्यालाको पत्रकार भएको बताउँदै नेपाल छिरेका तीन जना प्रहरीको नियन्त्रणमा छन् । अनुसन्धनको क्रममा उनीहरुले गुरु जीको निर्देशनमा काम गरेको बताएपछि प्रहरीले अङ्गभङ्ग कसुरमा चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पिडीत पक्षले उनिहरु विरुद्ध मुद्दा दर्ता गराएका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
श्रीमान् भन्दा श्रीमतीको उमेर कति वर्षले अन्तर हुनुपर्छ जान्नुहोस्

    श्रीमान् भन्दा श्रीमतीको उमेर कम हुनुपर्छ भन्ने धारणा राख्ने गरेको पाइन्छ

कालापानीबाट विदेशी फौज हटाउछौं : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न

श्रमिकको सुखद भविष्यका लागि सामाजिक सुरक्षा : मन्त्री विष्ट

  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकलाई सम्पूर्ण सुरक्षा प्रदान गर्न

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन हुन्छ : मन्त्री भट्टराई

  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने प्रकृया