डलर ल्याउँदै नाफामूलक अस्पताल र विद्यालय खोल्दै



 

समाज कल्याण परिषद् परिषद्सँग आबद्ध संस्थामध्ये २२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अस्पताल सञ्चालन गरेको पाइएको छ। २२ अस्पतालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट ४५ करोड ४३ लाख र संस्थाको आन्तरिक स्रोतबाट १९ करोड ८५ लाखसमेत ६५ करोड २८ लाखको आयोजना सम्झौता भई विभिन्न स्वास्थ्यसम्बन्धी क्रियाकलाप सञ्चालन गरेका छन्। त्यसैगरी ११ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले विद्यालय सञ्चालन गरेका छन्।

 

विद्यालय सञ्चालन गर्ने एक बालग्रामको नाममा एसओएस चिल्ड्रेन भिलेज इन्टरनेसनल अस्ट्रेलियाबाट ३ अर्ब ४५ लाख बाह्य सहायता र आन्तरिक स्रोततर्फ १ अर्ब ४५ करोड ४८ लाखसमेत ४ अर्ब ४५ करोड ९३ लाख रुपैयाँको सन् २०१७ देखि २०२१ सम्मका लागि सम्झौता गरिएको छ। यस्ता संस्थाले व्यावसायिक प्रकृतिका अस्पताल र विद्यालय सञ्चालन गरे पनि नियनकारी निकायले निगरानी र अनुगमनसमेत गरेको छैन।

 

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वा दातृ निकायबाट प्राप्त गर्ने सहायता रकमको परिचालनसम्बन्धी एकद्वार नीतिको अभावले प्राथमिकता प्राप्त क्षेत्रमा परिचालन हुन सकेको छैन। आईएनजीओले नियमविपरीत सोझै रकम लिने र कार्यक्रम गर्ने गरेको पाइएपछि त्यसलाई नियन्त्रण गर्न नीतिगत सुधारको प्रयास भइरहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले बताए। ‘एकद्वार पद्धतिबाट आईएनजीओको कार्यक्रम सम्झौता गर्ने परिपाटी बसाल्न हामीले यो वर्ष नै नीति बनाइरहेका छौं’, उनले भने। एकद्वार प्रणाली नहुँदा कति पैसा ल्याए कसरी ल्याए र के गरिरहेका छन् भन्नेबारे राज्य संयन्त्र बेखबर जस्तै भएको उनले बताए।

 

अनुगमनमा सरकारकै बेवास्ता

यो वर्ष समाज कल्याण परिषद्बाट कार्यक्रम सञ्चालन, स्वीकृति र अनुगमन हुने गरी प्रस्ताव स्वीकृत भई मन्त्रालयमा पेस भएअनुसार १ वर्षदेखि ५ वर्षभित्र खर्च गर्ने गरी २३ देशका ९८ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बहु क्षेत्रमा कार्यक्रम सञ्चालन गरेका छन्। शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, भूकम्प प्रभावित व्यक्ति, समुदाय विकास, नेतृत्व विकास, बालपोषण, पूर्वाधार विकास, मानव तस्करी नियन्त्रणलगायत क्षेत्रमा प्रस्ताव गरेअनुसार २१ अर्ब ६ करोड ७४ लाखको कार्यक्रम स्वीकृत भएको छ।

 

सरकार कार्य विभाजन नियमावली, २०७४ मा (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक) मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको समन्वय तथा परिचालन गरी गैरसरकारी संस्थाद्वारा कार्यान्वयन गरिएका कार्यक्रमको अनुगमन गर्नुपर्ने स्पष्ट उल्लेख छ। यस्तो अनुगमन परियोजना प्रस्तावअनुसार खर्च गरे–नगरेको सम्बन्धमा अनुगमन गरेको अभिलेख कतै पेस भएको छैन। प्रभावकारी अनुगमन संयन्त्रको अभावमा लक्षित वर्गमा परेको प्रभाव मापन पनि हुन नसकेको प्रतिवेदनले औंल्याएको छ।

 

परिषद्का सदस्य सचिव राजेन्द्रकुमार पौड्यालले परिषद्को संयन्त्रबाहिर गएर पनि केही आईएनजीओले काम गरेको भन्दै नियन्त्रण गर्न नसकेको स्विकारे। ‘त्यस्ता आईएनजीओलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा परिषद्ले अर्थ मन्त्रालयलाई पनि पत्राचार गरिसकेको छ।

 

नेपालमा कार्यरत दुई सय ५९ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले कानुनी आधार र मापदण्डबिनै करिब साढे ६ अर्ब दातामार्फत भित्र्याएका छन्। यसरी ल्याएको रकम आफू अनुकूल खर्च गर्ने गरेको पाइएको छ। तीन वर्षमै यी संस्था सीधै ६ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ भित्र्याउन सफल भएका हुन्।

 

समाज कल्याण नियमावली, २०४९ को नियम १२ मा समाज कल्याण परिषद्ले नेपालभित्र समाज कल्याणसम्बन्धी काममा सहयोग गर्न कुनै पनि अन्तर्राष्ट्रिय संस्थाले अनुमति दिने र नेपालभित्र काम गर्नुअघि परिषद्सँग सम्झौता गर्नुपर्ने स्पष्ट व्यवस्था छ। परिषद्द्वारा जारी वैदेशिक सहयोग स्वीकृतिसम्बन्धी निर्देशिका, २०७१ को बुँदा नं ५ मा संघसंस्थाद्वारा वैदेशिक सहयोगमा कार्यक्रम, परियोजना सञ्चालन गर्नुपूर्व परिषद्बाट स्वीकृति नलिई कार्यक्रम सञ्चालन गरेकोमा एक पटकका लागि वैदेशिक सहयोग खर्च रकम अनुमोदन प्रक्रियामा राखी संस्थालाई सचेत गराई पुनः दोहोरिएमा दण्डात्मक कारबाहीको व्यवस्था छ।

 

राज्यका संयन्त्रले त्यस्ता विदेशी संस्थालाई कारबाही गर्नुको साटो खुलेआम कार्यक्रम गर्न दिइरहेका छन्। परिषद् वा अन्य संयन्त्र लोभलालचमा परेका कारण यस्तो बेथिति नियन्त्रण हुन नसकेको आईएनजीओको परियोजना अनुगमन गरेका प्रा.डा. तत्त्वप्रसाद तिम्सिनाले बताए।

 

आव २०७२/७३ मा ४२ संस्थाले ६१ करोड ८८ लाख ८९ हजार, २०७३/७४ मा १५८ संस्थाले १ अर्ब ५२ करोड ७२ लाख २० हजार र २०७४ /७५ मा ६३ संस्थाले ४ अर्ब २३ करोड ५५ लाख ११ हजारसमेत तीन वटा आर्थिक वर्षमा गरी जम्मा ६ अर्ब ३८ करोड १६ लाख २० हजार सोझै दाता वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग सम्झौता गरी खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ।

 

परियोजना स्वीकृत नगराई नेपाल अपांग महिला संघ काठमाडौंले एजेडब्ल्यूएस (अमेरिका) बाट २०७४/७५ मा ३ अर्ब ३७ करोड १४ लाख ४४ हजार प्राप्त गरी भूकम्पपछिको पुनःस्थापनामा अपांग महिलाको सशक्तीकरण कार्यक्रम सञ्चालन गरी अनुमोदनका लागि पेस गरेको थियो।

 

अर्थ मन्त्रालयको सहायता व्यवस्थापन सूचना प्रणाली (एएमपी)मा समेत सहायता रकम नदेखाई सोझै दातासँग सम्झौता गरी कार्यक्रम सञ्चालन गर्ने कार्यले वित्तीय अनुशासन कमजोर हुने, प्राथमिकता प्राप्त क्षेत्रमा सहयोग परिचालन नहुने तथा सरकारको नियन्त्रणबाहिर रहने स्थिति देखिएकोमा महालेखाले गम्भीर चिन्ता प्रकट गरेको छ।

 

स्वीकृति नलिई कार्यक्रम सञ्चालन गर्ने र अनुमोदनका लागि पेस गर्न सकिने विद्यमान व्यवस्था सान्दर्भिक नभएको र पूर्वस्वीकृति नलिई कार्यक्रम सञ्चालन गर्नेलाई दण्डात्मक कारबाहीको व्यवस्था गर्न महालेखाले सरकारलाई सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस
ओली–प्रचण्डको यस्तो निर्णय, यी ८ मन्त्रीहरुको पद धरापमा

  लामो समय देखि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्को सरकारमा रहेका मन्त्रीहरु हेरफेर

महरालाई अझै ३ दिन हिरासतमा राखिने

  महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप

सोनीका र पारस बीच प्रेम सम्बन्धको वास्तविक खुलासा छिटो हेर्नुहोस

  पुर्वयुवराज पारश शाह र मोडेल तथा भिजे सोनिका रोकायाबिचको हिमचिमका कारण पारश

कार्तिक १ गतेबाट ललितपुरमा गोदावरी मेला सुरु

  आगामी कात्र्तिक १ गतेबाट ललितपुरको जावलाखेल मैदानमा १३ औं गोदावरी फूलको प्रतियोगितात्मक