प्रदेश नं. ५ मा पर्यटन विकासको एकीकृत अवधारणा



सुर्य थापा

 

सन्दर्भ
गौमुखी गाउँपालिका र नेपाल पत्रकार महासंघ, प्यूठान शाखाद्वारा संयुक्त रुपमा आयोजित ‘गौमुखी मिडिया सम्मेलन २०७६’ को अवसरमा झिमरुक नदीको उद्गमस्थल यस गौमुखी क्षेत्र अर्खा, ठूलाचौरमा उपस्थित सबै महानुभावहरुमा स्वागत अभिभवादन व्यक्त गर्दछु । यस सम्मेलनले मूलतः २०६८ सालदेखि पर्यटन मन्त्रालयबाट बजेट विनियोजन गरी यहाँको पूर्वाधार विकास कार्यको थालनी गरेको आफ्नो कार्यलाई अत्यन्त सही रुपमा आत्मसात् गरेकोमा विशेष खुसी छु ।
यस सम्मलेनले स्थानीय, प्रदेश र संघीय सरकार एवं निकायहरुको उचित ध्यानाकर्षण गरी ‘लुम्विनी–स्वर्गद्धारी, गौमुखी र मुक्तिनाथ’ जस्ता प्रसिद्ध धार्मिक र सांस्कृतिक गन्तव्यहरुको एकीकृत पर्यटकीय विकास, प्रबद्र्धन र सुविधायुक्त पूर्वाधार प्रबन्ध र पर्यटकीय बजारीकरण गर्न ठोस योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

 

तपोस्थल
विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, कपिल ऋषिको तपोभुमि कपिलबस्तु, श्रृंग ऋषिको तपोभुमि श्रृंगा, पाणिनी ऋषिको तपोभूमि पाणिनी, स्वामी शशीधरको जन्मभूमि–बामरुख (हंसपुर) र तपोभूमि रेसुंगा, बालतपस्वी महाप्रभुको जन्मस्थल रुम्टी र तपोस्थल स्वर्गद्वारी एवं सच्चिदानन्द गिरीको तपोस्थल सखी, रोल्पा – यस्ता विभिन्न पावनस्थलहरु प्रदेश नं ५ मा अवस्थित छन् । विशेषतः कालीगण्डकी नदी र रिडीमा प्रसिद्ध शालिग्रामको उपलब्धतासमेतलाई बजारीकरण गर्न सकिन्छं । श्वामी, सन्त, महन्त, तपस्वी, ऋषि र महापुरुषहरुको जन्मस्थल यस भूमिलाई हालसम्म तदनुरुप विकास गर्न खासै ध्यान दिनसकेको स्थिति छैन । सुस्ता त्रिवेणीदेखि गौमुखी, ऐरावती–प्यूठान, जुँगे महादेव–बागेश्वरी, नेपालगञ्ज र ठाकुरद्वारा, वर्दियासम्मका यस्ता तमाम गन्तव्यहरुलाई पवित्र धार्मिक–साँस्कृतिक सर्किटअन्तर्गत जोडेर विकास, प्रबद्र्धन र बजारिकरण गर्नुपर्दछ । जगदीशपुर ताल–कपिलबस्तु, सुनछहारी झरना र थवाङ–रोल्पा, नारीकोट–प्यूठान अरु कैयन यस्ता संघर्षभूमि, अनि बाँके र वर्दिया राष्ट्रिय निकुञ्ज तथा ढोरपाटन शिकार आरक्षको महत्वपूर्ण हिस्सा अवस्थित यस प्रदेशलाई दिगो पर्या–पर्यटकीय पूर्वाधार विकास गरेर अघि बढाउन सकिन्छ ।

 

अन्तर्राष्ट्रिय गन्तव्य
लुम्बिनी
सभ्यताको विकासको हिसाबले हेर्दा शाक्य र कोलिय गणराज्य कपिलबस्तु र परासीका धेरै पौराणिक अवशेषहरु यहाँ रहेको तथ्य निर्विवाद छ । कोलिय सभ्यताको केन्द्र रामग्राम, बुद्धको मावली देवदह, शाक्यमुनी बुद्धको जन्मस्थल लुम्बिनी र शाक्य गणराज्यको केन्द्र, राजधानी तौलिहवा रहेको स्पष्टै छ ।

 

थेरावाद बुद्ध परम्पाराअनुसार नेपाल एक होइन, तीन बुद्धको जन्मस्थल हो र २९औं बुद्धसमेत यहीँ जन्मनेछन् । शाक्यमुनी बुद्ध, जसलाई संसारले गौतम बुद्धका नामले चिन्दछ । उनको जन्मभूमि लुम्बिनी हो । उनीभन्दा पहिले २५ औं बुद्धका रुपमा क्रकुचन्द बुद्ध कपिलबस्तु गोटीहवाको खेमावती भन्ने ठाउँमा र २६ औं बुद्धका रुपमा कनकमणि बुद्ध अरोरकोट, शोभावतीमा जन्मेको ऐतिहासिक तथ्य प्रमाणित छ । लुम्बिनीमा सम्राट अशोकले स्तम्भ स्थापित गरेर शाक्यमुनी बुद्धको जन्मस्थललाई सर्वप्रथम चिन्हित गरजस्तै क्रकुचन्द र कनकमणि बुद्धका जन्मथलोमा समेत एवंप्रकारले स्तम्भ खडा गरिएको थियो । र, अब जन्मिने भनिएका मैत्रीय बुद्ध पनि करिब २,५०० बर्षपछि यहीँकै पवित्र भूमिमा जन्मने विश्वास रहेको छ ।

 

लुम्बिनीमा बुद्ध जन्मेको यथार्थलाई कसैले चाहेर पनि मोड्न र छोपिन सक्दैन । सम्राट अशोकले स्तम्भ स्थापना गरेर प्रमाणित गरेको यस तथ्यलाई कसैका नक्कली प्रपञ्च, भ्रम पार्ने प्रयाशस्वरुप निर्मित भौतिक संरचना र जालसाजीले फरक पार्न संभव छैन । वास्तवमा यो हाम्रो महत्वपूर्ण पुँजी र विश्वविख्यात सम्पदा हो । यसको स्वामित्वका साथ प्रबद्र्धन र बजारीकरण गर्न सक्नुपर्छ । यो काम अहिलेसम्म उचितढंगले गर्न सकिएको छैन । कतिपय मान्छेको बुझाइमा समस्या भएर यो स्थिति कायम रहिआएको देखिन्छ । खासगरी बुद्ध धर्म हो कि जीवन पद्धति ? अथवा अन्तर्राष्ट्रिय पर्यटनको माध्यम ? एकथरीले यसलाई धर्मका रुपमा लिन्छन् र तदनुरुप व्याख्या गर्छन् ।

 

अर्काथरीले यसलाई जीवन पद्धति ठान्दछन् । संसारभरि बुद्धका डेढ अर्ब अनुयायीमध्ये कतिले यसलाई जीवन पद्धति त कतिले धर्मका रुपमा, तर दुबै हिसाबले मान्दछन् । यथार्थमा यो शान्तिको सत्मार्ग, वैज्ञानिक दर्शन र जीवनपद्धति हो । जीवन पद्धतिलाई अहिंसा, ध्यान र सम्यक दृष्टिमार्फत बुझ्न र बुझाउन बुद्धको महत्वपूर्ण योगदान रहेको छ । बुद्ध आफै मूर्तिपूजाका विरोधी थिए, तर बिडम्वना पछिल्लो कालमा संसारमा बुद्धका जति मूर्ति शायद अरु कसैका बनेका होलान् । लुम्बिनीसहित बुद्धसँग सम्बन्धित चार स्थान अन्तर्राष्ट्रिय रुपमै बौद्धिष्ट सर्किट पर्यटनको आधारशीलाका रुपमा स्थापित छन् ।

 

बुद्धले आफ्नो जीवनकालमा नै अनुयायीहरुलाई चार स्थानको भ्रमणका निम्ति जोड दिएको पाइन्छ । यति गरे सुशुद्धि प्राप्त गर्न सकिन्छ समेत भनेको स्पष्ट छ । जन्मभूमि लुम्बिनी, बुद्धत्व प्राप्त गरेको स्थान बोधगया, पहिलो प्रवचन गरेको ठाउँ सारनाथ र महापरिनिर्माण स्थल कुशीनगर–बुद्धले आफ्ना शिष्य आनन्दमार्फत यी चार स्थानको चर्चा गरेका थिए । जीवनमा एक पटक बुद्धको पावन जन्मभूमिमा पुग्ने आकांक्षा बोकेका दुनियाँभरिका बुद्धमार्गीहरुलाई लुम्बिनी र नेपालको भ्रमणमा आकर्षित गर्न सकिन्छ । यसबाट नेपालको पर्यटन उद्योगमा विल्कुलै नयाँ अवस्था सिर्जना हुने प्रायःनिश्चित छ ।

 

स्वर्गद्वारी
स्वर्गद्वारी आश्रम मुलुककै एउटा महत्वपूर्ण धार्मिक र सांस्कृतिक धरोहर हो । यसको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले निकै ठूलो महत्व रहेको छ । यद्यपि, पूर्वाधारका हिसाबले यसको समुचित विकास अझै हुनसकेको छैन । यहाँ त्रिकालदर्शी महाप्रभुले विसं १९५२ साल बैशाख पूर्णिमाको दिनदेखि प्रारम्भ गरेको विश्व शाान्ति र कल्याणका खातिर अखण्ड होमादि महायज्ञ १ सय २५ बर्षयता निरन्तर संचालित छ ।

 

स्वर्गद्वारी आश्रम एकजना सामान्य नेपाली, अझ पिछडिएको आजको रोल्पामा सिंगो समाज र परिवारबाट समेत उपेक्षित–अशिक्षित र ंबहिस्कृत बालक तपस्वीले स्थापना गरी अहिलेको प्रसिद्धिमा पु¥याएको इतिहासले देखाउ“छ । यो दुई–तीन पुस्ताअघिको मात्रै मानव–साधनाको परिणाम थियो । आफ्ना भक्तजनहरुबाट प्राप्त भेटीइत्यादि खर्चेर आश्रमको सञ्चालनका लागि व्यवस्था मिलाइएको जग्गा–जमिनको आयस्ता र अहिले पनि भक्तिजनहरुको भेटीबाट जम्मा हुने आम्दानी यसको सञ्चालन र निरन्तरताको प्रमुख आधार रहेको छ ।
स्वर्गद्वारीका बारेमा अनेकौं किम्वदन्ती छन् । ‘महाप्रभु’लाई भेट्ने पुस्ताका मानिसहरु नै अझै जीवित रहेकासमेत पाइन्छन् । वास्तवमा यो मानवनिर्मित सम्पदा हो । यसको विकासमा नया“ पिंढीले ठोस पहलकदमी लिनु आवश्यक छ ।

 

स्वर्गद्वारी आश्रमको सम्पत्तिका रुपमा यसको दाङमा सयौं विगाहा उर्बर जमिन रहेको छ । २०६२ साल चैत १४ गते सर्वोच्च अदालतको संयुक्त इजलाश (न्यायाधीशद्वय रामप्रसाद श्रेष्ठ र दामोदरप्रसाद शर्मा)ले गरेको फैसलाबाट स्वर्गद्वारी आश्रमको जग्गाको स्वामित्वमा सिर्जना गर्न खोजिएको कथित विवाद समाप्त भएको छ । उक्त फैसलामा स्पष्ट उल्लेख गरिएको छ ः
‘…स्वर्गद्धारी आश्रम महाप्रभु हंसानन्द गिरीको झोलीको पैसाबाट खरिद गरिएका जग्गाको आयस्ताबाट १९९६ को ताम्रपत्रमा व्यक्त गरिएको महाप्रभुको इच्छाअनुसार आश्रमकै शिक्ष्य प्रशिष्यहरुबाट सञ्चालन हुनुपर्ने र श्री ५ को सरकार र गुठी संस्थानबाट संरक्षित विशेष प्रकृतिको निजी गुठी भएको देखिँदा सो आश्रमको स्वायत्ततामा आँच पुग्ने गरी कुनै हस्तक्षेप नगर्नु नगराउनु र यज्ञको होमादि कार्य खण्डित हुन नदिन स्वर्गद्धारी आश्रमको नाममा दर्ता रहेको जग्गा कुनै पनि किसिमले खण्डित र हिनामिना हुन नदिन आवश्यक संरक्षण प्रदान गर्नु गराउनु भनी विपक्षीहरु भ्ूमिसुधार तथा व्यवस्था मन्त्रालय र गुठी संस्थान केन्द्रीय कार्यालयको नाममा परमादेशसमेत जारी हुने ठहर्छ । फैसलाको प्रतिलिपिसहित फैसला भएको जानकारी विपक्षीहरु भूमिसुधार तथा व्यवस्था मन्त्रालय र गुठी संस्थान केन्दी्रय कार्यालयलाई दिई मिसिल नियमानुसार बुझाइ दिनु ।’

 

विसं १९९७ साल मंसिर १७ गते महाप्रभु ब्रम्हलीन भएको र त्यसअघि १९९६ सालमै एउटा ताम्रपत्रमा दाङमा रहेको ११ सय विगाह जग्गा सम्बन्धमा महाप्रभुको अभिप्राय स्पष्ट गरिएको थियो । खासगरी २०४६, २०५१ र २०६३ का परिवर्तन र सरकार हेरफेरसँगै स्वर्गद्वारी र मोहीबीचको अन्तहीनजस्तै विवादका कारण जग्गाबाट हुने आश्रमको आयस्ता नाम मात्रको रहेको छ । बैंकहरुले नगद मौज्दातबापतको ब्याज घटाएकाले आश्रमको आम्दानी निरन्तर घटिरहेको छ । यहाँको अखण्ड यज्ञ संचालनका निम्ति जीवनको आखिरीमा महाप्रभु स्वयंद्वारा जारी ताम्रपत्र यसप्रकार रहेको छ ः
‘श्री
ॐ श्री परमात्मने नमः
बालतपसी १०८ स्वामी हंसानन्द गिरी कस्य पत्रम्
यस तपोभूमि स्वर्गद्धारीमा १९५२ साल वैशाख पूर्णिमाबाट मैले स्थापना गरेको अखण्ड यज्ञ आजसम्म जसरी चली आएको छ । मेरा शेषपछि यसमा कुनै काम खण्डित हुनाकन नदिई यज्ञको काम चलाउनु । यस आश्रममा आएर जसले निष्ठापूर्वक सन्यास लिन्छ, त्यसैद्वारा ज्येष्ठताको आधारमा यहाँको महन्त बनी गरी आयाको अर्वपर्व पूजा पाठ होम होमादि साधु अभ्यागत समेतको रेखदेख गरी काम चलाउनु । यज्ञ चलाउनको लागि मैले झोलीको पैसाबाट चेलाप्रचेलाहरुका नाउँमा खरिद गरिलियाको दाङ देउखुरीका जग्गाहरु छन् । सोही जमीनको आयस्ताले काम चल्ने छ । कुनै विघ्नबाधा पर्न आएमा सरकारमा जाहेर गर्नु । यस यज्ञको होमादि कार्य खण्डित हुन गएमा राष्ट्र तथा विश्वमा नै भारी भयानक हुनेछ । सो जानी मेरा शिष्य प्रशिष्यले आफूले यहाँको नियम पालना गरी यज्ञको काम चलाउनु अस्तु…..।
स्वदत्तां परदत्तां वा यो हरेच्च बसुन्धराम् ।
षष्ठीवर्षसहस्राणि विष्टायां जायते कृमि ।।
(नेपालीमा अर्थ ः आफूले वा अरुले दान गरेको भूमि जसले हरण गर्छ, उसले साठी हजार वर्षसम्म विष्टा (नरक) को कीरा भएर जन्मनु पर्छ । इति सम्वत् १९९६ साल माघ सुदि रोज २ शुभम् ।)’

यसविपरित कार्य हुनाले आश्रमको संचालनमा अभाव र समस्या पर्ने गरेको छ । समयानुकूल आश्रमको चलअचल सम्पत्तिको वैकल्पिक, बहुउपयोगी र आकर्षक मुनाफामूलक क्षेत्र पहिचान गरेर लगानी गरी अघि बढ्नु जरुरी देखिएको छ ।
स्वर्गद्वारीको विकासका लागि नया“ शिराबाट सोच्न र ठोस गुरुयोजना बनाएर अघि बढ्नु जरुरी छ । त्यसनिम्ति स्वर्गद्वारीको ऐतिहासिक र धार्मिक महत्वको रक्षा गर्दै आश्रमलाई परम्परागत प्रशासनिक जकड र प्रभुत्वबाट मुक्त गरी जनताको सहभागितामूलक संयन्त्रमार्फत् सञ्चालन गर्नु आवश्यक छ । स्वर्गद्वारी आश्रमको आम्दानीबाट अनुत्पादक रुपमा ठूलो धनराशी खर्च गर्ने स्थितिको अन्त्य गरिनुपर्छ । आश्रमस“ग सम्बन्धित योगी–सन्यासीहरुलाई त्यही“ सम्मानपूर्वक बस्ने तथा योग–ध्यान र चिन्तनमनन गर्ने सुविधाजनक वातावरण बनाउनुपर्छ । योग्य पुजारी नियुक्त गरी तलबमा राख्ने व्यवस्था मिलाउनुपर्छ ।

 

यसलाई धार्मिक चिन्तक र योगीहरुको केन्द्रका रुपमा विकसित गरिनुपर्दछ । तबमात्रै देश–विदेशका ठूला–ठूला साधु–सन्त, योगी, ऋषि र महर्षिहरु आएर योग–ध्यान तपस्या गर्न सक्दछन् । जसरी पशुपतिनाथको विकासका लागि राज्यको ठूलो धनराशी खर्च गरिएको छ, पश्चिम नेपालको एउटा महत्वपूर्ण धार्मिकस्थलका हैसियतमा स्वर्गद्वारीको विकास गर्न राज्यले उल्लेखनीय नेतृत्व, प्रयास र लगानी गर्नुपर्छ । स्वर्गद्वारीको पूर्वाधार विकासको कामलाई मुख्यतः नेपाल–भारत सरकारको संयुक्त प्रयासमा अघि बढाउनुपर्दछ । किनभने, अहिले पनि स्वर्गद्वारी आश्रममा आउने तीर्थयात्रीहरुमा भारतको विहार–उत्तर प्रदेशका हिन्दू धर्मावलम्बीहरुको संख्या सबभन्दा ठूलो रहेको तथ्यांकले देखाउ“छ । पं. नारायणप्रसाद पोखरेलको अगुवाईमा दाङमा महायज्ञमार्फत् संकलित करिब ६८ लाख रुपिया“ले घोराही–स्वर्गद्वारी सडकको ट्रयाक बनेको थियो, त्यसलाई छिटोभन्दा छिटो ग्राभेल र पक्की गरिनुपर्छ ।

 

यस्तै, भालुवाङ–चकचके–रोल्पा सडक ग्राभेल र कालोपत्रे भएको छ । हामीले पहल गरी २०६६ सालमा बनेको भिंगृ–स्वर्गद्वारी सडकलाई धरमपानीसम्म सडक पक्की गर्ने काम अविलम्ब सम्पन्न गर्नुपर्छ ।
प्यूठानको स्वर्गद्वारीलाई मुस्ताङको मुक्तिनाथस“ग जोडेर विशेष ‘सा“स्कृतिक–करिडर’ निर्माण गर्नु अत्यावश्यक छ । त्यसका निम्ति भिङ्ग्री–विजुवार–मच्छी–ठूलाबेसी सडकलाई बाग्लुङको भीमगिठे हुँदै कालीगण्डकी करिडरमा जोड्ने कामलाई राष्ट्रिय योजनाअन्तर्गत नै अघि बढाउनुपर्छ । यस सडकबाट बेनी–मुस्ताङ हु“दै तिब्बतको लोमान्थाङ कोरलासम्म छिट्टै सडक सञ्जाल विस्तार र संचालन हुन्छ । जो नेपाललाई भारत र चीनस“ग जोड्ने नया“ अन्तर्राष्ट्रिय व्यापारिक र सांस्कृतिक मार्ग बन्नसक्छ । यस सांस्कृतिक पर्यटकीय मार्गमा झिमरुक नदीको उद्गमस्थल गौमुखी, जैविक विविधतायुक्त ढोरपाटन र प्राकृतिक औषधालयका रुपमा चिनिने तातोपानीकुण्ड, म्याग्दीलाई समेत समेट्न सकिन्छ । साथै, सालझण्डी–सौतामारे–ढोरपाटन सडकखण्ड कालोपत्रे गरेर कृष्णनगर र सुनौली नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय र अन्य पर्यटकहरुको स्वर्गद्वारी गन्तव्यलाई सहज बनाउन सकिन्छ । यसो गर्दा पूर्वी नेपाल र राजधानीबाट स्वर्गद्वारी जानेहरुलाई समेत सुविधा हुन सक्दछ ।

 

यसरी सडक पूर्वाधारको निर्माणमा ध्यान दिने हो भने स्वर्गद्वारीको धार्मिक–सांस्कृतिक महिमा स“गस“गै यसको पर्यटकीय विकास गर्न पनि सम्भव हुन्छ । तत्पश्चात् मध्य पहाडी जिल्ला प्यूठानका बासिन्दाहरु रोजगारी र जीविकाका लागि भारतको दिल्ली, पञ्जाब तथा खाडी मुलुकको कष्टसाध्य मजदुरीमा जानुपर्ने विद्यमान नियतीको अन्त्य गर्न सकिन्छ । र, आफ्नै थलोमा रोजगारी, व्यापार–व्यवसाय र पर्यटन विस्तारको ढोका खोल्न सकिन्छ ।

 

भिङ्गृबाट स्वर्गद्वारा पुग्ने ‘ट्रेकिङ–रुट’लाई व्यवस्थित गरेर धार्मिक भावनाद्वारा पे्ररित तीर्थालुहरुलाई पैदल नै स्वर्गद्वारी पुग्ने स्थिति अझ सहज बनाउन सकिन्छ । यस्तै, त्यहा“ पुग्ने मोटरबाटो निर्माणको अधुरो प्रयासलाई समेत कालोपत्रे पूरा गरेर स्वर्गद्वारी पुग्न सहज बनाउन सकिन्छ । अझ महत्वपूर्ण कुरा, भिङ्गृदेखि स्वर्गद्वारीसम्म केबुलकार निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ । आश्रम र स्थानीय जनता र समुदायको सहभागितामा त्यसको कार्यान्वयनलाई अघि बढाउनुपर्छ । जहा“, स्वर्गद्वारी आश्रम, स्थानीय वासिन्दा, केबुलकार कम्पनी र राज्यले संयुक्त लगानी गरी आकर्षक प्रतिफल हासिल गरेर आम्दानी बढाउन सक्छन् ।

 

यातायात, सञ्चार, होटल–रिसोर्ट, खानेपानी आदिको समुचित व्यवस्था गर्दै समग्र पूर्वाधार विकास गर्नसक्ने हो भने स्वर्गद्वारी आश्रमले मुलुककै राष्ट्रिय आम्दानीमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने प्रचुर सम्भाव्यता रहेको छ । यसको सदुपयोग गरी विश्वविद्यालय, अस्पताल, पुस्तकालय, जैविक पार्क, विद्यालय र बृद्धाश्रमहरुसमेत सञ्चालन गर्न सकिन्छ । अझ नेपाल संस्कृत विश्वविद्यालयलाई पशुपतिनाथ र स्वर्गद्वारीस“ग समन्वय गरी दाङको उर्बर फा“टबाट स्वर्गद्वारी तपोस्थलमा सार्न सकिन्छ । र, आयुर्वेदिक एवं संस्कृत विश्वविद्यालयको सञ्चालन गर्न सम्भव हुन्छ । यसका निम्ति जनस्तरबाट समेत ठोस पहल र प्रयत्न गरिनुपर्दछ ।

 

स्वर्गद्वारी आश्रमको आध्यात्मिक र धार्मिक रुपमा मात्रै विकास गरेर पुग्दैन, यसको धार्मिक–पर्यटकीय सम्भाव्यतालाई देखेर विकासको ठोस प्रयास केन्द्रित गर्नुपर्दछ । उल्लिखित तमाम कामलाई सुव्यवस्थित रुपमा अघि बढाउन प्यूठान र दाङका प्रमुख जिल्ला अधिकारी सम्मिलित हालको सञ्चालक समितिले नेतृत्व गर्न सक्दैन । अधिकारसम्पन्न स्वर्गद्वारी विकास बोर्ड वा कोष नै गठन गरी नया“ संयन्त्रमार्फत सम्भावनाको खोजी गरेर अघि बढ्नेतर्फ राज्यले तत्काल आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । स्वर्गद्वारीको स्वामित्वमा रहेको भूमि सम्बन्धमा कायम विवादको अन्त्य गर्दै भौतिक पूर्वाधार र पर्यटकीय सम्भावनाको विकास गर्नेतर्फ ठोस प्रयास अघि बढाउनुपर्दछ ।

 

दृश्यालोकन
स्वर्गद्धारी आश्रमबाट धौलागिरी, अन्नपूर्ण, मनास्लु गरी विश्वका ८ हजार मिटरभन्दा बढी उचाइका १४ मध्येका नेपालमा अवस्थित ८ मध्ये ३ वटा उच्च हिमशिखरको दृश्वालोकन गर्न सकिन्छ । माछापुच्छ«े र निलगिरीसमेत देख्न सकिन्छ । यस स्थितिको व्यवसायिक रुपमा आश्रमको पूर्वी उत्तर मोहडामा टेलिस्कोप राखी दृश्वालोकनको प्रबन्ध मिलाउन सकिन्छ । यसबाट आश्रमले नयाँ आम्दानी समेत गर्नसक्दछ ।

 

परिक्रमा मार्ग
लुम्बिनीपछि स्वर्गद्वारी आश्रम सिंगो प्रदेश नं ५ को महत्वपूर्ण धार्मिक गन्तव्यका रुपमा स्थापित छ । यद्यपि लुम्बिनी र स्वर्गद्वारीको फरकफरक धार्मिक मत र सांस्कृतिक मान्यताका साथ तर एउटै उद्देश्य – विश्व शान्ति स्थापनार्थ विशेष महिमा रहेको छ । लुम्बिनी विकासको गुरुयोजना ४० वर्षदेखि कार्यन्वयनमा रहेको छ र लुम्बिनी विकास कोषसमेत क्रियाशील छ । स्वर्गद्वारी विकासका खातिर यस्तो कुनै संरचना छैन् । तथापि, गुरुयोजना तर्जुमा गरी कार्यन्वयन गर्नु अत्यावश्यक भएको छ । गुरुयोजनाको पछिल्लो आधार स्वर्गद्वारी परिक्रमा मार्ग हो, जसले आसपासका भूगोल र जनजीवनलाइ दीर्घकालीन रुपमा स्वर्गद्वारीको विकास, प्रगति र प्रतिफलसँग आबद्ध गर्नसक्ने छ । यस निम्ति निम्न बमोजिमको परिक्रमा मार्ग निर्माण गरिनुपर्दछ ः

– आरम्भबिन्दु
– भिंगृकोट विद्यालय
– तापे र सिम्ले
– जुगेनाको तल्लो भाग
– कालीपोखरी चौतारी
– रुमछेडा
– दाबाङ भलाइडाँडा विदालय
– साक्रीबाङ
– बाह्रबिसेमाथी
– टार माथिल्लो भाग
– खुर्पीखोला किनार
– लिब्जा तल्लोभाग
– ढुङग्यान
– जोगीमारा तल
-खोलाखर्क जोरीपोखरी
-गोगनपानी
-् भिंगृकोट धर्मशाला र
-् आरम्भबिन्दु ।

यस परिक्रमा मार्गले स्वर्गद्वारी नगरपालिका वडा नं १, २, ३, ४, ८ र ९ लाई परस्पररमा आबद्ध गरी विकासको प्रतिफल र पहुँच स्थानीय समाज र जनसमक्ष पु¥याउन सक्नेछ । यसका बिन्दुहरुमा बहस छलफ गरी विस्तृत परियोजना तयार गरिने छ ।

 

मुक्तिनाथ

प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ हिन्दु र बौद्धिमार्गी तीर्थयात्रीहरु पुग्ने विशेष गन्तव्यका रुपमा प्रसिद्ध रहेको छ । समुन्द्र सतहदेखि ३,७१० मिटर उचाईमा नेपालको हिमालपारीको जिल्लाका रुपमा अवस्थित मुस्ताङमा मुक्तिनाथ मन्दिर अवस्थित छ । मुक्तिनाथ र दामोदर कुण्ड भारतबाट आउने पर्यटक र श्रद्धालुहरुका लागि विशेष आकर्षण मानिन्छन् । बौद्धमागीहरुले यसलाई छुमिङ ग्यात्सा अर्थात सयपानी भन्दछन् । लुम्बिनीबाट निर्माणधीन कालीगण्डकी करिडोर र सालझण्डी–ढोरपाटन सडकमार्ग तथा स्वर्गद्धारीबाट कृष्णसेन–आश्रित प्रादेशिक सडक कोइलाबास–कोरला सडक हुँदै मुक्तिनाथ पुग्ने पूर्वाधार निर्माणधीन रहेका छन् । भविष्यमा भैरहवा–जोमसोम, स्वर्गद्धारी–जोमसोम सिधा हवाइ उडानको संभावनासमेत रहेको छ ।

 

कालीगण्डकीमा पाइने शालिग्रामको लागि पनि यो तीर्थस्थल बढी प्रसिद्ध रहेको छ । शालिग्रामलाई भगवानका रुपमा पूजा गर्ने गरिन्छ । यो स्थल बैष्णव सम्प्रदायको समेत विशेष तीर्थस्थल हो । विकट र हिमाली क्षेत्रमा अवस्थित मुक्तिनाथ क्षेत्रलाइ हिन्दु र बौद्धहरु गरी संसारभरको ३ अर्ब जनसंख्याको साझा गन्तव्यका रुपमा प्रबद्र्धन गरिनुपर्दछ । स्वर्गद्धारी आउने हिन्दुहरु र लुम्बिनी आउने बौद्धमार्गीहरुलाई सडक र हवाइ यातायातमार्फत मुक्तिनाथ पुग्न, दर्शन गर्न, खानबस्न र यातायातको सहज एवं व्यवस्थित प्रबन्ध मिलाउने हो भने यो विशेष सांस्कृतिक र धार्मिक आकर्षणको गन्तव्य हुनसक्दछ । लाखौं पर्यटकहरुको यहाँ ओइरो लाग्न सक्दछ ।

ढोरपाटन
पर्यटन विकासको लागि राष्ट्रिय निकुञ्ज, बन्यजन्तु आरक्ष, संरक्षित क्षेत्र र शिकार आरक्षको महत्वपूर्ण भूमिका हुने निश्चित छ । यस हिसावले गौमुखी आसपासको संरक्षित क्षेत्र, जलजला क्षेत्र, मदाने संरक्षण क्षेत्र, गौमुखी संरक्षित बन र देशको एकमात्र ढोरपाटन शिकार आरक्षले यस क्षेत्रमा पर्यटन विकासको लागि विशेष योगदान गर्नसक्ने स्थिति विद्यमान रहेको छ । यसका लागि पूर्वी रुकुम, म्याग्दी र बाग्लुङ जिल्लामा अवस्थित यसको क्षेत्रफल १,३२५ वर्ग किमी रहेको छ । २०४० सालमा ढोरपाटन शिकार आरक्ष घोषणा गरिएको थियो । समुन्द्री सतहबाट २,८५० देखि ५,४०० मिटरको उचाइमा यो अवस्थित छ । यहाँ नाउर, झारललगायतका जनावरको व्यवसायिक शिकार गर्ने व्यवस्था रहेको छ ।

प्रादेशिक गन्तव्य
रुरु रेसुङगा
पौराणिक र ऐतिहासिक कालदेखि धार्मिक भावनाले स्थापित तपोभूमिका रुपमा रहेको रेसुङ्गा अहिले राम्रो पर्यटकीय स्थलको सम्भावना बोकेर संरक्षण, पूर्वाधार निर्माण र विकासको पर्खाइमा रहेको छ ।
चौबिसे राज्यका चार राज्यहरु गुल्मी, धुर्काेट, मुसीकोट र इस्मा अहिले गुल्मीमा पर्दछन् । स्वामी शशीधरले पृथ्वीनारायण शाहसँग वि.सं १८२६ सालतिरै काठमाडौं आउँदा भेट गरेका थिए । त्यस भेटमा उनले पृथ्वीनारायण शाहलाई सबै जातजातिलाई समान दृष्टिले हेर्न र तदअनुकूल व्यवहार गर्न सल्लाह दिएको बताइन्छ । त्यही सल्लाहबाट प्रेरित भएर नै पृथ्वीनारायण शाहले नेपाल चार वर्ण छत्तिस जातको पूmलबारी हो भन्ने दिव्योपदेश बोलेका थिए । पृथ्वीनारायण शाहसँग उनको वि.सं १८३१ सम्म नै संगत रह्यो ।

 

पृथ्वीनारायण शाहको देहावसानपछि शशीधर स्वामी फर्केर आफ्नो पैतृक आश्रम रेसुङ्गामै बसे । उनी त्यहाँ बस्नुपर्ने विशेष कारण थियो । त्यतिबेलासम्म गण्डकी पश्चिमको नेपाल एकीकरण भएको थिएन । उनले नेपाल एकीकरण अभियानलाई रेसुङ्गामा बसेर नै मद्दत पु¥याए । अर्थात त्यतिबेला राजनीतिक तथा सैनिक केन्द्र काठमाडौं थियो भने एक प्रकारले वैचारिक केन्द्रजस्तो रेसुङ्गा थियो, जसकोे नेपाल दरबारसँग गहिरो सम्बन्ध थियो । दरबारका भारदारहरु शिक्षा–दीक्षाका लागि रेसुङ्गा पुग्ने गर्दथे ।

 

स्वयम् श्री ५ रणबहादुर शाह जोसमनी सन्त परम्पराबाट अत्यन्त प्रभावित भई शशीधर स्वामीबाट दीक्षित बनेर स्वामी निर्वाणानन्द बनेका थिए । रणबहादुर शाहसँग गुल्मी दरबारकी राजकुमारी, राजराजेश्वरीदेवीलाई विवाह गराउने संयोग पनि स्वामी शशीधरले नै पाएका थिए, जो पछि नेपालको राजनीतिमा अहम् भूमिका खेल्ने बडामहारानी राजराजेश्वरीदेवीका रुपमा चर्चित बन्न पुगिन् । तत्कालीन प्रधानमन्त्री भीमसेन थापाका भाई जनरल रणवीरसिंह थापाले रेसुङ्गामा बसेर बाह्र वर्षसम्म विद्या आर्जन गरी स्वामी अभयानन्द बनेका थिए ।

 

अर्थात आजको रेसुङ्गाको तत्कालीन महत्व अहिले सतहमा देखिएको छैन । रेसुङ्गाको तत्कालीन संरचना बीचमा खरानी भयो । २००७ सालमा राणाशासनको विदावारीपछि २००९ सालमा रेसुङ्गाको दक्षिण–पश्चिम काखमा रहेको तम्घासमा गुल्मी जिल्लाको सदरमुकाम सार्ने निर्णय भयो । त्यसबाट रेसुङ्गामा बसिरहेका यदुकानन्द प्रभुले आफ्नो अपमान भएको ठाने । फलस्वरुप उनले आफू बस्ने आश्रम र धर्मशाला सबैतिर आगो लगाएर यज्ञशालाभित्र रहेको विशाल होमखाडीमा कैयौं बहुमुल्य बस्तुहरु हवन गरे । यो २०११ सालको कुरा थियोे । त्यसपछि उनी बाहिर ताला लगाएर त्यहाँभित्रै बस्न थाले । यदुकानन्द प्रभु काठमाडौं कलंकी निवासी गोकुलानन्द रिजालका छोरा थिए ।

 

उनी दरबारभित्र पूजारी थिए । तर आफ्नी पत्नीको मृत्यु वियोगबाट विरक्तिएर घुम्दै गुल्मेली ठेक्का रजौटा धैरेनीका राजा चिरञ्जीवी शाहको दरबारमा पुगेका थिए । राजा चिरञ्जीवीको सल्लाहअनुसार नै उनी रेसुङ्गामा प्रभु बनेर बस्न राजी भए । राजा चिरञ्जीवीकी फुपु जुद्धशम्शेरकी रानी थिइन् । त्यही संयोगका कारण यदुकानन्दलाई जुद्धशमशेरबाट अकूत धनसम्पति पनि उपलब्ध हुन थाल्यो । त्यसबाट सुरुमा सामान्य कुटी बनाएर बसेका यदुकानन्दको तीन तल्ले तामाको छानो र सुनको गजुर भएको यज्ञशाला बन्यो, जो अहिले पनि छ । साथै, उनको आश्रममा होमखाडी, कृष्ण मन्दिरआदि बने । उनको गद्दी त पाँचसय तोला चाँदीको नै बन्यो । एकसय वटा असर्फीको माला, बत्तीस तोला सुनले मोडेर बनाइएको गौमुखी रुद्राक्ष माला, बेलायतबाट झिकाइएको रेशमी पिताम्बर पहिरन, तामदाममा सुनको गजुर भएको झल्लेरी छाता ओढाएर अहोरात्र, भजनकीर्तन, हार्माेनियम र ग्रामोफोनको संगीत गुञ्जाएर यदुकानन्द आश्रमलाई मानिसहरुको अत्यधिक भक्ति–भावनाको केन्द्र बनाउथें ।

 

राणा शासनको अन्त्यपछि उनले पाउने आर्थिक सहयोगमा कटौती भयो । र, तम्घासमा सदरमुकाम राखेपछि रिसले चूर भई उनले आफ्नो वैभवशाली आश्रमलाई नै खरानी पारे । २०१६ सालमा राजा महेन्द्रका साथ गुल्मी पुगेका तत्कालीन प्रधानमन्त्री बीपी कोइराला पनि यदुकानन्दको दर्शन गर्न रेसुङ्गा पुगेका थिए । तर रिसले आगो भएर बसेका उनले बीपीलाई आफ्नो सर्वाङ्ग नाङ्गो रुप देखाइदिएका थिए । २०२१ सालसम्मको रेसुङ्गाको सम्पूर्ण ऐतिहासिकतालाई डढाएर उनी काठमाडौं फर्के । र, २०२८ सालमा पशुपति धर्मशालामा उनले देहत्याग गरे ।

 

रेसुङ्गा तम्घास उपत्यकालाई उत्तर–पूर्वबाट अङ्कमाल गरेर नेपालका केही ऐतिहासिक एवम् पुरातात्विक स्थल तथा संरचनाहरुलाई शिर र काखमा राखी बसेको पर्वत–शृङ्खलाको नाम हो । समुद्र सतहदेखि ७ हजार ४ सय फिट उचाइ र तीन हजार चार सय हेक्टर भू–भागमा यो ऐतिहासिक स्थल फैलिएको छ । तल्लो भागमा गुल्मीका तम्घास, अर्खले, पराल्मी, बलीथुम, जुभुङ्ग, गौडाकोट, दरबार–देवीस्थान, दुबीचौर, सिमीचौर, हस्तीचौर, बडागाउँ गरी ११ गाउँहरुले यसलाई घेरेका छन् । रेसुङ्गालाई पर्यटकीय गन्तव्यका रुपमा खासगरी धार्मिक पर्यटकीय धामको रुपमा विकास गर्ने सम्भावना निकै व्यापक छ । एक त यो नेपाल एकीकरणकालदेखि नै चर्चित रहँदै आएको स्थल हो । साथै, प्राकृतिकरुपमा पनि अत्यन्तै मनोरम रहेको हुँदा यसले विराट संभावना र उज्यालो भविष्य बोकेको छ ।

 

रेसङ्गा क्षेत्रबारे अझ राम्ररी अध्ययन गर्ने हो भने तानसेन, रुरु क्षेत्र, श्रृङ्गेश्वर हुँदै गुल्मीको सदरमुकाम तम्घास र त्यसको पश्चिमपट्टि धुर्काेटमा रहेको बिचित्र गुफा भएर प्यूठानको गौमुखी र स्वर्गद्धारीसम्मलाई समेटेर पर्यटन क्षेत्र विकासको फराकिलो गुरुयोजनाभित्र राख्न र तदनुरुप पूर्वाधार निर्माण गर्न सकिन्छ । अर्काेतिर रेसुङ्गाबाट बाग्लुङ्गको ढोरपाटनसम्मको एउटा सिङ्गो क्षेत्रलाई त्यस गुरुयोजनाभित्र समेटेर लुम्बिनी–रेसुङ्गा–स्वर्गद्धारी–गौमुखी–ढोरपाटन र मुक्तिनाथ (मुस्ताङ) सम्मलाई एउटै विशेष गुरुयोजनाअन्तर्गत विकास गर्न सकिन्छ । यसका लागि सरकारले व्यापक र दीर्घकालीन गुरुयोजना तयार गर्नुपर्छ ।

 

तम्घासदेखि धुर्काेटको विचित्र गुफा र त्यसलाई प्यूठानको मच्छीसम्म जोड्ने धुर्काेट–पुर्काेटदह–सौतामारे–मच्छीसम्म व्यवस्थित सडक निर्माणलाई अगाडि बढाउनेपट्टि विचार पु¥याउनुपर्ने हुन्छ । यसो गर्दा अर्घाखाँचीको हंसपुरमा अवस्थित बामरुक र त्यहाँ अवस्थित नरसिंहस्थान, अर्घास्थित काली भगवतीको ऐतिहासिक मन्दिर, विकट घेराको लेक, प्रसिद्ध सुपा देउराली तथा त्यस क्षेत्रको शैक्षिक जागरणको केन्द्र हरिहर संस्कृत पाठशाला अवस्थित खिदिमलाई समेत धार्मिक, साँस्कृतिक, शैक्षिक र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने ढोका खोल्न सकिन्छ ।

 

वर्तमान रेसुङ्गाप्रति अवश्य व्यापकरुपमा जनचासो बढेको छ । खासगरी यदुकानन्द प्रभुको पलायनपछि एक कालखण्डमा बेवारिसे रुपमा रहन पुगेकाले त्यहाँका बहुमूल्य साँस्कृतिक सम्पदा, बनस्पति तथा बन्यजन्तु र दुर्लभ जडिबुटीहरुमाथि व्यापक अतिक्रमण भएको विदितै छ । यस अगाडिका जनप्रतिनिधिहरुले रेसुङ्गाको स्थिति र संभाव्यताप्रति सरोकार देखाएनन् । २०५१ सालको मध्यावधि निर्वाचनबाट बनेको संसद्को पाँचौ अधिवेशनपछि हरेक अधिवेशनमा सांसद्हरु सिद्धिनाथ ज्ञवाली, कमलराज श्रेष्ठ र टंकप्रसाद पोखरेलले रेसुङ्गाको साँस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण सम्बन्धमा आवाज उठाउने गरेको सन्दर्भ यहाँनेर विशेष स्मरणीय छ ।

 

सांसद सिद्धिनाथ ज्ञवालीले संसद्को पाँचौ अधिवेशनमा रेसुङ्गाको सम्बन्धमा एक ध्यानाकर्षण प्रस्ताव नै प्रस्तुत गर्नुभएको थियो । त्यसपछि जनस्तर र जनप्रतिनिधिहरुको तर्फबाट रेसुङ्गाको इतिहास, संस्कृति, वनजंगल र बन्यजन्तुको संरक्षण–सम्बद्र्धन गर्दै पर्यटन क्षेत्रका रुपमा विकसित गर्नुपर्ने माग प्रस्तुत गर्ने काम निरन्तर रुपमा हुँदै आयो । अहिले त्यसको संरक्षणका लागि रुरु रेसुङ्गा क्षेत्र पर्यटन विकास समिति समिति र सामुदायिक वन उपभोक्ता समितिहरुसमेत बनेका छन् । तैपनि सरकारको अझै पर्याप्त ध्यान पुग्न सकेको छैन । खासमा रेसुङ्गा सरकारको ठोस र उचित ध्यानाकर्षण तथा व्यवस्थापन एवम् योजनाबद्ध विकास र लगानीको पर्खाइमा रहेको छ ।

 

धेरै हिसाबले रेसुङ्गाले गुल्मी जिल्लाको मात्र नभएर मुलुककै एउटा गौरवपूर्ण इतिहास, सँस्कृति तथा आध्यात्मिक चिन्तनको वैभवशाली परम्परालाई बोकेको छ । यसको ऐतिहासिक महत्वलाई अझै अनुसन्धान गरी सार्वजनिक गर्न त बाँकी छ । तैपनि गुल्मीका तत्कालीन तीन जना सांसदहरुले यस क्षेत्रमा आफ्नो प्रयाश थालनी गरेर रेसुङ्गा नामक एउटा विवरणात्मक पुस्तिका प्रकाशन गरेको पाइन्छ । गुल्मी–२ र ३ का सांसदहरु कमलराज श्रेष्ठ र टंकप्रसाद पोखरेल(२०५१) तथा राष्ट्रिय सभाका सांसद सिद्धिनाथ ज्ञवालीले गरेको यो प्रयास निकै प्रशंसनीय छ । आफ्नो जिल्ला, क्षेत्र, इलाका र भेगमा पर्ने ऐतिहासिक पर्यटकीय र साँस्कृतिक सम्पदाको विकासमा सांसदहरुले अघि बढाउने यस्ता प्रयासबाट बौद्धिक र आम जनमतमा यस्ता सम्पदाहरुलाई परिचित गराउन योगदान पुग्नसक्दछ । यो त्यसैतर्फ परिलक्षित पहिलो उदाहरणीय प्रयाश रहेको स्पष्ट छ । (बुधबार साप्ताहिक बर्ष, ९ असोज २०५३)

 

हाल सरकारीस्तरमा रुरु–रेसुङ्गा विकास समिति बनेको छ । त्यसले सरकारी बजेटबाट विभिन्न निर्माण कार्य गरिरहेको छ । रेसुङ्गाको काखमा रहेको सिमीचौरमा एयरपोर्ट निर्माणाधीन छर परीक्षण उडान भइसकेको छ । तानसेनदेखि तम्घाससम्म ७५ किमी लामो मोटरबाटो पक्की भएको छ । गुल्मीको सदरमुकाम तम्घासदेखि अर्घाखाँची सदरमुकाम सन्धिखर्कसम्म जोड्ने कच्ची सडकसमेत चाँडै कालोपत्रे हुने क्रममा रहेको छ । रेसुङ्गा विकास समिति नामक छुट्टै जनस्तरीय समितिले पनि त्यहाँ विभिन्न निर्माण कार्य गरिरहेको छ । रेसुङ्गाको विकासमा रुरु–रेसुङ्गा विकास समितिको गठन र सिमीचौरमा एयरपोर्ट निर्माण गर्न विशेष भूमिका खेल्नुहुने पूर्व पर्यटन मन्त्री प्रदीप ज्ञवाली, कोटीहोम यज्ञ गराई रेसुङ्गाको पुनरोत्त्थान गराउन र गौशाला बनाउन भूमिका खेल्ने योगी नरहरिनाथ र महायज्ञ गरेर रेसुङ्गाको विकासका लागि जनस्तरबाट स्रोत जुटाइदिने वाचनशिरोमणी पण्डित नारायणप्रसाद पोखरेल तथा रेसुङ्गा विकास समितिका पदाधिकारीहरुको योगदान स्मरणीय र प्रशंसनीय छ ।

 

गौमुखी
राप्ती नदीको एक हिस्सा झिमरुक नदीको उद्मगस्थल हो– गौमुखी । अर्खा, ठूलाचौर किनामबाट अगाडि बढेपछि पुगिने गौमुखीको ऐतिहासिक, पर्यावरणीय र सांस्कृतिक महत्व व्यापक रहेको छ । तर दुर्गम अवस्थितिका कारण पर्यटकीय पूर्वाधारको अभाव छ । माघे संक्रान्तिमा मेला लाग्ने गौमुखीमा २०६६ सालमा करिब ३० हजार आन्तरिक पर्यटक पुगेका थिए । सरकारले प्रस्ताव गर्न लागेको ‘मदाने–पञ्चासे संरक्षण क्षेत्रअन्तर्गत गौमुखी पर्दछ । माघे संक्रान्तिको मेलामा तीर्थालु÷दर्शनार्थीहरू नुहाउ“छन्, परेवा, कलम÷ध्वजा आदि चढाउ“छन् र आ–आफ्नो इच्छा पूरा होस् भन्ने चाहन्छन् । गौमुखीमा सामान्य मन्दिर पनि रहेको छ ।

 

समुद्र सतहबाट १५००–२५०० मिटरको उचाइअन्तर्गत पर्ने गौमुखी क्षेत्र खासमा २१०० मिटर उचाईमा रहेको छ । प्यूठानको उत्तरी भेगमा पर्ने दुर्गम गाउ“ अर्खामा अवस्थित यसको पूर्वमा गुल्मी, उत्तरमा बाग्लुङ र पश्चिम–दक्षिणमा प्यूठानका अरू गाउ“हरू पर्दछन् । यो क्षेत्र नेपालको मध्य पहाडी क्षेत्रमा पर्दछ, जहा“ सबैभन्दा धेरै पारिस्थितिक प्रणालीहरू तथा प्राणीहरूको पनि विविधता रहेको पाइन्छ । मुलुकको कूल जङ्गलको ३२ प्रतिशत जङ्गलमध्ये पहाडी क्षेत्रमा रहेर ५२ प्रकारका पारिस्थितिक प्रणालीहरूलाई ओगटेको छ । जबकि सरकारले ३३ वटा इको–सिस्टमलाई मात्र संरक्षण गर्न सकेको पाइन्छ । मध्यपहाडी क्षेत्रमा ११० जातका स्तनधारी जीवजन्तु र ६९१ जातका चराहरू पाइन्छ । तीमध्ये यो एउटा महत्वपूर्ण संरक्षण क्षेत्र हुनसक्छ ।

 

किनभने, पञ्चासे संरक्षण क्षेत्रअन्तर्गतको अध्ययन अनुसन्धान प्रक्रियालाई बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफा“टा आरक्षणस“ग समन्वय गरी अघि बढाउन प्रयास अघि बढाएको छ । यस क्षेत्रमा डा“फे, मुनाल, चिर, कालिज र गिद्धहरू पाइने स्थिति छ । यो क्षेत्र जडिबुटीका लागि पनि अति महत्वपूर्ण मानिन्छ । करिब डेढ सय वर्ष अघि बाग्लुङ, निसीका तगारा बुढामगर (निसेल) ले भैंसी चराउ“दा गौमुखीको १२ मिटर लम्बाई, ६ फिट चौडार्इं र ७ मिटर उचाई क्षेत्रफल रहेको गुफा भेटेका थिए । त्यसलाई उनले गाईको मुखजस्तो पत्थरको आकारबाट पानी आएको दृश्यको आधारमा गौमुखी नामाकरण गरेको भनिन्छ ।

 

त्यही गुफाबाट पानी निस्केपछि झिमरुक नदीका रूपमा प्रवाह सुरु हुन्छ । त्यसकै बाहिर सामान्य मन्दिर रहेको छ । मन्दिरमा सन्तानको प्रगति र ऐश्वर्य बृद्धि आदि मनोकामना पूरा गर्न दुधको धार, पशुपक्षीको दाम्लो चढाउने र परेवा उडाउने गरिन्छ । मध्यपहाडी प्रकृति र स्थानीय मगर संस्कृतिको संयोजन गरेर गौमुखीलाई आन्तरिक र विदेशी पर्यटकको आकर्षक गन्तव्य बनाउन सकिन्छ । हाल अर्खा, अर्तुबाङबाट पैदल हि“डेर गौमुखी पुग्न सकिन्छ । बाग्दुला, ठूलावेसी–भीमगिठे त्रिदेशीय सडक निर्माण पूरा गरी यसलाई निकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्न सकिन्छ । लालीगुरा“सले भरिएको यहा“को घनाजङ्गलमा पाइने गुलावी रङको गुरा“स विशेष आकर्षण बन्ने देखिन्छ । यहाँ मगर संग्राहलय र होमस्टे संचालनको प्रयास अघि बढेको छ ।

 

नौबहिनी/कोठीभीर
पर्या–पर्यटनको दृष्टिले प्यूठानको स्याउलीबाङ्को नौबहिनी कोठीभीर क्षेत्र जिल्लाकै सबैभन्दा उचाइमा अवस्थित र आकर्षक रहेको छ । उत्तरमा धौलागिरी हिमाल हा“सिरहेको कोठीभीर स्वयम्मा जैविक विविधतायुक्त क्षेत्रसमेत हो ।
साविक स्याउलीबाङ् गाविसको वडा नं. ५, ६ र ७ स“ग जोडिएको कोठीभीर पुग्न गाउ“बाट करिब ५ घण्टा उकालो र तेर्सो पदयात्रा गर्नुपर्ने हुन्छ । करिब ३ हजार ६ सय ५९ मिटर उचाइमा रहेको यस क्षेत्रमा मंसिरदेखि फागुनसम्म हिउ“ जम्ने गर्दछ । र, यहा आउने पर्यटकहरू हिउस“ग लुकामारी खेल्न सक्दछन् ।

 

कोठीभीर आसपासमा स्याउलीबाङ्को परम्परागत जनजीवनस“ग अभिन्न रूपले गा“सिएको गाई÷भैंसी तथा भेंडीगोठ हेर्न पनि सकिन्छ । जहा“ अझै २÷३ सय गाईभैंसी र करिब ४ सयको संख्यामा भेंडी रहेको पाइन्छ । पशुपालनलाई पर्यटन, प्रबद्र्धन र जीविकोपार्जनमूलक पेशा दुबै उद्देश्यस“ग आबद्ध गरी अघि बढाउन सक्दा यो स्थानीय जनताको महत्वपूर्ण माध्यम सावित हुनसक्दछ ।

 

परम्परागत मगर गाउ“ स्याउलीबाङ्लाई प्रकृतिले जति सुन्दर अवस्थितिमा सिंगारेको छ । यहाँ त्यत्तिकै प्रचुर सम्भाव्यता रहेको छ– मगर जीवनशैली र संस्कृतिआधारित पर्यटन विकासको । यसनिम्ति गाउ“मा व्यवस्थित ‘होेम–स्टे’ संचालन गर्नुपर्दछ । लुङ्को बाहनेदेखि स्याउलीबाङ, नौबहिनी् र कोठीभीरसम्मको पदयात्रा–मार्ग विकसित गर्नसक्दा स्याउलीबाङ् प्रकृति र संस्कृतिआधारित ग्रामीण पर्यटनको आकर्षक गन्तव्य बन्नसक्छ । यसनिम्ति त्यहा“का अगुवाहरूले अविलम्ब पहलकदमी अघि बढाउनु आवश्यक छ ।

 

जलजला
रोल्पाको लिवाङबाट ५ किमी उत्तरतर्फ ९९० देखि ३,२९५ मिटरको उचाइमा प्यूठान, बाग्लुङ र पूर्वी रुकुमसम्म फैलिएको जलजला क्षेत्रको जैविक तथा पर्यावरणीय महत्व निकै उच्च रहेको छ । साविकको कुरेली, मिरुल, थवाङ उवा, गाम, सेरम, जैमकसला, ह्वामा, जंकोटआदि एक दर्जन गाउँ विकास समिति, जो हाल वडाहरु भएका छन्, तिनमा नै यो क्षेत्र फैलिएको छ । प्रसिद्ध सुन छहारी झरनासमेत यस क्षेत्रमै रहेको छ । हस्तान्तरण भइसकेको ५,९३४.८ हेक्टर तथा कवुलियती १०२.७ हेक्टर वनक्षेत्रमा जलजला क्षेत्र अवस्थित छ । टिमुर, चिराइतो, सुगन्धकोकिला, पाँचऔले, कुट्की, गुच्छीआदि जडीबुटी एवं रेडपाण्डा, भालु, चितुवा लगायतका जनावर यहाँ पाइन्छन् । यस क्षेत्रसँग ढोरपाटन शिकार आरक्षसमेत जोडिएको छ ।

 

जलजला क्षेत्रको गुरुयोजना निर्माण गरी ऐतिहासिक संघर्षभूमि थवाङलाई सांस्कृतिक पर्यटकीय गाउँ र प्रस्तावित गुरिल्ला ट्रेललाई संसारभर प्रवद्र्धन गर्न सकिन्छ । साथै, यस क्षेत्रको जनजीवनसँग सम्बन्धित भई संसारका विभिन्न देशका अध्येताहरुले गरेका अध्ययनहरुलाई एकीकृत रुपमा संरक्षण र अध्ययनको प्रबन्ध मिलाएर मगर संस्कृति, मौलिक जीवनशैली र जीवनचर्चाको अध्ययन केन्द्रसमेत बनाउन सकिन्छ ।

 

आन्तरिक सहायक गन्तव्य
सुपा देउराली
नेपालका गाउँघरमा विभिन्न देवीस्थान र देउरालीआदि रहेका छन् । देवताको स्त्रीलिङ्गी शब्दका रुपमा देवी प्रचलित रहेको पाइन्छ । भगवती, दुर्गा, चामुण्डा, गौरी, काली, महाकाली, महालक्ष्मी, महासरस्वती, कालरात्री, बाराही, देउरालीआदि देवीका अनेक रुप मानिन्छन् ।
गोरुसिंगेबाट पत्थरकोट सडकखण्डमा ४७ किमीको दूरीमा अवस्थित सुपादेउराली प्रसिद्ध तीर्थस्थलका रुपमा विख्यात छ । परम्परागत रुपमा लाहुरे, वटुवा र विद्यार्थीआदि भक्तजनका चाहना सुपा देउरालीले पूरा गर्दैआएको विश्वास गरिन्छ । यहाँ २०४२ सालमा व्यवस्थित मन्दिर बनाइएको थियो । हाल प्यागोडा शैलीको सुन्दर मन्दिर रहेको छ । एकादशी, औंशी, पूर्णिमाबाहेक सबै दिन र विशेषतः शनिवारका दिन यहाँ भाकल चढाउन खुला गरिन्छ । सन्धिखर्क नगरपालिका–७ मा अवस्थित यस मन्दिरमा देशभरि र भारतका विभिन्न स्थानबाट हजारैं भक्तजनहरुको ओइरो लाग्दछ । दाङ र बाँके जिल्लासम्म समेत सुपादेउरालीका मन्दिर विस्तार गरिएका छन् ।

वामरुक नरसिंहस्थान
करिब चार सय वर्षअघि गुल्मेली राजा वीर शाहले गौविर्ता राखेको हाल अर्घाखाँचीको हंसपुर गाविसमा पर्ने वामरुकका दिशै शर्माका छोरा स्वामी शशीधर आजभन्दा दुईसय पचास वर्षअघि तपस्वी भएर यहाँ बसेका र जोसमनी सन्त सम्प्रदायका प्रमुखमध्ये एक व्याख्याता र प्रचारक रहेका थिए । जोसमनी सन्त परम्पराले विचारको व्यापक प्रचार–प्रसारको केन्द्र यसै ठाउँलाई बनाएको थियो ।
सन्धिखर्क सौतामारे सडक खण्डको भँडार देउराली वा टिमुरेबाट बायाँतर्फ लचगेर बामरुक र नरसिंहस्थान पुग्न सकिन्छ । तपोभूमिका रुपमा प्रसिद्ध नरसिहस्थानमा विभिन्न मन्दिर, पदमार्ग, बाटो र अन्य संरचनाहरु बनाई पर्यटकीय आकर्षणहरु थपिएका छन् ।

 

कंके देउराली/गुहारी ताल
मदाने गाउँपालिका गुल्मीमा अवस्थित कंके देउराली प्रसिद्ध धार्मिक स्थल हो । यहाँको वनजंगल, हरियाली र गुहारी खोलासम्म फैलिएको क्षेत्र मनमोहक छ । सालझण्डी–ढोरपाटन सडक खण्डमा सौतामारे नजिकै रहेको यस पवित्र स्थलमा नेपाल पर्यटन बोर्डमार्फत र अन्य निकायहरुले पूर्वाधार विकासको काम गरिरहेका छन् । जंगल क्षेत्रको संरक्षण, देउरालीको दर्शन र पूजाआजामा आउने भक्तजनहरुको खानपान,बसोबास र मनोरञ्जनको सुविधा एवं दृश्वालोकनका निम्ति यहाँ योजनाबद्धढंगले अत्यावश्यक पूर्वाधारहरुको निर्माण गरिनु अपरिहार्य छ ।

 

कंके देउरालीको विकास र यस क्षेत्रमा पर्यटन प्रबद्र्धन गर्न गुहारी खोलामा बाँध बाधेर कृत्रिम ताल निर्माण गर्नु निकै महत्वपूर्ण र आकर्षक योजना रहेको छ । गुहारी खोलामा करिव २ करोड ९० लाख लागतमा पहिले प्रस्तावित २० मिटर उचाइ र २० मिटर लम्बाइको बाँध बाँधी ३०० मिटर लम्बाइ र ६० मिटर चौडाइ क्षेत्रफलको कृत्रिम बाँध बनउन सकिन्छ । यसो गर्दा करिब सात हजार स्थानीय बासिन्दालाई खानेपानी, हिउँदे खेतीका लागि सिंचाइ, मौसमी र बेमौसमी तरकारी र फलफूल खेती तथा मत्स्यपालनसमेत गरी आयआर्जन र जीविकोपार्जनमा सुुधार एवं पर्यटकहरु आकर्षित गर्न सकिन्छ ।

 

यस तालको निर्माणपश्चात् आकार सानो भए पनि आकर्षण निकै बढी हुने निश्चितप्रायः छ । यहाँ गर्मीयाममा दाङ, कपिलबस्तु र बुटवलबाट समेत शीतल, मनोरम दृश्यावलोकन र मनोरञ्जनका लागि पर्यटकहरु आउने क्रम बढेर व्यवसायिक रुपमा पर्यटकीय गतिविधिहरुबाट नयाँ माहोल सिर्जना हुने अपेक्षा गर्न सकिन्छ । यस हिसाबले कंके देउराली र गुहारीतालको पर्यटन विकासमा उचित ध्यान पु¥याउनु आवश्यक रहेको छ ।

 

सौतामारे
अर्घाखाँची, गुल्मी र प्यूठान जिल्लाको संगमस्थल सौतामारे सालझण्डी–ढोरपाटन सडक खण्डमा अवस्थित रमणीय गाउँका रुपमा रहेको छ । ग्रामीण चक्रपथ, पोखरी संरक्षण, कम्युनिटी लज आदिको व्यवस्थाद्वारा यहाँ ग्रामीण पर्यटनको पूर्वाधार तयार भइरहेको छ । दलित, जनजाती तथा ब्राम्हण र क्षत्रीहरुको मिश्रित जनसंख्या र बसोबास रहेको यो गाउँ झिमरुक गाउँपालिका वडा नं. १ मा अवस्थित रहेको छ । यहाँबाट कंकेदेउराली र गुहारीताल – गुल्मी (निर्माणधीन), नरसिंहस्थान (अर्घाखाँची) र कौछे, रकगार्डेन(प्यूठान)जस्ता आसपासका सहायक गन्तव्यहरु नजिकै अवस्थित छन् । यहाँबाट धौलागिरी, अन्नपूर्ण हिमश्रृखलाहरु नजिकै दाँतको जस्तै लहर मिलाएर उभिएका देखिन्छन् ।
तीन जिल्लाको संगमस्थल सानी पोखरीमा साझा संरचना निर्माण गरी एउटा छुट्टै आकर्षण बढाउन सकिन्छ । यसनिम्ति मालारानी, मदाने र झिमरुक गाउँपालिका र सम्बन्धित वडाहरुले सहकार्य गरी नेपालमै उल्लेखनीय संरचना बनाउनु पर्दछ । तीन जिल्लाको साझाबिन्दुका रुपमा यस्तो स्थान अन्यत्र बिरलै रहेको पाइन्छ ।

कौछे/रक गार्डेन
झिमरुक गाउँपालिका ४ कौछेमा वि.सं २००० सालमा पक्की इँटाद्वारा निर्माण गरिएको चर्चित ‘५५ झ्याले’ दरबार रहेको छ । खिमविक्रम सिंहले भक्तपुर र पाल्पाका सिकर्मी ल्याई निर्माण गरेको यस भवनको संरक्षण एवं विशेष रिसोर्टका रुपमा व्यवसायिक प्रवद्र्धन गर्न गाउँपालिकाको नेतृत्व, स्थानीय व्यवसायी र घरधनीहरुले संयुक्त रुपमा ध्यान दिनु जरुरी छ ।
झिमरुक ५ ढाँडमा अवस्थित ढुंग्यानलाइ रक गार्डेनका रुपमा विकास गर्न खोजिएको छ । पर्यटन मन्त्रालयबाट सूचिकृत १०० नयाँ पर्यटकीय गन्तव्य मध्येमा यसलाई समावेश गरिएको छ । कोइलाबास–कोरला सडक खण्डमा अवस्थित रक गार्डेनको विकास र प्रवद्र्धनमा झिमरुक गाउँपालिका जुटेको छ ।

गडी/ओखरकोट
प्यूठानमा अवस्थित विभिन्न कोटहरुमध्ये गडी र ओखरकोट यस भेगका चर्चित कोट हुन् । ओखरकोटमा जाटकालीन राज्यका पुरातात्विक अवशेषहरु पाइन्छन् । हालै ओखरकोटको भीर छेडेर मोटरबाटो गडीकोटको उत्तरी मोहडाहुँदै बाँदीकोटसम्म पुगेको छ । यो आफैँमा अवलोकनयोग्य रहेको छ । ओखरकोट र गडीकोटमा दशैँको अवसरमा मेला लाग्दछन् । गडीकोटमा त दशैँको पूर्णिमाका दिन यस भेगकै विशाल मेला लाग्ने गर्दछ । यी कोटहरुमा पूर्वाधार निर्माणको काम अपेक्षाअनुरुप हुन सकेका छैनन् ।

इस्नाथान/झाँक्रीढुंगा
झिमरुक गाउँपालिका ८ लिवाङ टिमुरचौर र गौमुखी गाउँपालिका.मा अवस्थित दबवै स्थानको महिमा उल्लेखनीय रहेको छ । स्नाथानमा कालीपाठीको बली दिने चलन छ भने झाँक्रीढुंगामा कालो बोका बली दिइन्छ ।

दहियाल्ना/मुर्चुलधुरी
समुन्द्री सतहबाट २,२०० मीटर उचाइमा अवस्थित दहियाल्ना सुविधायुक्त हवाइ मैदान निर्माण गर्न सकिने राम्रोमैदान हो । यहाँ लालीगुराँस क्रिकेट मैदान निर्माण कार्य २०६८ सालमै थालिएको थियो । तथापि ठोस योजना र बजेट विनियोजनको अभावमा थलिएजस्तो हुनपुगेको छ । यसको शिरका रुपमा रहेको मर्चुलधुरीबाट सिंगो प्यूठानको दृश्यावलोकन गर्न सकिन्छ । यसलाई भविष्यमा ‘नेचुरल भ्यू प्वाइन्ट’का रुपमा विकास गर्ने संभावना रहेको छ ।

लुङ/झुलेनी
रिजाल ब्राम्हण र केसीहरुको देवालीस्थल लुङ र धनञ्जय गोत्रीय भण्डारीहरुको देवालीस्थल झुलेनी जिल्लाको निकै ठूलो जनसंख्यालाई प्रतिनिधित्व गर्ने साँस्कृतिकस्थल रहेका छन् । नौबहिनी गाउँपालिकामा अवस्थित लुङको समावेशी देवाली विशेष चर्चित छ । नौबहिनी ८ र प्यूठान नगरपालिका ६ को सीमा क्षेत्रमा पर्ने झुलेनी संरक्षण क्षेत्रको लागि नेपाल पर्यटन बोर्डले १० लाख बजेट विनियोजन गरी पूर्वाधार निर्माण समेत थालिएको छ । यसको महत्व बुझेर नौबहिनी र प्यूठान नगरपालिकाले भौतिक पूर्वाधार निर्माणका काम अगाडि बढाएका छन् ।

झाँक्रीस्थान/पालुकास्थान/मल्लरानी
मल्लरानी गाउँपालिका ५ मा अवस्थित झाँक्रीस्थान खलंगामा र पालुकास्थान चुँजाठाटीमा अवस्थित छन् । दुबै धार्मिक स्थानको संरक्षण, विकास र प्रबद्र्धन गरिनु आवश्यक छ । मल्लरानी धुरीलाइ ‘नेचुरल प्वाइन्ट’ तथा पदयात्रा मार्ग र केवुलकारआदि पूर्वाधारले सुविधायुक्त र अझ रमणीय गन्तव्य बनाउन सकिन्छ । कवि कृष्ण सेन इच्छुकको पुख्र्यौली गाउँ खैरा सराङकोटलाई समेत तदनुरुप विकास गर्न ध्यान दिनुपर्ने खाँचो छ ।

भित्रीकोट/चारठाँटी
चन्द राजाहरुको दरबार अवस्थित यस क्षेत्रलाई विजुवारबाट पदमार्ग र सडक सञ्जालले जोडिएको छ । यसको ऐतिहासिक र पुरातात्विक एवं पर्यटकीय विकासमा ध्यान दिनु अत्यावश्यक छ । ढुंगेठाँटी, पुरनठाँटी, चुँजाठाँटी र घुम्नेठाँटीहरु भित्रीकोट र मल्लरानीको आसपासका चार सिमानामा अवस्थित छन् ।

लिस्ने भञ्ज्याङ
प्यूठान नगरपालिका ५ जुम्रिकाँडा, ठूलोगाउँबाट उत्तर रोल्पातर्फ सिमामा अवस्थित यस लिस्ने भञ्ज्याङमा स्याउखेती, बाख्रापालन र अन्य व्यवसायिक पूर्वाधार निर्माण भइरहेका छन् । भविष्यमा यो सप्ताहान्तको मनोरञ्जनपूर्ण गन्तव्य बन्नसक्ने संभावना विद्यमान छ ।

ढुंगेगढी/रानीकुवा
सरुमारानी गाउँपालिका–४ मा अवस्थित ढुंगेगढी ऐतिहासिक गढी हो । पुरातात्विक र सांस्कृतिक संरक्षणका साथ गढी र दरबारको पुनः निर्माण र रानीकुवाको संरक्षणमा प्रदेश सरकार र गाउँपालिकाले २०÷२० लाख बजेट छुट्टाएर काम गरिरहेका छन् । गाउँपालिकाको केन्द्र बड्डाँडा बजार नजिकै अवस्थित यी दुई सम्पदाहरुको संरक्षण, विकास र प्रवद्र्धन कार्यले दीर्घकालीन र योजनाबद्ध प्रयाश खोजिरहेका छन् ।

दह, ताल र पोखरी
सरुमारानीकै किमीचौर दह, लिघाको कोटवारा दह, अर्खाको कैलाश दह, रजवाराको रानीबन दह र सौतामारेस्थित तल्लो र माथिल्लो खर्क पोखरी संरक्षण र सौन्दर्यकरणका काम गरी आन्तरिक पर्यटन प्रबद्र्धन गर्न जरुरी रहेको छ ।

उदयपुरकोट
स्वर्गद्धारीबाट ६ किमी मात्रै नजिकको दूरीमा अवस्थित उदयपुरकोट नेपाल एकीकरणअघि विद्यमान स–साना राज्य र रजौटाहरु रहेको बेलामा देशकै एकमात्र ब्राम्हण राजाले शासन गरेको राज्य थियो । २०१६ सालमा राजा रजौटा उन्मूलन गरिएपछि यहाँका राजाले आफ्नो दरबार स्थानीय विद्यालयलाई सुम्पेर बसाइसरी बर्दियातर्फ लागेका थिए । हाल माण्डवी गाउँपालिकाले यसको विशेष भौतिक पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्य बनाउने प्रयत्न गरेको छ । तिरामको तिमले, मर्कावाङ, रातापानी, बाटुले र उदयपुरकोटमा यस राज्यको क्षेत्रलाई समेटेर यस स्थानमा आवश्यक संरचनाको निर्माण तथा पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्न अबिलम्व ध्यान दिनुपर्छ ।

ऐरावती
झिमरुक र माडी नदी आपसमा मिलेर एउटै राप्ती नदी बन्ने संगमस्थल हो– ऐरावती । प्यूठानको हंसपुरका साथै ढुंगेगढी र बाङ्गेसाल तथा अर्घाखाँचीका दाङबाङ, सिद्धारा, जलुके, धनचौर, जुकेना र नुवाकोटका बासिन्दाहरू माघे सक्रान्तिमा यहाँ नुहाउन आइपुग्दछन् । प्यूठानकै पकला, बरौंला, बिजुलीआदि गाउँ तथा कपिलबस्तु र दाङ जिल्लाका गरी बर्षेनी १०–१२ हजार तीर्थयात्रीहरू माघे सक्रान्तिको अवसरमा ऐरावती पुग्दछन् । जहाँ राती ‘सोरठी नाच’बाट बेग्लै आकर्षण र मनोरञ्जन लिन सकिन्छ । पहिले १०–१२ वटा सोरठी नाँचका समूह पुग्ने भए पनि पछिल्लो अवधिमा सोरठी समूहको उपस्थितिमा कमी आएको पाइन्छ । यसको संरक्षणमा समयमै ध्यान दिनु आवश्यक छ ।
भालुबाङ–प्यूठान मोटर बाटोमा अवस्थित बड्डा“डा बजारबाट करिब १८ किलोमिटर टाढाको दू्रीमा अवस्थित ऐरावतीसम्मको सडकमा जीप सेवा सञ्चालित रहेको छ ।

 

साथै, अर्घाखा“चीको ठाडादेखि सिद्धारा–जुकेना–जलुके हु“दै ऐरावतीसम्म मोटरबाटो बनेको छ ।
ऐरावतिमा वृषलाल गिरीले निर्माण गरेको ऋषेश्वर मन्दिर र आश्रमसमेत रहेको छ । यो स्थान हाल ऐरावती गाउँपालिकामा पर्दछ । यसकै नामबाट गाउँपालिकाको नाम ऐरावती राखिएको हो । यसस“ग ऐरावत हात्तीको पौराणिक सन्दर्भ र कथा पनि जोडिएको चर्चा हुन्छ । घनाजंगलको बीचमा अवस्थित यस ठाउ“को वरिपरि जलुके–दाङबाङ र हंसपुरका बासिन्दाहरूको बेसी रहेको छ । तर, खासै गाउ“–बस्ती छैन । ‘नौमुरे जलविद्युत आयोजना’ िनिर्माणपछि यस पवित्र धार्मिक तथा मनोरम पर्यटकीय क्षेत्रमा विशाल जलाशय बन्नेछ । त्यसको उचित हेक्का गरेर पर्यटन विकासका बहुआयामिक प्रयासहरु अघि बढाउनु उपयुक्त हुने देखिन्छ । किनभने, यहाँ बन्ने जलाशय कपिलबस्तु, दाङ, अर्घाखाँची, रोल्पा, पूर्वी रुकुम र प्यूठानलगायतका जिल्लहरुको महत्वपूर्ण नयाँ संरचनाका रुपमा उल्लेखनीय गन्तव्य बन्ने निश्चित छ ।

 

पर्यटकीय पूर्वाधार विकास
सडक मार्ग
लुम्विनी–स्वर्गद्धारी–मुक्तिनाथलाई सडक सञ्जालद्धारा जोड्ने प्रमुख माध्यम सालझण्डी–ढोरपाटन मार्ग हो । साथै, पूर्वपश्चिम राजमार्गबाट भालुवाङ–भिंगृ–स्वर्गद्धारी, स्वर्गद्धारी–थवाङ–बुर्तिवाङ–मुक्तिनाथ, कृष्णसेन–आश्रित प्रादेशिक मार्ग, मदन भण्डारी राजमार्ग र कोइलाबास–बाग्दुला–ठूलाबेसी–भीमगिठे–कोरला मार्ग व्यवस्थित भइरहेका छन् । उल्लिखित सडक सञ्जालको निर्माण र संचालनले सांस्कृतिक पर्यटनको विकास र प्रबद्र्धनमा महत्वपूर्ण आधार खडा हुने निश्चित छ ।

 

हवाई मार्ग
भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र नेपालगञ्जस्थित प्रादेशिक विमानस्थल हवाई यातायातका प्रमुख आधार हुन् । सिमिचौर गुल्मी, चाल्नेटार (७७ करोड लागतको प्रस्ताव) प्यूठान, अर्घामैदान अर्घाखाँची, टरीगाउँ दाङलगायत विमानस्थलहरुले हवाई कनेक्टिभिटी सहज बनाउन सक्नेछन् । गौमुखी, मदाने, झिमरुक, स्वर्गद्धारीआदि गाउँ र नगरपालिकाले झण्डासहितका हेलिप्याड निर्माण गरेर हेलिकोप्टर सेवको पूर्वाधार बनाउन योगदान गर्न सक्छन् ।

 

पदयात्रा मार्ग
नेपाल पर्यटन बोर्डको ५० लाख बजेटमा मच्ीछ–ढाँड–दहियाल्ना–तामाखानी–झाक्रीढुंगा–नांगी–गौमुखी–अग्लुङ–खुङ–नारीकोट–बाँदीकोट ओखरकोट–ढाँड र मच्छी जोड्न पदयात्रा मार्ग निर्माण भएको छ । यसको प्याकेज निर्माण गरी बजारीकरण गरिनुपर्दछ ।
प्रदेश सरकारको ५० लाख बजेटमा बेल्वास–लिस्ने–लिस्नेभञ्जयाङ–झुलेनी–बाहने पदयात्रा मार्गको सर्भेक्षण र निर्माण कार्य जारी छ । यसलाई भविष्यमा स्वर्गद्धारी–गौमुखी पदयात्रा मार्गको निर्माण गरी संचालनको आधार मार्गका रुपमा विकास गर्न सकिन्छ । यसका निम्ति बाहने–खवाङ–दहियाल्ना खण्डको निर्माण कार्यलाई पनि जोड्नुपर्दछ ।

 

स्वर्गद्धारी महाप्रभुको जन्मस्थल रुम्टी र आश्रम स्वर्गद्धारी जोड्न रुम्टी–स्वर्गद्धारी पदयात्रा मार्ग निर्माण गरिनु आवश्यक छ । यसले स्वर्गद्धारी आउने तीर्थयात्रीहरुलाई कम्तिमा एकरात रुम्टी र सखीलेकसम्म पु¥याएर बसाइ लम्याउन सकिन्छ । स्वर्गद्धारी महाप्रभु–हंसानन्द गिरीका गुरु सच्चिदानन्द गिरीले तपस्या गरेको सखीको लेकसम्मको महिमालाई तपोभूमिका रुपमा विकास गरेर यस क्षेत्रको विकासलाई नयाँ स्वरुप प्रदान गर्न सकिन्छ । मोटरबाटो बन्नसाथ प्रचलित भिंगृ–स्वर्गद्धारी, चौघेरा–धरमपानी–स्वर्गद्धारी पदमार्गको पूर्वाधार व्यवस्थित गरी सहज र सुविधायुक्त बनाउन जरुरी छ । यस्ता मुख्य पदमार्गहरुले भविष्यमा ग्रामीण पर्यटनको विकास र प्रबद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने संभावना विद्यमान छ ।

 

केवुलकार
विगतमा स्वर्गद्वारीमा केवुलकार निर्माणका विभिन्न अध्ययनहरु भएका छन् । मनकामना केवुलकार, लक्ष्मी ग्रुप, चन्द्रागिरी हिल्स र कालिञ्चोक केबुलकारले यहाँ अध्ययन र लाइसेन्स प्राप्तिका कार्य अघि बढाएका भए तापनि ठोसढंगले यस परियोजनाको कामले अन्तिम रुप लिएर अझै अघि बढेको छैन । भिंगृ,जलुके–डाडाँखर्क–धरमपानी हुँदै आश्रमबाहिर मूल गेटमुनि स्वास्थ्यचोकीसम्म केवुलकार निर्माण र संचालन गर्दा बुढाबुढी, अशक्त र अन्य सबै तीर्थयात्रीहरुका निम्ति यात्रा सहज हुनजाने देखिन्छ । दाङबाट स्वर्गद्वारीसम्मसमेत केबुलकार निर्माण गर्ने अध्ययन भइरहेका छन् । केवुलकार निर्माण र संचालनमा आश्रमको लगानीमा सहभागिता अनिवार्य देखिन्छ ।

स्थानीय तहका प्रमुख र सहायक गन्तव्य

 

क्र.सं स्थानीय तह मुख्य गन्तव्य सहायक गन्तव्य
१ स्वर्गद्धारी नगरपालिका- स्वर्गद्धारी आश्रम भिंगृपार्क, सारीको भू–बनोट अवलोकन
२ प्यूठान नगरपालिका- भित्रीकोट सहिद स्मृित पार्क, लिस्ने भञ्ज्याङ, डल्ले सरायँ
३ माण्डवी गाउँपालिका- उदयपुरकोट दरबार झिमरुक जलविद्युत गृह, बाटुले, रातापानी, बराहगुफा
४ मल्लरानी गाउँपालिका- मल्लरानी भ्यू प्वाइन्ट झाँक्रीस्थान, खैरासराङकोट, पालुकास्थान
५ झिमरुक गाउँपालिका- रक गार्डेन सौतामारे, ओखरकोट, गडीकोट, दहियाल्ना, स्नाथान, मुर्चुलधुरी
६ गौमुखी गाउँपालिका- गौमुखी तामाखानी, झाँक्रीढुंगा, रानीबन दह, नाङ्गी
७ नौवहिनी गाउँपालिका- कोठीभीर

८ ऐरावती गाउँपालिका- ऐरावती सहिद स्मृति पार्क बरौला, बिजुलीकोट, दाङबाङ
९ सरुमारानी गाउँपालिका- गढी दरबार रानीकुवा, किमीचौर दह, राप्ती नदी बिच

 

 

बजारीकरणका निम्ति १२ प्रस्ताव
-प्यूठानको पर्यटकीय नक्सा तयार गरी गन्तव्यहरुको योजनाबद्ध प्रबद्र्धन गर्ने ।
-स्वर्गद्धारी, मल्लरानी र भित्रीकोटमा हट एयर बेलुनको उडान, प्याराग्लाइडिङ र स्काइ ड्राइभ संचालन गर्ने ।
– काठमाडौँ, पोखरा र लुम्बिनीबाट स्वर्गद्धारी दर्शन गर्न हेलिकप्टर सेवाको संचालन गर्ने ।
– काठमाडौँ–स्वर्गद्धारी–गौमुखी–लुम्बिनीबाट स्वर्गद्वारी र गौमुखीसम्म पर्यटक यातायात (हरियो प्लेट) का गाडी संचालन गर्ने । लुम्बिनी–स्वर्गद्धारी टुरिष्ट बस संचालन गर्ने ।
– चाल्नेटारमा स्वर्गद्धारी विमानस्थल निर्माण गरी हवाइ सेवा संचालन गर्ने । स्वर्गद्धारी–लखनउ, वाराणसी, काठमाडौँ, पोखरा र भैरहवासम्म सिधा हवाई उडानको संचालन गर्ने ।
– चतुर्भज–चकचके माडी नदीमा डुंगा, मोटरबोट संचालन गर्ने । नौमुरे जलविद्युत आयोजना निर्माणपछि मोटरबोट र क्रूज संचालनमा ल्याई डिनरको प्रबन्ध मिलाउने ।
– प्रत्येक स्थानीय तहमा पर्यटन सूचना केन्द्र, एकएक सामुदायिक होमस्टे, एकएक पदयात्रा मार्ग र पर्यटकीय कम्तिमा एक पर्यटक स्तरीय होटल ÷रिसोर्ट संचालनको व्यवसायिक वातावरण मिलाउने । मुख्य गन्तव्यहरु लक्षित गरी २÷२ जना टुरिष्ट गाइडको व्यवस्था गर्ने ।
– प्यूठानका गन्तव्यहरु लक्षित गरेर ४ रात ५ दिनको ‘स्वर्गद्धारी प्यूठान भ्रमण प्याकेज’ निर्माण गरी प्याकेज टुर संचालन गर्ने ।
– लिस्ने भन्ज्याङ र मल्लरानीमा अत्यावश्यक पूर्वाधार निर्माण गरी ‘सप्ताहान्त मनोरञ्जन’ स्थलको विकास र प्रवद्र्धन गर्ने ।
– पर्यटन क्षेत्रका निम्ति अत्यावश्यक जनशक्तिको विकास र उपलब्धतामा स्थानीय तहहरुको लगानी बढाउने र रोजगारी एवं स्वरोजगारी बढाउने ।
– स्वर्गद्वारी आश्रम, लगानीकर्ता र स्थानीयको सहभागितामा केवुलकार निर्माण गरी पर्यटक आकर्षण बढाउने ।
– सन् २०२१ लाई ‘स्वर्गद्धारी–गौमुखी भ्रमण वर्ष’ अभियान संचालन गर्ने ।

निष्कर्ष
आदिमानव रामापिथेकसको जिवाशेष भेटिएको बुटवल क्षेत्र र आसपासका धेरै जिल्लाहरुमा अनेकन् किल्ला, कोटहरु (छिल्लीकोट– दाङ, खुंग्रीकोट–रोल्पा, एकमात्र ब्राह्मण राज्य उदयपुरकोट, भित्रीकोट, ओखरकोट र गडीकोट–प्यूठान, अर्घा र खाँचीकोट–अर्घाखाँची) खलंगा, गढी (अंग्रेज साम्राज्यलाई युद्धमा पराजित गरेका जितगढी, नुवाकोटगढी र ढुंगेगढीलगायतका विभिन्न गढीहरु), ऐतिहासिक दरबार (अग्र्यौली, रानीमहल)आदि जस्ता ऐतिहासिक सम्पदाहरु रहेका छन् । उल्लिखित कोटहरु केही उदाहरण मात्रै हुन्, जसमा चन्द, अधिकारी, जाट, शाहआदि राजारजौटाहरुले राज्य संचालन गरेको इतिहास छ । विभिन्न कोट र खलंगा तत्कालीन रजौटाहरुका मुकाम(केन्द्र)हरु थिए । नेपाल एकीकरण हुनुअघि यी त्यसबेलाका शक्तिशाली राज्यहरुमध्येमा गनिन्थे । पश्चिम नेपालकै एक समयको शैक्षिक केन्द्र खिदिम पनि आधुनिक विकास र संरक्षणको पर्खाइमा रहेको छ ।

 

समग्रमा लुम्बिनी–स्वर्गद्धारी तथा रुरु–रेसुंगा–गौमुखीलाई केन्द्रित गरी प्रदेश नं ५ को पर्यटन विकासमा उचित र ठोस प्रयास केन्द्रित गर्दा केही वर्षभित्रै प्यूठान पर्यटनको आकर्षक र महत्वपूर्ण गन्तव्य बन्ने निश्चित छ । यस निम्ति स्थानीय, प्रदेश र केन्द्र सरकारले लुम्बिनी, रेसुङ्गा, गौमुखी र स्वर्गद्धारीकेन्द्रित पर्यटन पूर्वाधार विकास गर्न बढी ध्यान दिनुपर्छ ।
प्यूठान गन्तव्यको प्रवद्र्धन गर्न सन् २०२१ लाई ‘स्वर्गद्धारी प्यूठान’ भ्रमण वर्ष अभियान घोषणा गरेर विशेष रुपमा प्रबद्र्धन र बजारीकरण गर्नुपर्दछ । यो यतिबेलाको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी र दायित्व भएको छ ।
२०७२ चैत ५ देखि ११ गतेसम्म सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालको आयोजनामा लुम्बिनी–स्वर्गद्वारी भ्रमण तथा प्याकेज निर्माण कार्यको अगुवाई र संचालन गरिएको थियो । भैरहवामा मैले उद्घाटन गरपछि पाल्पा, रुरुरेसुंगा, सन्धिखर्क, सुपादेउराली, नरसिंहस्थान, सौतामारे, स्वर्गद्वारी हँुदै सदरमुकाम खलंगामा तत्कालीन पर्यटनमन्त्री आनन्द पोखरेलले र नुवाकोट गढी पुगेर मैले अन्तिम समापन गरेका थियौं । त्यतिबेला सोट्टोले ६ रात ७ दिनको टू प्याकेज सार्वजनिक गरेको थियो । यो यस क्षेत्रमा चालिएको पहिलो कदम थियो ।
आउनुहोस, सबैको साझा प्रयाशबाट केही न केही योगदान गरौं ! हामी आफैले आफ्नो मातृभूमिलाई सुन्दर पर्यटकीय गन्तव्यका रुपमा प्रबद्र्धन र विकास गर्न अग्रसर बनौं !!
(प्यूठानको गौमुखी गाउँपालिका १ अर्खामा आयोजित गौमुखी मिडिया सम्मेलन २०७६मा प्रस्तुत कार्यपत्र)

प्रतिक्रिया दिनुहोस
रविका यस्ता पनि फ्यान: ‘रविलाई प्रधानमन्त्री बनाईदेउ’ भन्दै पाथीभरा मातासंग मागे बर, तस्बिर भयो भाइरल

  र्चित टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रधानमन्त्री बनाई देउ माता भन्दैँ एक

रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राख्न अदालतको आदेश

  पत्रकार रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको

रबी लामिछानेलाई आजबाट ५ दिन थुनामा राख्न अदालतले दियो अनुमति

    सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टिभी प्रस्तोता रवि लामिछाले ५ दिन

अनन्त: माताको भविष्यवाणी मिल्यो- माताले करिब ५ महिना अगाडी यसो भनेकी रहिछन .. हेर्नुस् भिडियो

  रबि लॉमिछानेलाई मैले लगभग ५ महीना अगाडी म्यासेजमॉ “तपॉईमॉथि केही मुद्दा-मॉमलाहरु आऊने