बा नभन्नेहरु नराम्ररी बञ्चित

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार

 

राजनीतिक सम्बन्धलाई वैयक्तिकरण गर्ने र त्यसआधारमा निरन्तर लाभ लिइरहने प्रबृत्ति शुरु भयो, नेपाली कांग्रेसबाट । त्यही चलन कम्युनिष्ट पार्टीमा पनि सरेपछि अहिले नेकपाका कार्यकर्ताहरु ‘कमरेड’ बाट झरेर बा, आमा, दाइ, दिदीमा पुगेका छन् । योसँगै अवसरको न्यायोचित वितरण प्रभावित भएको छ ।

 

पहिलेदेखि नै नेकपा अध्यक्ष केपी ओलीनिकट मानिने केन्द्रीय सदस्य, सांसद तथा २ नम्बर प्रदेशका सचिव सुमन प्याकुरेलले नै संसदीय दलका उपनेता सुवाष नेम्बाङसामु एकदिन गुनासो पोख्दै भने, ‘यो त हद भयो । अरु त अरु, सत्तरी हाराहारीका सत्यनारायण मण्डल उमेर, अनुभवले पनि सिनियर नेता । उनले पनि केपी ओलीलाई ‘बा’ भनेर ढोग्ने गर्दा रहेछन् ।

 

सांसद महेश बस्नेतदेखि युवासंघका उपाध्यक्ष किरण पौडेल, सांसद निरु पाल, मुस्लिम आयोगमा गएका समिम मियाँ अन्सारी, कोमल ओली, शर्मिला ढकाल पराजुली, वीरगञ्जकी निर्मला देवकोटा, इजरायलमा राजदूत अञ्जान शाक्य, खेलकुदका उपाध्यक्ष पीताम्बर तिम्सिनाहरुले पनि अध्यक्षलाई ‘बा’ भन्दै ढोग्ने । राज्यले ‘सम्माननीय प्रधानमन्त्री’ को दर्जा दिएको व्यक्तिलाई अर्काका छोराछोरीले ‘बा’ भन्दै किन ढोग्छन् ? एउटै मान्छे तेह्रथुमदेखि दार्चुलासम्मका भुराभुरीको ‘बा’ हुन्छ कसरी ? न ‘बा’ भनिएकाले ‘यी मेरा सन्तान हुन्’ वा ‘मैले बालबच्चासरह मानेको छु’ भनेका छन् ।

 

यदि केपी ओली राजनेता हो, देशको प्रधानमन्त्री हो भने उहाँलाई नेतालाई गर्नेजस्तो सम्मान, प्रधानमन्त्रीलाई दिनेजस्तो आदर र सम्मान दिनुपर्नेमा ‘बा’ भन्नेहरुले आ–आफ्ना स्वार्थको मार्केटिङ चलाउने र फाइदा लिने क्रमले केही–केही पूर्वएमालेहरु आजित छन् ।
०५४ को पार्टी विभाजनपछि अहिलेका महासचिव विष्णु पौडेलले भनेअनुसार पाल्पाका जिल्ला कमिटी सदस्यको गुनासो थियो, ‘लालपार्टी बनाउन हिँडेको, शीतलपाटी पनि नहुने भयो कमरेड ।

 

यस्तो कुरा गराई र व्यवहारले नेकपालाई त्यही दिशातर्फ डो¥याइरहेको छ । स्वार्थमण्डलीले लगाएको त्यो नाता सिकेर अब त व्यापारीहरु पनि प्रधानमन्त्रीलाई ‘बा’ भन्दै ढोग्न पुग्ने गरेका छन् । कम्युनिष्ट मान्यताका आधारमा व्यक्तिलाई ढोग्नु हुँदैन, ढोगाउनु पनि हुँदैन । किनभने, ढोग्ने र ढोगाउने भनेको झुक्न र झुकाउन लगाउने कुरा हो । तर आजकलका माथिल्ला कम्युनिष्ट नेताहरु निस्फिक्री ढोग थापिरहेका देखिन्छन्, तलकाहरु परेको अवस्थामा ढोग्न पनि तयार भइरहेका हुन्छन् ।

 

कम्युनिष्टले मुठ्ठी कसेर लालसलाम गर्ने भनेको ‘म तपाईंजत्तिकै दृढ संकल्पित छु, प्रतिबद्ध छु, गतिशील छु’ भनिएको हो, त्यसैलाई ‘अभिवादन’ ले सम्मान गरिएको भनेर पनि बुझिन्छ । नमस्कार भनेको त ‘नमः’ अर्थात् भक्तिको आदर हो । कम्युनिष्ट नेताले कार्यकर्तालाई भक्त हैन, योद्धा वा गतिशील, बफादार कार्यकर्ता बनाउने आममान्यता छ । तर, चलन न हो, चलिहाल्दो रहेछ ।

 

नेकपा संस्थापक पुष्पलाललाई माल्दाजु र भियतनाममा सबैले होचि मिन्हलाई चाचाजी मान्थे, स्वार्थी झुण्डको मात्र संबोधन थिएन त्यो । तर, यहाँ त उल्टो छ । यसरी सम्बन्धको वैयक्तिकरणबापत व्यक्तिहरुलाई ‘राम्रो’ भनेर होइन, ‘हाम्रो’ भनेर अवसर दिने, फलतः उपयुक्त भूमिकामा उपयुक्त व्यक्तिहरु नपुग्ने क्रम बढेको छ । कर्ण थापाजस्ता व्यक्तिले भोलि कुनै गलत काम दोहो¥याएको अवस्थामा कारवाही वा कुनै किसिमको सोधखोज गर्न पनि अप्ठेरो । ‘बा’ भनेर भक्तिपूर्वक ढोग्नेलाई गाली गर्ने कसरी ?

 

कांग्रेसमा पनि वीपीलाई सान्दाजु, गिरिजाबाबु, कृष्णप्रसाद भट्टराईलाई किसुनजी, सुशील दा भन्ने चलन थियो । तर, कम्युनिष्ट पार्टीमा सम्बन्धहरु मित्रवत् (कमरेडी) हुन्छन् । कोही ठूलो र कोही सानो कदले हुन्छ, पदले पनि हुन्छ । तर, व्यवहारमा बराबर मान्छौँ भन्ने कम्युनिष्ट दर्शन पढेका मान्छेहरुले सम्बन्धको यस्तो वैयक्तिकरणलाई प्रचलन मान्दा ‘बा’ भन्न नजाने वा नपाउनेहरु नराम्रो मारमा पर्ने गरेका छन् ।

जनआस्थाबाट


तपाईंको प्रतिकृयाहरू



 


ताजा अपडेट
म संगै जापन जाने केटा छ भने मेरो बारेमा अपडेट हेर्नू होला।

के भने प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमा

सरकारले गुठी विधेयक फिर्ता लियो

जापान/कोरिया काण्ड पछी अर्काे नेपाली यौनकाण्ड ! जसले हंगामा मच्चायाे (भिडियोसहित)

कांग्रेसको अवरोध संसदीय व्यवस्थामाथिकै धावा : योगेश भट्टराई

कर्णालीमा नदीमा जीप खस्यो, सबै यात्रु बेपत्ता, हेलिकोप्टरले खोज्दै

बुढीगण्डकी बनाउँछु भन्दै पेट्रोलबाट उठाएको ३० अर्ब खोई ?

भारतीय मिडियाले तोके अर्चना पनेरुको रेट साढे चार करोड

भोटेकोशी गाउँपालिकाको भौतिक पूर्वाधारको योजनाको घोषणा

नेपालमै नेटवर्किङ वेश्यावृत्ति : स्कुल ड्रेसमै बालिका सहित ८ जना पक्राउपछि खुल्यो यस्तो तथ्य