नेताका छोराछोरी विदेश पढ्छन भन्दै आन्दोलन गर्ने नेता मिश्रका छोरा पनि अमेरिकामा !

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार

 

लामो समय पत्रकारिता गरेर नेपाली राजनीतिमा हाम फाल्नु भएका रवीन्द्र मिश्रको चर्चा सधै भइरहेको छ ।

एक समय भ्रष्ट्राचारीलाई किरा परोस भन्दै हिड्नु भएका उहाँ अहिले वैकल्पीक राजनीतिका लागि विवेकशील साझाको नाम लिएर नेपाली राजनीतिमा हाम फाल्नु भएको छ ।

गुरु प्रसादले कमेन्टमा ब्याङ्ग्य गर्दै लेख्नु भएको छ, ‘आफ्नो छोरो औरिकामा अरुका छोरा माइतिघर मण्डलामा जम्मा गर्ने तम्रा समृद्धी पनि अरुको भन्दा कौन्सा गतिलो देखियो र मिश्रा साहेव , खैर खैरेको ठ्याममा अध्यक्ष हुन पनि चानचुने कुरो हैन बधाइ छ केटोलाई ।’ यस्ता थुप्रै प्रतिकृयाहरु मिश्रको पोस्टमा देख्न पाइएको छ ।

उहाँले समयसमयमा आरोप लगाउँने गर्नुभएको छ कि नेताहरुका छोराछोरी विदेशमा पढ्छन र नेपालमा जनताका छोराछोरी नेताका लागि आन्दोलन गर्छन । यो बिचमा उहाँ आफैले पनि आफ्नो छोरालाई अमेरिकाको महंगो विद्यालयमा अध्यन गर्नको लागि पठाएको खुलेको छ ।

आज एक फेसबुक स्टाटस राख्दै उहाँले यस्तो लेख्नु भएको छ ।

बाबा, मैले चुनाव जितेँ ! मैले चुनाव हारेँको थिएँ। मेरो छोराले जितेछ । Forbes Magazine का अनुसार Bowdoin अमेरिकाको तेस्रो उत्कृष्ट Liberal Arts कलेज हो। A Levels को परिक्षामा उत्कृष्ट (एउटा विषयमा विश्वमैँ उत्कृष्ट) नतिजा लेराएपछि उसले Bowdoin College मा राम्रो छात्रवृत्ति पाएको थियो।

Bowdoin जस्ता कलेजहरूमा पनि लगभग हाम्रा विद्यार्थी युनियनजस्तै संस्थाहरू हुन्छन्। तर ती पूर्णत गैर-राजनीतिक हुन्छन् र तिनले वास्तवमैँ विद्यार्थी र कलेजको हितमा काम गर्नु पर्छ । त्यसको अध्यक्ष हुनका लागि प्रतिश्पर्धीहरूले अन्य क्षमता प्रदर्शन गर्नुको साथमा अमेरिकी राष्ट्रपतिय शैलीको सार्वजनिक बहसमा भाग लिएर कलेजका विद्यार्थीहरुलाई प्रभावित पार्नु पर्छ।

छोराले सो चुनाव जितेछ। आज विहानै फोन गरेर उसले भन्यो, “बाबा, मैले चुनाव जितेँ।” उसले अब एक वर्षका लागि Bowdoin Student Government Council को नेतृत्व गर्नेछ।मेरा छोराजस्ता दशौँ हजार क्षमतावान नेपाली विद्यार्थी विदेशमा छन्। यो देश हाम्रो पुस्ताले बनाउन सकेन भने तीमध्ये अधिकांश नेपाल फर्किँदैनन्। नेपालमा त्यस्तै दशौँ हजार क्षमतावान विद्यार्थी छन् र यो देश बनेन भने तीमध्ये अधिकांश नेपाल छोडेर जान्छन्।

दक्ष जनशक्तिलाई नेपालमा बस्ने वातावरण नै नबनाई देश कसरी बनाउने? मेरो छोराका उमेरका दशौँ लाखौँ युवाहरूलाई नेपाल फर्किने र नेपालमैं बस्ने वातावरण सृजना गर्न लागि परेको छु। नयाँ वर्षले सोही दृढतामा थप शक्ति प्रदान गरोस्!छोरालाई धेरैधेरै बधाई र शुभकामना


तपाईंको प्रतिकृयाहरू



 


ताजा अपडेट