आज चैत २२ गते शुक्रबारको राशिफल पढौ, पशुपतिनाथको दर्शन गर्दे भेटी स्वरुप एक सेयर गरौं

प्रकाशित मिति: २२ चैत्र २०७५, शुक्रबार

 

वि.सं.२०७५ साल चैत्र २२ गते । शुक्रबार । ईश्वी सन् २०१९ अप्रिल ०५ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र कृष्ण पक्ष । तिथि औंषि,२० घडी ३६ पला,दिउँसो ०२ बजेर ०७ मिनेट उप्रान्त प्रतिपदा । करण नाग,दिउसो ०२ बजेर ०७ मिनेट उप्रान्त किंश्तुध्न,रातको ०२ बजेर ४० मिनेट उप्रान्त बव । नक्षत्र रेवती, अहोरात्र । योग ऐन्द्र,४० घडि ५३ पला,बेलुकी १० बजेर १४ मिनेट उप्रान्त वैधृति । आनन्दादिमा श्रीवत्स योग । चन्द्रराशि मिन । पञ्चक। घोडे जात्रा। स्नानदान गर्ने र हलो बार्ने औंसी। काठमाडौंमा सूर्योदय ०५ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २३ मिनेट । दिनमान ३१ घडी १५ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या बढाउनेछ भने औषधि उपाचार खर्च बढेर जानेछ भने खानपानमा ध्यान नदिदा पनि स्वास्थ्यमा समस्या देखिन सक्छ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा पनि बिवाद सिर्जना हुनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा केहि समयको लागि टाडिनु पर्नेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

 

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । छोटो समय लगाएर गरिएको प्रयासबाट सार्थक तथा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । सरकारि साधन तथा प्राकृतिक स्रोतको प्रयोेग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुजनहरु खुसि रहनेछन् ।

 

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) निति निर्माण तहमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ भने आज गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । थप लगानि गरि व्यापार बिस्तार गर्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पारिवारिक जमघटमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

 

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरुले समयमा तपाईको काम नगर्दिनाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न बढिनै समय खर्चिनु पर्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिने चिन्ताले सताउँनेछ भने झन्झटिलो यात्रा हुन सक्छ ध्यान दिनुहोला ।

 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुनेछ । नयाँ काम गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिन सकिनेछ भने बित्तिय क्षेत्रमा गरिएको लगानि भने फस्टाएर जानेछ ।

 

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) थोरै लगानि गरि छोटो समयमा मनग्गे प्रतिफल प्राप्त गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति मजभुत हुनेछ । बिभिन्न सामाजिक तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । अध्ययनमा सोचेजस्तो नतिजा ल्याउन सकिने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने जीवन साथिको सहयोग पाउदा काम गर्न जोस जागर बढेर आउनेछ ।

 

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नोकरिमा सहकर्मीहरुलाई किनारा लगाउँदै अग्र स्थानमा तपाईको नाम आउँनेछ भने पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । सत्रुलाई परास्त गर्न सकिनेछ भने व्यालय तथा अदालतबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । पढन पाढनमा प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसि राख्न सकिनेछ । प्रेम सम्बन्ध सुदृड हुनेछ भने घर परिवारमा आत्मियता बढ्नेछ ।

 

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज गर्न गाह्रो महशुष हुनेछ । व्यापार व्यावसायमा लगानि गर्ने वाताबरण बन्ने भएपनि सोचेजस्तो आम्दानि गर्न निकै समय खर्चनु पर्नेछ । पढाई लेखाईमा फितलो उपस्थितिले गर्दा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । प्रेम प्रसङगमा एक अर्काबिच भावना साटासाट गरि समय ब्यातित गर्न सकिनेछ ।

 

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा कमाएको नाममा ठेस पुग्न सक्छ । आफन्त, साथिभाई तथा घर परिवारका मानिस सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा मन्दि आई आर्थिक अवस्था कमजोर हुनेछ भने घर जग्गा,सवारि साधन र कृषि क्षेत्रसँग सम्बन्धित कामबाट केहि मात्रामा लाभ लिन सकिनेछ । राजनितिमा आलोचनात्मक समर्थन प्राप्त हुनेछ भने सामाजिक काम गर्दा बिशेष ख्याल गर्नुहोला ।

 

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । अन्धबिश्वास तथा कुसस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपुर्ण भमिका निर्बाह गर्नेछ ।

 

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउँनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । व्यापार व्यावसायमा नाफा कमाउँन प्रसस्त समय खर्चिनु पर्नेछ । बोल्दा ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुँन सक्छ ।

 

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । गित संगीत तथा मोडलिङ पेशा व्यावसायमा समय दिनेहरुले चित्तबुझ्दो आम्दानि गर्न सक्नेछन् । योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुँदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । प्रतिश्पर्धिहरु तपाईको क्षमता देखेर आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुवर्गहरु खुसि भई तपाईको प्रशंसा गर्नेछन् ।


तपाईंको प्रतिकृयाहरू



 


ताजा अपडेट
कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने, सेक्स कतिबेला र कतिपटक गर्ने ?

प्रधानन्यायाधीशमाथि नै लाग्यो यौन उत्पीडनको आरोप

१० वर्षीय छोरासँगै पुलबाट हाम फालेर गरिन् महिलाले आत्महत्या, (भिडियो)

मैले अरुसँग यौन सम्पर्क गरेको मेरो श्रीमानलाई थाहा हुन्छ कि हुदैंन ?

राष्ट्रपति भण्डारीको वैशाख ११ गतेदेखि चीन भ्रमण, यस्ता छन् योजना

ओली–नेपालबीच बालुवाटारमा वार्ता, पार्टी एकता टुङ्ग्याउने तयारी

फेरि अर्को बज्रपात पाइलटहरुले लाखौं कोसिस गरे तर सफल भएनन: उडेको केही मिनेटमै विमान दुर्घटना १ सय ८९ जनाको मृत्यु

फेसबुक प्रेमले यसरि लियो गुल्मीकि निशाकाे ज्यान। पुरा पढ्नुहाेस

नेपालका विश्वविद्यालयमा विद्यार्थी अभाव : भारतमा पढ्ने नेपालीबाट गुम्यो रु साढे ६ अर्ब

साप्ताहिक राशिफल : बैशाख ७ देखि १४ सम्म कुन राशिको चम्किदैछ भाग्य, कसको खराब समय