दुबईमा विमान दुर्घटना, विमानमा सवार सबैको मृत्यु



 

युनाइटेड अरब इमिरेट्समा भएको एक विमान दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ।

युनाइटेड अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक एक सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो।

मिडियाहरुका अनुसार दुर्घटना स्थानीय समय अनुसार बिहिबार साँझ ७ बजेर ३० मिनेटमा भएको हो।

डीए–४२ नामक उक्त चार सिटे विमानमा चालक, सहचालक र दुई यात्रु सहित ४ सवार थिए।

दुर्घटनामा परी विमानमा सवार सबैको मृत्यु भएको र मृत्यु हुनेहरुमा तीन ब्रिटिश र एक दक्षिण अफ्रिकी नागरिक रहेको दुबईका अधिकारीहरुले बताएका छन्।

दुर्घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल झन्डै ४५ मिनेट बन्द भएको बताइएको छ।

मिडिया रिपोर्टका अनुसार विमानस्थलतिर आएका एस् सम्पूर्ण विमानलाई अन्तै मोडिएको थियो भने उडानभर्न तयार विमानहरुले पनि ढिलो उडान भरेका थिए।

प्रतिक्रिया दिनुहोस
आगामी वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट

  सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय

मेलम्ची खानेपानी आयोजनालाई साढे ५ अर्ब बजेट

  सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ५ अर्ब ४० करोड बजेट छुट्याएको छ

रेलमार्ग बनाउन ८ अर्ब ६६ करोड

  सरकारले रेलमार्गहरूको निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ

सांसद विकास कोषलाई ४ करोड

  सांसद विकास कोष’ नामले चर्चित स्थानीय विकास साझेदारी कार्यक्रमलाई सरकारले निरन्तरता दिएको