दूधमा तर मार्ने तत्वले भिडाएर तरंग निकाले, शिव कोइराला ‘ज्वाला’ नेकपासम्बद्ध खेलकुद महासंघका सहसंयोजक



 

 

एकताको एक वर्षपछि जनसंगठन भागबण्डाको क्रममा नेकपाभित्र निक्कै माथापच्ची चल्यो । पूर्वएमाले नेता तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेल नेतृत्वको खेलक्ुद महासंघ प्रारम्भिक सूचीमा पूर्वमाओवादी केन्द्रको भागमा थियो । तर, गुट सन्तुलनका क्रममा खेलकुद मोर्चा पुरुषोत्तमकै पोल्टामा गयो र पूर्वमाओवादी केन्द्रसम्बद्ध खेलकुद महासंघका अध्यक्ष शिव कोइराला ‘ज्वाला’ सहसंयोजक भए । यो प्रक्रियाले धेरैजसो जनसंगठनमा असहमति देखियो, खेलकुदमा पनि त्यस्तै भयो । वाइसिएल पृष्ठभूमिका ‘ज्वाला’ पार्टी अध्यक्ष प्रचण्डको हार्डकोर टिमभित्रका मानिन्छन् । सैन्य पृष्ठभूमि हुँदै शान्ति प्रक्रियालगत्तै काठमाडौंको वाइसिएल नेतृत्व गरेका उनी पहिल्यैदेखि खेलाडी हुन्, तेक्वान्दोका । अहिले पनि राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल तेक्वान्दो संघमा अध्यक्ष छन् ।

 

० जनसंगठनबीचको एकता कति न्यायोचित भयो ?

– न्याय र अन्यायतिर अहिले जानु उचित छैन । उस्तै क्षमताका मान्छेलाई तल–माथि पारेर राख्नुपर्ने बाध्यता थियो ÷छ । यसले लिने आगामी कार्यदिशा, संगठन विस्तारका योजनालगायत सन्दर्भमा संयोजक र सहसंयोजक भएका छौँ । केही महिनामा आफ्नै कार्यकर्ताले बनाइदिएर अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव बन्ने सिष्टम लागु हुन्छ । यो अन्तरिम व्यवस्था हो । अब नेताले बोकिदिएर होइन, आ–आफैँ स्थापित हुनुपर्छ दुई पार्टी अब एक भइसके । हिजो को माओवादी र को एमाले थियो भन्ने तुष पालियो भने एकता भत्किन समय लाग्दैन ।

 

० तपाईंको संयोजकका रुपमा चर्चा थियो तर सहसंयोजकमा खुम्चिनुपर्दा निरुत्साहित हुने अवस्था कत्तिको छ ?

– म अध्यक्षबाट झरेर सहसंयोजक भएकोमा पनि गर्व गर्छु । किनभने, ऐतिहासिक एकता प्रक्रिया सम्पन्न गर्ने सन्दर्भमा मैले वा हामीले निश्चित भूमिका त पायौँ नि । सदस्यमात्रै बनाइएको भए पनि स्वीकार्नुपथ्र्यो । अब जिम्मेवारी कसरी निर्वाह गर्छु भन्ने कुराचाहिँ मुख्य हो । संयोजकका रुपमा सिनियर कमरेड आउनुभएको छ । उहाँले राजनीति गर्न थाल्दा म भर्खर जन्मिएको रहेछु । बुबाजस्तो मान्छे हुनुहुन्छ । त्यसैले उहाँबाट मैले धेरै कुरा सिक्न पाउने भएँ भनेर उत्साहित छु । उहाँले हामी छोरा पुस्ता हुँदै नाति पुस्तालाई स्थापित गर्ने, नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण गर्ने काम गर्नुहुन्छ भन्नेमा पूरै विश्वस्त छु ।

 

० तपाईंले पनि ‘कलौ थालमा हाले पनि, टपरीमा हाले पनि कलौ नै हो’ भनेर असन्तुष्टि पोख्नुभएको थियो । किन त ?

– दुई पार्टीका पूर्वसंयोजकहरुलाई नै संयोजक र सहसंयोजक बनाउने नीति बन्यो । तर, विद्यार्थीमा रञ्जित तामाङ त पाँच जना उपाध्यक्ष हुँदाहुँदै उनीमुन्तिर अर्को संगठनका महासचिवको अण्डरमा आए । विद्यार्थीको केशले समाजिक सञ्जालमा भूमिका निर्वाह ग¥यो । पार्टीमा युवा र विद्यार्थीभन्दा अन्य सशक्त संगठन प्नि छन् । तर, विद्यार्थीको अलि बढी चर्चा चल्ने गर्दछ । सहसंयोजक बनिसकेपछि महासचिवबाट बन्नु वा अध्यक्ष बन्नुसँग अर्थ राख्दैन भन्ने मानेमा त्यसो भनेको हुँ । अब यी गुनासा सामाजिक सञ्जालतिर नझुल्काऔं भनेर मेरो लेबलका साथीहरुलाई सतर्क गराउन मात्र खोजेको हुँ ।

 

० पार्टी एकता भएको एक वर्षसम्म सांगठानिक गतिविधि ठप्प छ । यस्तो तालले जनतासँग पार्टी अब कसरी जोडिन्छ ?

– कुरा यहीँ आएर बिग्रेको छ । हामीले पार्टी र नेतृत्वको सम्मान गर्ने मामिलामा जब आफूलाई दलाली प्रक्रियाबाट अगाडि बढाउँछौं, समस्या रहन्छ । पार्टी सचिवालय, कार्यविभाजनको सन्दर्भ होस् वा कसैलाई दोहोरो–तेहेरो जिम्मेवारी अनि कुनै साथीलाई जिम्मेवारविहिन बनाएको अवस्था छ । यी थुप्रै प्रक्रियाले पार्टी गलत दिशातर्फ गएको छ । एकता पनि यिनै नेताले गरे, जो हाम्रो सामथ्र्यले भेट्ने कुरा होइन । उनीहरुको प्रशंसा गर्न पनि बाँकी राख्नु हुँदैन ।

 

तर, जुन ढिलाई भएको छ, त्यसले केपी ओली र प्रचण्डको आगामी राजनीतिक यात्रालाई असर गर्छ । उहाँहरुले अबको १०÷१५ वर्ष राजनीति गर्ने हो । यसर्थ उहाँहरुमा भएको कमजोरीलाई सचेततापूर्वक आलोचना गर्ने चेत युवामा हुनुपर्छ । हामीले नेताहरुको दलाली र चाकडी हैन, स्वस्थ आलोचनाको विधिबाट सच्याएर अगाडि बढ्ने शैली अबलम्बन गर्नु जरुरी छ । व्यक्तिको देवत्वकरण गरेर कम्युनिष्ट आन्दोलन समृद्ध हुँदैन । निर्णयहरु द्रूततर गतिमा हुनुपर्छ । अब प्रचण्ड वा केपी ओली र सचिवालयले गर्ने निर्णयहरु थेरै मात्र बाँकी छ । प्रदेश र जिल्ला कमिटी बनिसकेका छन् ।

० हरेक काममा भइरहेका ढिलाईको कारक केलाई मान्नुहुन्छ ?

– राजनीतिमा ढिलाई म कति पावरमा पुग्छु भन्ने सन्दर्भको मापनले हुने हो । सचिवालय निर्माण भयो एउटा प्रक्रियामा । उसले स्थायी कमिटी निर्माण ग¥यो । जिम्मेवारी बाँड्ने सन्दर्भमा पूर्वमाओवादी र पूर्वएमालेभित्र थुप्रै प्रवृत्ति छन् । जिम्मेवारी बाँडफाँडको सवालमा पनि मेरो पोल्टामा कति प¥यो भन्ने दरिद्र मानसिकताका कारण ढिलाइ भएको हो ।

 

० प्रधानमन्त्री विदेश भ्रमणमा गएको बेला पारेर अध्यक्ष प्रचण्डले पुरानो सहमतिको कुरा झिक्दा तरंग मच्चियो । के त्यस्तो कुरा उठाउने बेला थियो र ?
– कुरा त्यही दिन मात्र उठेको होइन । त्यही दिन कसले, किन एक्स्पोज गर्ने चाहना राख्यो भन्ने कुरा हामी जान्दैनौँ । दुई नेताबीच भएका सम्झौता खारेज गरे पनि, लागु गरे पनि हामीले त्यही ढंगले बुझ्ने हो । दुई नेताले चाहेर पार्टी एकता भएको हो । त्यहाँ कुनै ऐन, नियम, कानुन र हिजोका माओले यस कालखण्डमा गएर पार्टी एकता गर भनी निर्देशन दिएका पनि थिएनन् । वस्तुगत राजनीतिलाई विश्लेषण गर्ने उहाँहरुकै जिम्मेवारी हो ।

 

० कथंकदाचित प्रचण्डले भन्नुभएजस्तो आधा–आधा कार्यकालका लागि प्रधानमन्त्री तयार हुनुभएन भने के हुन्छ ? के फेरि पार्टी अलग अलग हुन्छ ?

– पाँच वर्षको अवधिमा स्थायी कमिटीका कोही नेताले पार्टी छोड्न सक्लान् । कोही साइड लागेर बस्लान्, भुन्भुनिएर, रन्थनिएर हिँड्लान् । तथापि कुनै टिमले, लाइनले नै पार्टी विभाजन गर्ने सम्भावना मैले देखेको छैन । पार्टी अध्यक्ष र प्रधानमन्त्रीको भूमिका एक–एक जनामा होस् भन्नु मनासिव हो । तर, त्यही नाममा सबै प्रक्रिया अवरुद्ध हुनुपर्छ, बोली भुइँमा झर्न नपाई कार्यान्वयन हुनुपर्छ पनि उहाँले भन्नुभएको होइन । हामी त प्रचण्डको माया र गाली उत्तिकै खाएका कार्यकर्ता हौँ । तर, उहाँको माया होस् या गाली, दुबै कुरा सकारात्मक परिणामका लागि हुने गरेको छ ।

 

समकालीन नेपाली राजनीतिमा यस्तो नेता पाउन मुस्किल छ । पार्टी एकताको सन्दर्भमा भएका सहमतिका कुरा पनि सकारात्मक परिणामकै निम्ति बोल्नुभएको हो । तर, दूधमा तर मार्ने केही तत्वले उहाँहरुलाई भिडाएर पार्टीलाई तरंगित बनाए । र, एकतामा भाँजो हाल्न चाहे । प्रचण्डलाई नबुझ्नेहरु, उहाँ वा उहाँको क्षमतालाई नचिन्नेहरुले सतही रुपमा गरेका टिप्पणी समयको बर्बादीमात्र हो । हामी अहिले समय बर्बाद पार्नेमा हैन, एकतालाई फलदायी बनाउने, सरकारलाई सफल बनाउने र अर्को निर्वाचनबाट अझ बढी परिणामका साथ सरकार चलाउनेतर्फ केन्द्रित छौँ ।

 

यदि सहमतिमा भोलि प्रधानमन्त्री फेर्ने कुरा भयो भने त्यसरी पनि जान सकिन्छ । तर, प्रधानमन्त्री र अध्यक्ष पदको भागबण्डामै अल्झिएर मूल कार्यभारलाई विषयान्तर गर्ने मनस्थिति, नियत र योजना क.प्रचण्डको छैन । उहाँले हामीलाई प्रष्टसँग भन्नुभएको छ, ‘आ–आफ्ना जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने हो, झिनामसिना कुरामा बहस र तर्क गरेर समय खेर फाल्ने हैन ।’

 

० पूर्वएमालेका एकथरि नेताहरु जनताको बहुदलीय जनवादको विकल्प छैन भन्दै अभियान नै चलाउने पक्षमा देखिएका छन् । यदि त्यस्तो भयो भने के हुन्छ ?

– हामीले प्रचण्डपथ मान्दै÷छाड्दै फेरि माओवाद नै भन्याँै । पूर्वएमालेका साथीहरुले माक्र्सवाद र लेनिनवाद भन्नुभयो । जनताको बहुदलीय जनवाद भन्नुभयो । हामीहरुले २१ औं शताब्दीको जनवाद मान्दै यहाँ आइपुग्यौँ । अहिले पार्टी एकता भएको छ र वैचारिक मान्यताका सन्दर्भमा महाधिवेशनमा छलफल गर्ने भनिएको छ । माक्र्सवाद, लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानिएको छ । यसको दार्शनिक आधार भनेको द्वन्द्वात्मक भौतिकवाद नै हो । मूलतः सबै कम्युनिष्टहरु माक्र्सवादी, लेनिनवादी हुन् ।

 

परिस्थितिजन्य नीति, कार्यक्रम र रणनीतिबारे छलफल र सहमतिमा अघि बढ्न सकिन्छ । तर, त्यसो हुँदाहुँदै जवज नै चाहिन्छ, २१ औँ शताब्दीको जनवाद नै चाहिन्छ भनेर लिँडेढिपी कस्ने काम पनि यदाकदा भएको छ । ती तर्क निर्माण गर्नु भनेको पार्टी एकतामा भाँजो हाल्नु हो । महाअधिवेशनसम्म पुग्दा यिनै बिचारमध्येको एक विचार वा अर्काे नयाँ विचार सिर्जना हुने भनिएकै छ ।

 

बिरालो बाँधेर श्राद्ध गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । हिजो जे थियो, त्यहाँबाट परिवर्तन हुन नसक्ने सोचले हामी रौं उम्रेको मान्छे वा बन मान्छे बन्न जान्छौं । माक्र्सवाद परिवर्तनशील विज्ञान हो भन्ने ढंगले सोच्ने क्षमताको विकास गर्नुपर्छ । कसैले विचारमै अडिग रहेर भन्यो वा अन्तरविरोध सिर्जना गर्न भन्यो, त्यो अलग कुरा हो । तर, एकता मान्ने हो भने यस्ता लिँडेढिपी सबैले छोड्नुपर्छ ।

 

० नेकपासम्बद्ध युवा र खेलकुदको नाममा खुलेका संगठनमा चारीत्रिक आचारण भ्रष्ट भएका, समाजमा बद्नाम भएका डनहरुलाई भिœयाइएको भनिन्छ । वास्तविकता के हो ?
– कोही हिजो गलत थियो भने ऊ सधैँ गलत भइरहनुपर्छ भन्ने होइन । सुध्रनु पर्छ । आचरण परिवर्तन हुनुपर्छ । आफूलाई सच्याएर, समाजले दिने दण्ड पूरा गरेर कोही आएको छ भने राजनीति गर्ने अधिकार सबैलाई हुन्छ । यो कसैको प्राइभेट कम्पनी होइन । प्रचण्ड वा केपी ओलीले तगारो हालेर नेकपाभित्र कोही छिर्न नपाउने भन्ने हुँदैन ।

 

न त शेरबहादुरले तगारो हालेर कोही कांग्रेस हुन पाउँदैन भन्ने छ । राजनीति सबैका लागि खुला क्षेत्र हो । त्यहाँभित्रको मापदण्ड पूरा गरिसकेपछि मान्छेले राजनीतिक दलको सदस्यता पाउनुपर्दछ । यदि खराब प्रवृत्तिका मान्छेहरु इन्ट्री भएका भए तिनलाई कारवाही हुनुपर्छ । नेकपामा संगठित हुने युवा कम्तिमा परिवर्तनचेतले युक्त, माक्र्सवादी विचारले सम्पन्न र सांगठानिक गतिशीलताले स्फुर्त हुनु जरुरी छ, यो न्युनतम् शर्त हो । यदि कोही, कसैमा त्यसको कमी छ भने तिनलाई प्रशिक्षित गर्ने र असल कम्युनिष्ट युवाका रुपमा विकास गर्ने दायित्व हाम्रो हो, हामी गर्छौं ।

 

० राखेपकै कारण नेपालको खेल क्षेत्र उठ्न सकेन भन्ने टिकाटिप्पणी भइरहेका छन् ।

– राष्ट्रिय खेलकुद परिषद् शरदचन्द्र शाहदेखि यहाँसम्म आइपुग्दा निरन्तरतामा अगाडि बढेको छ । त्योबाहेक अरु केही हुन सकेको छैन । नेपाली राजनीतिले थुप्रै फड्को मा¥यो । राजाको शासन हुँदै बहुदलीय प्रक्रियाबाट गणतन्त्रमा आएका छौं । तर, खेलकुद परिषद्भित्र तिनै शरद्चन्द्र शाहका भूतहरु जिउँदै छन् । उनले बनाएका नीति, उनैले भर्ना गरेका मान्छे र संघहरु यथावत छन् । त्यसले कुनै परिवर्तनको अनुभूति दिलाउन सकेको छैन । निरन्तरताका सवालमा भवन, मैदान बने होलान् । यो भनेको समयसँग आफूलाई घिसारेको मात्र हो । दगुर्न सकेको छैन । त्यसको जस मैले पनि लिनुपर्छ ।

 

खेल संघलाई बजेट दिने, विदेश पठाउने, टिकट भाडा दिनेजस्ता काममा खेलकुद परिषद् चलिरहेको छ । खेलहरु त धेरै भए । तर, खेल कस्ता भएका छन् भने, मैदानमा चप्पल लगाएर दगुर्ने, तुना छिन्ने जुत्ता, खाजाको रुपमा चिउरा र चाउचाउ । तर, गेम खेल्नुपर्ने बजेट ३५ करोडमै सकिने । हामीकहाँ गेम खेल्न गएपछि हिजोभन्दा बढी घाइते बन्ने र हिजोभन्दा बढी नजान्ने भएर फर्कने प्रबृत्ति छ । यही प्रबृत्ति जारी रहे हामी भोलि भुटानसँग पनि प्रतिष्पर्धा गर्न नसक्ने अवस्थामा पुग्छौं ।

 

भूकम्प गएको चार बर्ष बितिसक्यो, दशरथ रंगशाला जस्ताको तस्तै छ । कुनै पिलर बाहिरबाट सिमेन्ट लगाएर टालिएका छन् । त्यसलाई १० फिट मुनिसम्म हालेको भन्दै बजेट निकासा गरेर खाने चलन छ । हाम्रो अगाडि १३ औं साफ गेम आउँदैछ । यही प्रक्रियाले १३ औं साफ स¥यो भने बद्नामबाहेक केही हुँदैनौं ।

 

० हिजो तपाईंहरुले पनि वाइसिएलका नाममा गुण्डाहरुलाई तर्साउँदै उनीहरुको काम र पेशामा हस्तक्षेप गरेको भनिन्थ्यो । नभन्दै वाइसिएल र खेलकुद महासंघका नेताहरु रातारात धनसम्पत्तिले सम्पन्न भए । के त्यो सत्य कुरा थियो ?
– राजनीतिलाई मागिखाने भाँडो बनाउनु हुँदैन । युवाहरु व्यवसायमा लाग्नुपर्दछ । हिजो वाइसिएलको काठमाडौं जिल्ला संस्थापक अध्यक्ष हुँदादेखि मैले दिने चेतना यही हो । हाम्रा काँधमा अहिले पनि राइफलका भारी बोकेर लागेको दाग छ । कतिपय साथी हिजो सिकेको युद्ध कौशललाई दुरुपयोग गरेर अनुचित काममा पनि लागे । बेलैमा तिनलाई स्वरोजगार बनाउने वा रोजगारी दिने प्रभावकारी कार्यक्रम आउनुपथ्र्यो, तर अझै आएन । चन्दाले जिन्दगी चलाउनुपर्ने र चन्दादाता तर्सिएर भाग्ने, यस्तो पुरातन शैलीबाट पार्टी, संगठन र कार्यकर्ता चलाउनुहुँदैन । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
अकुत सम्पत्ति आर्जन गरेका हजारभन्दा बढी राजस्व कर्मचारी अख्तियारको फन्दामा

  राष्ट्रिय अनुसन्धान विभाग राअवि ले अकुत सम्पत्ति आर्जन गरेको आशंकामा राजस्व भन्सार

पशुपतिनाथको दर्शन गर्दै आज मङ्सिर २२ गते आइतबारको राशिफल पढौँ, भेटी स्वरुप एक शेयर गर्रौ

  श्रीशाके १९४१ नेपाल सं. ११४० हेमन्त ऋतु वि.सं. २०७६ मार्गशीर्ष २२ गते

म प्रधानमन्त्री बन्नैपर्छ : बामदेव गौतम

    मुलुकमा उपनिर्वाचन सम्पन्न भएको छ, नेकपाले संस्थागतरुपमा यसको समीक्षा पनि शुरु

यति राम्री श्रीमती र छोरी १९ दिन देखि बेपत्ता , श्रीमान भक्कानिएर रुदै ( भिडियो सहित )

  नेपाली समाजमा विभिन्न घटना हरु हुँदै आएको छ भने पछिल्लो समय यस्ता