विश्व कप क्रिकेट : पाकिस्तानका लागि विश्व कप जितेका खानको सल्लाह नमान्दा लजास्पद हार

प्रकाशित मिति: २ असार २०७६, सोमबार

 

अहिले नेपाल, भारत पाकिस्तान लगायत विश्वका धेरै देशहरुमा विश्व कप क्रिकेटको रौनकता देखिएको छ ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले कट्टर प्रतिद्वन्द्वी पाकिस्तानलाई फेरि हराएको छ । अहिलेसम्म भारतले पाकिस्तानलाई लगातार ७ पटक हराएको छ ।

४–४ वर्षको अन्तरमा हुने यो विश्व कप खेललाई सबैले विशेष महत्वको साथ लिने गर्छन । आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई डकवर्थ एन्ड लेविस नियमका आधारमा ८९ रनले हराएको हो । भारतले दिएको तीन सय ३७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर एक ६६ रन बनाएर खेलिरहेको अवस्थामा पानी परेको थियो ।

त्यसपछि ४० ओभरमा झारिएको खेलमा पाकिस्तानले डकवर्थ एन्ड लेविस नियमका आधारमा तीन सय २ रनको नयाँ लक्ष्य पाएको थियो । जसमा पाकिस्तानले दुई सय १२ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि फाखर जामनले ६२ रन बनाए । बाबर आजमले ४८, इमाद वासिमले अविजित ४६, सदाव खानले २० र कप्तान सरफराज अहमदले १२ रन बनाए ।

भारतका कुलदीप यादव, हार्दिक पाण्ड्या र विजय शंकरले समान दुई दुई विकेट लिएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा तीन सय ३६ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले शतक र कप्तान विराट कोहली तथा लोकेश राहुलले अर्धशतकीय पाली खेले ।

रोहित एक्लैले एक सय ४० रन बनाए । जारी विश्वकपमा रोहितको दोस्रो शतक हो । यसअघि उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा पनि शतक प्रहार गरेका थिए । कोहलीले ७७, लोकेशले ५७, हार्दिक पाण्ड्याले २६ र विजय शंकरले १५ रन बनाए । पाकिस्तानका मोहम्मद आमिरले तीन विकेट लिए । हसन अली र वाहव रियाले एक एक विकेट लिएका थिए ।

जितसँगै चारखेलबाट सात अंक बनाएको भारत तेस्रो स्थानमा उक्लिएको छ । तीन अंकमा सिमित पाकिस्तान नवौं स्थानमा छ । अब हुने चार खेल जित्न सकेमा पाकिस्तान सेमी फाइनलसम्म पुग्न सक्ने सम्भावना कायमै रहेको छ । अर्को तर्फ पाकिस्तानका खेलाडीहरुको कमजोर प्रदर्शनले गर्दा अहिले सिंगो पाकिस्तान र उसका सर्मथकहरु चिन्तामा छन् ।

भएको के भने टस जितेपछि पाकिस्तानका कप्तान–विकेटकिपर सर्फराज अहमदले पहिला भारतलाई ब्याटिङको निम्तो दिए । जबकि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले निरन्तर ट्विट गर्दै टस जितेमा पहिले ब्याटिङ रोज्न आफ्नो टिमलाई सल्लाह दिइरहनु भएको थियो ।

आखिर सन् १९९२ को क्रिकेट विश्वकप उपाधी जितेको पाकिस्तानी टोलीको नेतृत्व गरेका पूर्वकप्तान तथा प्रधानमन्त्री खानको सुझाव किन मानेनन् सर्फराजले ? के यही नै पाकिस्तानी हारको कारण थियो ? यतिखेर यो बहसले चर्चा पाएको छ । सर्फराजले खेल मैदानमा हाइ काड्दै अल्छी मानेर खेलिरहेको जस्तो देखिएको थियो ।


तपाईंको प्रतिकृयाहरू




 


ताजा अपडेट
सुष्माको यो अवतारले सिने जगत ततायो

ब्रत बसेको दिन शारिरीक सम्पर्क गर्न हुन्छ कि हुँदैन

महिलाले पुरुषको वीर्य स्खलन भएको यसरी थाहा पाउछन्

श्रीकृष्णको तस्विर कोठामा सजाउन दिनेसँग विवाह गर्छुः नायिका श्वेता खड्का

नेपालकी युवती पोर्न ब्लु फिल्म खेल्न कसरी पुगिन् अमेरिका

छबि शिल्पा दुबैलाई जेल हाल्न पुगे वकिल प्रहरी कार्यालय गौशालामा,झन् भयनक बन्दै मुद्धा हेर्नुहोस् के हुदै छ । भिडीयो सहित

साम्राज्ञीपछि मिस नेपाल श्रृङ्खला खतिवडाका टर्कीबाट आए यस्ता तस्वीर, बने दुनियाँ चकित

एउटा दुर्लभ संयोग परिवार नै एकैपटक यसरी भए चर्चित ।

जापान रोजगारका लागि भाषा परीक्षाको मिति सार्वजनिक

ऋषि धमलाले गरे छविको भण्डाफोर, शिल्पाले न्याय पाउनैपर्छ भन्दै जंगिए