दुई करोड भारतीय रुपैयाँ बुझेर सन्नी लियोनले नृत्य गरेको नेपाली फिल्म ‘पासवर्ड’ को यो गीत हेर्नुहोस भिडियो सहित



 

बलिउड अभिनेत्री सन्नी लियोनीले नाचेको नेपाली फिल्म पासवर्डको गीत रिलिज गरिएको छ ।

राजधानीमा कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको थियो । अर्जुन पोखरेलको संगीत रहेको गीतमा दुर्गा खरेलको स्वर र विक्रम जोशीको शब्द छ ।

यो गीत यूकेमा खिचिएको हो । फिल्मको अधिकांश दृश्य पनि यूकेमा नै खिचिएको छ ।

बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा सन्नीलाई दुई सयभन्दा बढी डान्सरले साथ दिएका छन् । गीतको कोरियोग्राफी विष्णु देभाले गरेका हुन्, जो बलिउडका प्रख्यात डान्स कोरियोग्राफर हुन् ।

उनले सलमान खान, शाहरुख खानलाई नचाइसकेका छन् । गीतको मिडियोमा मेकिङ गजबकै देखिन्छ ।

गीतमा सन्नीसँग फिल्मका लिड अभिनेता बिक्रम जोशी (विक्की) ले पनि नृत्य गरेका छन् । अभिनेता अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङलाई पनि गीतमा देख्न सकिन्छ ।

‘पासवर्ड’ को कथा र स्कृनप्लेको माग अनुरुप नै सन्नीलाई गीतमा नृत्य गराइएको निर्देशक सम्राट बस्नेतले बताए । उनले यो फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् ।

सन्नी लियोनीलाई २ करोड भन्दा बढी दिएर यो गीतमा नचाइएको चर्चा चलेको थियो । सन्नीसँग पर्दामा विक्रम जोशी पनि देखिएका छन् ।

सन्नी लियोनी नाच्दा यो गीतको क्रेज बढ्न सक्छ । तर, सन्नी लियोनी नाचेको गीत रोजाइमा भने समस्या देखिएको छ । सन्नीलाई महंगो रकम दिएर नचाउँदा निर्मातालाई फाइदा होला कि नहोला, केही दिनमै थाहा लाग्नेछ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
प्रेमिका वा आफ्नै श्रीमतीको यी अंग नछुनुहोस्

  धार्मिक शास्त्रले महिलाहरुलाई लक्ष्मीको रुपमा पुजा गर्छ । मानव सभ्यताको सुरुवात गर्ने

कतै यसकारण त टुट्दैछैन तपाईंको सम्बन्ध ?

  भनिन्छ सम्बन्ध जोड्नुभन्दा त्यसलाई टिकाइराख्न निकै मुश्किल हुन्छ । पछिल्लो समय सम्बन्धलाई

अरूसँगै प्रेममा रहेका काजोल र अजयको यसरी परेको थियो ‘लभ’

  छोटोछोटो समयमा छिटोछिटो प्रेमसम्बन्ध भत्किरहने वर्तमान समयमा अजय देवगन र काजोलको प्रेमपूर्ण

भाग्यशाली महिलाहरुका यी अंग ठूला हुन्छन् जान्नुहोस

    हिन्दु धर्ममा महिलालाई सौभाग्यशाली र लक्ष्मीको रूप मानिन्छ | महिलाहरूको बारेमा