प्राथमिकतामा नपरेको जलवायु परिवर्तनको मुद्दा

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

 

 

राष्ट्रपति विद्यादेवी भण्डारीले चीनमा आयोजित बीआरलाई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको राउन्ड टेबल सम्मेलनलाई सम्बोधन गर्ने क्रममा जलवायु परिवर्तनले खतराको घण्टी बजाइरहेको कुरा आयो । राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनसम्बन्धी मुद्दा अन्य अन्तर्राष्ट्रिय मञ्चमा पनि उठाएको पाइन्छ । तर, नेपालमा यो मुद्दा बहसको केन्द्र नबनेकाले सरकारको प्राथमिकतामा परेको छैन । यसको निदान वा न्यूनीकरणको बाटो के, कसरी, कहिले र कसले सुरु गर्ने भन्ने महत्वपूर्ण  प्रश्न हो ।

 

 

तथापि, विश्व परिदृश्यमा पेचिलो राजनीतिक मुद्दाका रूपमा समेत आएको जलवायु परिवर्तनको मुद्दा नेपालमा चर्चामा आएको छ । खडेरीको उत्कर्ष चैतमा दिनहँुजसो पानी परेपछि धेरैको मुखमा जलवायु परिवर्तनको अड्कलबाजी हुन थालेको छ । मानव सभ्यतामाथि नै चुनौती खडा गरेको जलवायु परिवर्तनले केही समयअघि बारा–पर्सामा ठूलो आँधीबेहरी निम्त्यायो । हिमाली जिल्लामा लामखुट्टे लाग्न थालेको समाचार पनि प्रकाशमा आइरहेका छन् ।

 

पुस–माघमै लालीगुराँस फुल्ने, पानीका मुहान सुक्ने, पानीको हाहाकार हुने, खेतीबालीमा फेरबदल आउने, यी धेरै विषय सार्वजनिक भएका छन् । पहाडी चितुवा क्रमशः हिमालतिर बसाइँ सर्दै गएको पाइएको छ । तल्लो हिमाली बेल्टमा विचरण गर्ने हिउँ चितुवा करिब ६ हजारको मिटरको कञ्चनजंघा क्षेत्रमा पुगेका छन् । जैविक तथा वानस्पतिक जीवन यसरी तहसनहस पार्ने गरी जलवायु परिवर्तन हुँदै गएको छ । शीतलहर निकै कम भएको छ । जलवायु परिवर्तनको जोखिमको हिसाबले नेपाल विश्वकै १४ स्थानमा पर्छ । हाम्रो भूमिका न्यून रहे पनि असर भने ज्यादा भएको सन्दर्भमा सबैभन्दा पहिला जलवायु परिवर्तनको कारक तत्त्व बुझ्नुपर्ने हुन्छ ।

 

मौसम र जलवायुमा भिन्नता हुन्छ । जलवायुमा क्षणक्षणमा हुने परिवर्तनलाई मौसम भनिन्छ भने मौसमको वर्ष दिनभरिको सालाखाला स्वरूपलाई जलवायु भनिन्छ । मौसम क्षणिक, परिवर्तनशील र आकस्मिक पनि हुन्छ । एक वर्षको जलवायुको मापनमा हजारौं मौसम पर्दछन् । जलवायु परिवर्तनको मापन लिन ३० वर्षको मौसमको अवधिलाई लिँदा केही निक्र्योल निकाल्न सकिन्छ । वायुमण्डलमा हरितगृहको मात्रा जति धेरै भयो त्यति नै पृथ्वीबाट परावर्तित ताप बढी रोकिन्छ ।

 

पृथ्वीमा तातो यसैका कारण पनि बढ्छ । वायुमण्डलमा हरितगृह ग्यासको परिणाम कम हुनु तातोको मात्रा पृथ्वीमा कम भएर जानु हो । विश्व तापमान मानव क्रियाकलापबाटै सिर्जित भएको हुन्छ । वायुको आद्र्रता बढ्ने, समुद्री सतह बढ्ने जस्ता प्रतिकूल परिवर्तनहरू यसका केही उदाहरणहरू हुन् । पृथ्वीबाट परावर्तित ऊर्जा प्रकाशका रूपमा नभई अदृश्य तापका रूपमा फर्कने भएकाले पनि वायुमण्डलमा रहेको हरितगृह ग्यासले रोकेर फेरि पृथ्वीतिरै फर्काउँछ ।

 

वायुमण्डलमा प्राकृतिक रूपमा रहेको सिरकजस्तो हरितगृह ग्यास नभएको भए पृथ्वी जिरो डिग्री सेन्टिग्रेट तापमा हुने थियो र कुनै पनि प्राणीको कल्पना गर्न पनि सकिँदैनथ्यो । तर, फेरि मानिसका क्रियाकलापले आवश्यकताभन्दा थप हरितगृह ग्यास उत्सर्जन गर्नाले पृथ्वीलाई छिटो तताइरहेको छ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्चको चौथो मूल्यांकन प्रतिवेदनले कार्बनडाइअक्साइड, मिथेन र नाइट्रस अक्साइड जस्ता हरितगृह ग्यासको मात्रा वायुमण्डलमा बढेको स्पष्ट देखाइएको छ । यसर्थ विकास गर्ने नाममा कलकारखाना, औद्योगिकीकरण तथा वनविनाशजस्ता कारणले जलवायुमा परिवर्तन देखा परेको छ ।

 

कहाँ पु¥याएको छ असर ?

 

जलवायु परिवर्तनले न त धनी व्यक्ति वा समुदाय भन्छ, न त गरिब नै । विश्वव्यापी चुनौतीका रूपमा देखापरेको यो नेपालजस्ता विकासोन्मुख देशका लागि आफूले नगरेको कामको सजाय जस्तो हुन गएको छ । हरित ग्यास धेरै उत्सर्जन गर्ने चीनले विश्वको कूल उत्सर्जनको २२ प्रतिशत, अमेरिकाले १८ प्रतिशत र भारतले ८ प्रतिशत उत्सर्जन गर्दछ । नेपालको केवल ०.२७ प्रतिशत रहेको आँकडामा उल्लेख छ । त्यसपछिका देशमा अमेरिका, क्यानडा, रुस, जर्मनी, जापान, चीन, भारतलगायत पर्दछन् ।

 

वायुमण्डलमा प्राकृतिक रुपमा रहेको सिरकजस्तो हरितगृह ग्यास नभएको भए पृथ्वी जिरो डिग्री सेन्टिग्रेट तापमा हुने थियो र कुनै पनि प्राणीको कल्पना गर्न सकि“दैनथ्यो। तर, फेरि मानिसका क्रियाकलापले आवश्यकभन्दा थप हरितगृह ग्यास उत्सर्जन गर्नाले पृथ्वीलाई छिटो तातिइरहेको छ जलवायु परिवर्तनले जीवजन्तु तथा वनस्पतिलाई नकारात्मक असर पारिरहेको छ ।

 

लोभी मानवजातिले प्राकृतिक साधनस्रोतलाई बुद्धिमता ढंगले प्रयोग नगरी प्रतिस्पर्धामा अनावश्यक दोहन गरेकै छ । यसका कारण वातावरणमा नकारात्मक असर परिरहेको थाहा पाए पनि यसबाट आएका चुनौतीलाई व्यवस्थित गर्नु, घटाउनु र अनुकूलनको अभ्यास निकै कम भइरहेको छ । जलवायु परिवर्तनले जल, जमिन, वन, कृषि, जैविक विविधता र वातावरणलाई निरन्तर नकारात्मक प्रभाव पारिरहेको छ ।

 

नेपालका सन्दर्भमा मुख्यतः कृषि, जलस्रोत, वन, स्वास्थ्य र जैविक विविधतामा नकारात्मक प्रभाव पारिरहेको छ । नेपालको भौगर्भिक बनावट कमजोर हुनु, अधिकांश भुबनोट भिरालो र अग्लो तथा होचो हुनुले पनि जलवायुमा निकै परिवर्तन आएको पाइएको छ । अर्थतन्त्र कृषि, पर्यटन र जलसम्पदामा आधारित छ । जलवायुमा हुने परिवर्तनले यसमा ठूलो प्रभाव पारेको छ ।

 

आँधीबेहरी, बाढी, पहिलो, खडेरी, आगलागी, अनावृष्टि, खण्डवृष्टि, अतिवृष्टि र अनिकालले निकै असर गरेको छ । वार्षिक ऋतुचक्रमा पनि अनुभूतिहरूमा परिवर्तन हुन पुगेको छ । मधेसमा धान र गहुँजस्ता बालीको उत्पादनमा ह्रास तथा पहाडी क्षेत्रमा केही क्षणिक सुधार देखापरेको छ । हिउँ पग्लने, पानीको अभाव हुने, सिँचाइ, खानेपानी र जलविद्युत् सञ्चालनमा प्रभाव पर्ने, हिमताल सुक्ने, हिमताल फुट्ने आदि गम्भीर खतरा बढ्दो छ । पर्यटक लोभ्याउने सेता हिमालयमा हिउँ पग्लिने क्रम तीव्र भएको छ । हिमालय कालापत्थरमा परिणत हुन थालेको छ । यसले पर्यटन क्षेत्रमा ठूलो प्रभाव पारेको छ ।

( लेखक राजेन्द्र अर्याल)


तपाईंको प्रतिकृयाहरू



 


ताजा अपडेट
काँग्रेसले बनायो छाँया सरकार, को को भए मन्त्री

कति जिते ‘को बन्छ करोडपति’मा रबि लामिछाने( हेर्नुहोस भिडियो )

५० लाख दिनुस् प्रधानमन्त्री केपी ओलीलाई मारिदिन्छु भन्ने युवा पक्राउ

बारमा गोली चल्यो, ११ जनाको हत्या

१७० जना यात्रु लिएर सिंगापुर उडेको विमान दुर्घटनाग्रस्त

बालुवाटारको जग्गा फिर्ता ल्याएर मात्रै हुँदैन, दोषीलाई कारबाही गर्नुपर्छ : भीम रावल

मेकअप गर्दा गरिने यी १० गल्ती, जसले झनै बुढो देखाउँछ

गोंगबु नयाँ-बसपार्कमा मोडल जस्ता यौनकर्मी, यस्तो अवस्थामा पक्राउ ! हेर्नुहोस्

यौन सम्पर्क पछि महिलाहरुलाई आउन्छ यस्तो आनन्द

ग्रिनसिटी अस्पतालको अवैध धन्दा : आवश्यकताअनुसारको बच्चा जन्माइदिने भन्दै रकम असुली