कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने, सेक्स कतिबेला र कतिपटक गर्ने ?

प्रकाशित मिति: ७ बैशाख २०७६, शनिबार

 

प्रेमलापका निम्ति न त कुनै समय हुन्छ न त कुनै नियम । प्रेम गर्नेहरु सारा संसार बिर्सेर प्रेम गर्छन् । एकापसमा आलिंगन गर्ने प्रेमीहरुले यो पनि विचार गर्दैनन् कि उनीहरु कहाँ छन् । अर्को तर्फ प्रेमलाप गर्नेहरु सेक्ससँग जोडिएको कुनैपनि काईदा कानून मान्दैनन् । तर धेरै पटक यस्तोपनि हुन्छ कि सेक्सको चाहना सहयात्री साथीको अनिच्छा पूर्ण नहुन सक्छ । त्यसैले पार्टनरलाई सेक्सका लागि कसरी तयार पार्ने भन्ने विषयमा गम्भीरतापूर्वक चिन्तन गर्नु उपयुक्त हुन्छ ।

यसले तपाईको सेक्स लाईफ निकै राम्रो हुन्छ । यो मान्नुस कि यदि तपाईको सेक्स जीवन सफल छ भने तपाईको जीवनका समस्याहरुबाट पुरा दृढताकासाथ जुध्न सक्नुहुन्छ र तपाई तमाम् दिक्दारी माथि विजय प्राप्त गर्न सक्नुहुन्छ ।

 

यौन क्षमता बृद्धिका लागि धेरै काईदाहरु छन् । यसको निम्ति व्यक्तिलाई परिस्थिति अनुरुप केहि यस्तो काईदाहरु अपनाउनु राम्रो हुन्छ जसबाट साथी खुशी भएर सेक्सका निम्ति तयार होउन् ।

 

१. खानपिन पछि दुबै जना एकार्काको समीप आउने प्रयत्न गर्नुस् ।
२. आफ्नो पार्टनरको गर्दनमा चुम्नुस् ।
३. यदि प्रियसी खाना तयार गर्दैछिन भने उनको पछि गएर उनलाई आलिंगनमा लिनुस र उनको गला र काँधमा चुम्नुस् ।
४. सेक्स गर्नु भन्दा पहिले दुबैले सँगै नुहाउनुस र मसिनो स्वरमा आफ्नो प्रेमको प्रस्ताब गर्नुस् ।
५. आफ्नो सहयात्री पार्टनरलाई हल्का साबुन या तेलले मालिस गर्नुस । यस्को सुगन्धले वातावरणमा उत्तेजना ल्याउछ ।

 

६. उनलाई आफ्नो शरीरमा लपेटेर सुत्नको निम्ति आमन्त्रण गर्नुस् र भन्नुस म तिम्रो नजिक आउन चाहन्छु ।
७. आफ्नो पार्टनर साथीको जुन हात जसरी समाते पनि समात्नुस तर पुरा आत्मविश्वासका साथ समात्नुस् ।
८. आफ्नो पार्टनरलाई नम्रतापूर्वक आलिंगन गर्नुस र उनको आँखामा आँखा मिलाएर एकटक उनको आँखामा हेरिरहनुस् ।
९. केहि यस्तो नयाँ कुरा गर्ने प्रयास गर्नुस तपाईको साथीलाई त्यस्को कल्पना नै नहोस् ।

 

सेक्समा भरपुर सन्तुष्टिका लागि मस्तिष्क र शरीरकाबीच तालमेल एकदमै आवश्यक छ । यौन सुख चरम अवस्थामा त्यतिबेला पुग्छ, जतिबेला पार्टनरहरुकाबीच शरीर एवं मस्तिष्कमा एक आपसमा एकाकार हुन्छन् । एकको आनन्द अर्कोलाई आनन्द देओस र एकको सन्तुष्टि दोस्रोको चरम सन्तुष्टि बन्न सकोस् । सेक्स विशेषज्ञका सल्लाह छ कि यदि तपाईं यौन सम्पर्कमा चरम सन्तुष्टि (अर्गाज्म) हासिल गर्न चाहनुहुन्छ भने यी चार तरिकाको अवलम्बन गर्नुपर्छ ।

 

सिडक्सन
सेक्समा आनन्द पाउनका लागि तपाईको पार्टनर मानसिक रुपमा तयार हुनु आवश्यक छ । जसका लागि सबैभन्दा पहिलो आफ्नो पार्टनरमा सेक्सको इच्छा जगाउनु जरुरी हुन्छ ।

सेनसेशन
यौन क्रियाका आनन्द लिनका लागि दुवै पार्टनरका इन्द्रियहरु सेक्स मै केन्द्रीत हुन जरुरी छ । मस्तिष्क सँगसँगै शरीरका हरेक अंग यौन उत्तेजनाअनुसार क्रियाशील हुन सक्नुपर्छ र सेक्सको आनन्द महसुस गर्नुपर्छ । यसले सेक्स क्रियामा गति ल्याउँदछ, उत्तेजना बढ्दै बढ्दैं चरमसुखमा पुग्दछ ।

समर्पण
जब तपाईको पार्टनर सहमति र समर्पण आवश्यक ठान्छ, त्यतिबेला उसका सामु आफूलाई पूर्ण रुपमा समर्पण गर्न सक्नुपर्दछ । यदि दुवै जना यौनक्रियालाई महत्व दिदैंन भने उनीहरुले चरमसुख प्राप्त गर्न सक्दैंनन् । यसका लागि यौन क्रियाका बेला विस्तारै फरक फरक आसन रहेर सेक्स क्रिया अगाडि बढाउनुपर्दछ । जब एक ड्राइभर हुन्छ, त्यतिबेला दोस्रो केवल दर्शक भएर उसमा समर्पित हुनु जरुरी हुन्छ ।

रिफलेक्सन
यौन क्रियाको समयमा यो जरुरी छ कि आफ्ना इच्छा, आकांक्षा र भावना तथा सुखको खुलेर आफ्नो साथीसँग बाड्नुपर्दछ । उदाहरणका लागि एकले अर्कोलाई उसलाई कहिले रमाइलो र आनन्द लागिररहेको छ कहिले अप्ठ्यारो लागिरहेको छ । कतिबेला सेक्सको रफ्तार बढाउने इच्छा लागिरहेको छ यस्तै(यस्तै । यसले दुवैलाई असिम आनन्द प्राप्त हुन्छ ।

सेक्स कतिबेला र कतिपटक गर्ने ?
सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स गर्दा बढि राम्रो हुन्छ । एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई विहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्न सक्छ ।

एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न विहानको समय नै सेक्सको लागि उपयुक्त रहेको पत्ता लागेको छ । सबैभन्दा उत्तम समय भनेको विहान साढे ७ बजे हो । स्टमडीको अध्ययन अनुसार यो समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ । यतिमात्रै होइन विहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग पनि तिक्ष्ण हुने र दिनभरी ताजा महसुस हुने गर्दछ । इटलीमा गरिएको अध्ययनबाट विहान साढे ७ बजे सेक्स गर्दा उत्तेजना चाँडै हुन्छ ।

 

सेक्स गर्नुस् मोटोपन घटाउनु
अमेरिकाको एक सोध वैज्ञानिक र सेक्स सलाहकार डा. डेबी हरबेनिकले एक अनुसन्धानको क्रममा सेक्सको सबैभन्दा उत्तम समय विहान नै रहेको पत्ता लगाए । डा. डेबीका अनुसार विहानको समयमा सेक्स गर्दा हाम्रो शरिरबाट निस्कने केमिकल्सबाट धेरै सन्तुष्टि मिल्छ । जसबाट खुसी मात्रै होइन स्वस्थ पनि भइन्छ । यसैगरी अमेरिकी अर्का सेक्स सलाहकार जेन ग्रीनरका अनुसार विहानको समयमा सेक्स गर्दा राम्रो व्यायाम पनि हुन्छ । सेक्स एकप्रकारको व्यायाम पनि हो । उपयुक्त समयमा नियमित सेक्स गरे पनि मोटोपन घट्ने अध्ययनबाट पत्ता लागेको छ ।

सेक्स कतिपटक गर्ने ?
सेक्स कतिपटक गर्ने भन्ने नापतौल छैन । आवश्यकता अनुसार सेक्स गर्न सकिन्छ । तर, भनिन्छ नी धेरै खायो भने चिनि पनि तितो हुन्छ । उपयुक्त समयमा र आफ्नो पार्टनरको मुड हरेर सेक्स गर्न सकिन्छ । त्यसैले एकसातामा तीनपटक सेक्स गर्दा राम्रो हुने विज्ञहरुले बताएका छन् । विहानमा सेक्स गर्दा महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढ्छ । लेखिका जेनी ट्रिप्लेटका अनुसार विहानमा सेक्स गर्दा महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुन्छ ।

 

विहानको सेक्समा कसरी मजा लिने ?
विहानको समयमा पूजापाठ गर्ने, खाना पकाउने, अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ । यदि त्यसको लागि प्रयाप्त समय छ र पार्टनर टेन्सनमा छैन भने विहानमै सेक्स गर्दा राम्रो । विहानको समयमा सेक्सको साथसाथै पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउदै मजा लिन पनि सकिने विज्ञहरुको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै बढि आत्मियता प्राप्त पाउने मात्रै होइन रमाइलो पनि हुन्छ ।

रातिमा सेक्स किन नगर्ने ?
विहानमा सेक्स गर्ने तर रातीमा किन नगर्ने भन्ने जिज्ञासा लाग्न सक्छ । रातीमा खासगरी खाना खाएर बेडमा जाने र सुत्नेबेला सेक्स गर्छन् धेरैजसो जोडिले । तर, खाना खाएर सेक्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु हो । त्यसैले रातीमा सेक्स गनुभन्दा विहान मै गर्दा राम्रो हुने विज्ञहरुको सुझाव छ । रातीको सेक्समा नयाँपन नहुने पनि बताउने गरिएको छ । –एजेन्सी


तपाईंको प्रतिकृयाहरू




 


ताजा अपडेट