नेपाली स्याटेलाइटले पृथ्वीको चक्कर लाउन थाल्यो, दिनमा चार पटक नेपालको आकाशमा घुम्ने

प्रकाशित मिति: २ असार २०७६, सोमबार

 

चन्द्रसूर्यसहितको राष्ट्रिय झन्डा अंकित नेपालको पहिलो भूउपग्रह ‘नेपालीस्याट–वान’ अन्तरीक्षमा छोडिएको छ । अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस)बाट नानो भूउपग्रह अन्तरीक्षमा छोडिएको हो ।

गत वैशाख ५ मा अमेरिकाबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको नानो स्याटेलाइटले सफलतापूर्वक पृथ्वीको परिक्रमा सुरु गरेको हो । सोमबार दिउँसो ४ बजेर १९ मिनेटबाट नानो स्याटेलाइट ‘नेपालीस्याट-१’ अन्तरीक्षमा रिलिज हुँदै पृथ्वीको वरपर घुम्न सुरु गरेको नासाले जनाएको छ ।

जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टीच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको यो स्याटेलाइट वैशाख ५ राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिएको थियो । यसलाई इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार पारेका हुन् ।

अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटँगै नेपालको स्याटेलाइट प्रक्षेपण भएको थियो ।

यो स्याटेलाइट १० सेन्टिमिटर लम्बाई, चौडाई र उचाई भएको छ । स्याटेलाइटमा नेपालको झण्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरुको नाम पनि छ ।

यो एक किलो तीन सय ग्राम तौलको छ । यसमा सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्चेको छ । अन्तरीक्षमा रिलिज भएपछि यसले अन्तरीक्षबाट तस्वीरसहितका डाटाहरु पठाउन थाल्नेछ । यसले मौसमी सूचनाहरु पनि दिन सक्छ ।

नेपाल वान भूउपग्रह पृथ्वीका सतहभन्दा चार सय किलोमिटरमाथि अन्तरीक्षमा रहनेछ । प्रत्येक ९० मिनेटमा पृथ्वीकाे एक चक्कर लगाउने यो भूउपग्रहले दैनिक १६ पटक पृथ्वीका परिक्रमा गर्नेछ । त्योमध्ये दैनिक चार पटक नेपालको आकाशमा आइपुग्नेछ ।

नेपालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको पहिलो नानो भूउपग्रह अन्तरीक्षमा छोड्ने अवसमा जापानमा आयोजित कार्यक्रममा सहभागिता जनाएका छन् ।

यो स्याटेलाइटबाट नेपालले भविष्यमा पठाउने ठूलो स्याटेलाइटको सञ्चालन कसरी गर्न सकिन्छ भनेर अनुभव पनि प्रदान गर्ने नेपाल वित्रान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को भनाइ छ ।

नानो भूपग्रहमा फोटो खिच्न क्यामेरा जडान गरिएको छ । जसले अन्तरिक्षबाट खिचिएको फोटोहरु अध्ययन एवं प्रचारका लागि सञ्चार माध्यहरुलाई उपलब्ध गराउनेछ । दोस्रो लोरा डेमोस्ट्रेसन मिसनको काम गर्नेछ । अन्य संस्थाले बनाएको उपकरणमा कम ऊर्जामा कसरी सञ्चार गर्ने भनेर यसबाट परीक्षण हुनेछ ।

यो अध्ययन सफल भए भविष्यमा प्राकृतिक प्रकोपका बेला थोरै ऊर्जामा सञ्चार गर्न सक्ने गरी नयाँ प्रविधिको विकास हुनेछ । अन्तरीक्षमा नेपालीस्याट-वानको आयु ६ महिनादेखि एक वर्षसम्म हुने अनुमान छ।


तपाईंको प्रतिकृयाहरू




 


ताजा अपडेट
सुष्माको यो अवतारले सिने जगत ततायो

ब्रत बसेको दिन शारिरीक सम्पर्क गर्न हुन्छ कि हुँदैन

महिलाले पुरुषको वीर्य स्खलन भएको यसरी थाहा पाउछन्

श्रीकृष्णको तस्विर कोठामा सजाउन दिनेसँग विवाह गर्छुः नायिका श्वेता खड्का

नेपालकी युवती पोर्न ब्लु फिल्म खेल्न कसरी पुगिन् अमेरिका

छबि शिल्पा दुबैलाई जेल हाल्न पुगे वकिल प्रहरी कार्यालय गौशालामा,झन् भयनक बन्दै मुद्धा हेर्नुहोस् के हुदै छ । भिडीयो सहित

साम्राज्ञीपछि मिस नेपाल श्रृङ्खला खतिवडाका टर्कीबाट आए यस्ता तस्वीर, बने दुनियाँ चकित

एउटा दुर्लभ संयोग परिवार नै एकैपटक यसरी भए चर्चित ।

जापान रोजगारका लागि भाषा परीक्षाको मिति सार्वजनिक

ऋषि धमलाले गरे छविको भण्डाफोर, शिल्पाले न्याय पाउनैपर्छ भन्दै जंगिए