पब्जी गेमको डर लाग्दाे कुलतः यसले स्वास्थ्यमा कसरी हानी गर्छ ?

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलवार

 

फुर्सदमा सम्झने गेम हो, पब्जी । स्मार्टफोन भेट्नसाथ खोजिने गेम हो, पब्जी । पब्जी गेम भनेपछि कामधन्दा छाड्नेहरु पनि छन् ।

लेखपढ गर्न छाड्ने पनि छन् । यस्तो लाग्छ, उनीहरुको सपना(विपना पब्जी नै हो ।

खेलका आफ्नै सर्त र सीमा हुन्छन् । खेलको आफ्नै महत्व हुन्छ । खासगरी आउटडोर गेमहरुले शारीरिक, मानसिक विकासमा ठूलो सघाउँ पुर्‍याउँछ ।

त्यसका अरुपनि थुप्रै फाइदा छन् । जस्तो कि, प्रतिस्पर्धाको भावना विकास हुन्छ ।

क्षमता विकास हुन्छ । एकता एवं सामाजिक भावना निर्माण हुन्छ ।

यद्यपी अहिले भर्चुअल गेमको जमना छ । घरभित्र अझ एउटै कोठामा कोचिएर भर्चुअल गेममा रमाउनेको संख्या बढ्दो छ ।

यी भर्चुअल गेमहरु सर्वथा गलत भन्ने होइन । भर्चुअल गेमले पनि मानसिक तनावबाट मुक्त गराउन सक्छ । मनोरञ्जन दिन्छ । कतिपय चलाखीपूर्ण निर्णय गर्ने क्षमताको विकास गर्छ ।

तर, कुनैपनि कुरामा आवश्यक्ताभन्दा बढी आशक्ति हुनु भनेको कुलत लाग्नु हो । कुलतले मानसिक, शारीरिक, सामाजिक विकासमा अवरोध पुर्‍याउँछ । महत्वपूर्ण समय नष्ट त गरेको छ नै ।

करियर बनाउने उमेरमा युवाहरु पब्जी खेलेर समय बर्बाद गरिरहेका छन् ।

पब्जीको साइड इफेक्ट

एकातिर पब्जी खेलको लोकप्रियता चुलिदो छ अर्कोतिर यसले मानसिक एवं शारीरिक समस्या पनि नित्याउँदैछ । अहिले पब्जीको कारण युवाहरुमा के कस्ता स्वास्थ्य समस्या देखापर्छ भनेर खोजी हुन थालेको छ । पब्जी खासमा एक मल्टीप्लेयर वा सामूहिक गेम हो, अर्थात एकसाथ केही खेलाडीले यसमा भाग लिन्छन् ।

यो गेम खेल्दै जाँदा युवाहरु यति निर्लिप्त हुने गरेका छन् कि उनीहरुले आफ्नो पढाई, कामधन्दा, करियर पनि सोच्न छाडेका छन् । साथै एकै स्थानमा घण्टौ बसेर गेम खेलिरहँदा स्वास्थ्यमा गंभीर समस्या पनि देखापर्दैछ ।

पब्जीले स्वास्थ्य खराब गरेपछि

पब्जीको कारण युवाहरुको स्वास्थ्यमा खराबी आएपछि यस खेलका निर्माताहरुले नै यसको रोकथामको उपाय खोजेका छन् । उनीहरुले यसका लागि ६ घण्टाको समय निर्धारित गरिदिएका छन् । यसको अर्थ अब कुनैपनि खेलाडीले ६ घण्टाभन्दा बढी समय गेम खेल्न सक्नेछैनन् ।

६ घण्टा पनि हेल्थ नोटिफिकेशन आउनेछ । त्यसपछि भने गेम स्वत् बन्द हुनेछ ।

पब्जीबाट असर भोगेकाहरुको अनुभव

एक २४ बर्षिय युवाले पब्जी खेलिरहँदा आफ्नो स्वास्थ्यमा कसरी त्यसले असर पुर्यायो भन्ने कुरा शेयर गरेका छन् । उनका अनुसार पब्जीले त्यस्तो भयानक स्वास्थ्य समस्या त पैदा गराएको छैन । यद्यपी उनको स्वास्थ्य स्थिती भने सामान्य छैन, जो हुनुपथ्र्यो ।

खेल आक्रमक भएकाले त्यसको मानसिक प्रभाव आफुमा पर्ने उनले बताए । साथै खेल हिंस्रक भएकाले आफुमा पनि त्यही किसिमको प्रवृत्ति क्रमस विकास हुँदै गएको उनले महसुष गरेका छन् ।

लामो समयसम्म मोवाइल खेलेर एकै स्थानमा बसिरहँदा आँखामा समस्या भएको थियो । साथसाथै उनको गर्दन र हातमा पनि समस्या देखियो । यसको अर्को समस्या भनेको अनिद्रा हो । गेमका तल्लिन भएयता उनको निद्रा भंग भएको छ । निद्रा नियमित र गहिरो छैन ।

अर्को एक युवा पनि दैनिक ६ देखि ७ घण्टासम्म पब्जी खेलिरहँदा त्यसले आफ्नो स्वास्थ्य खराब गरेको सुनाउँछन् । उनलाई अहिले टाउको दुख्ने समस्या भएको छ । साथै आँखा पनि कमजोर भएको उनले महसुष गरेका छन् ।

गेम खेल्ने चक्करमा उनले आफ्नो दैनिक काम, पढाई पनि भुलेका छन् । साथीभाईसँग हेलमेल हुने, परिवारसँग रमाउने समय पनि कटौती भएको छ । अहिले उनलाई निरन्तर टाउको दुख्ने समस्या छ । त्यही कारण उनलाई मोवाइल गेम खेल्न झर्को लाग्न थालेको छ ।

पब्जी एक समस्या

अहिले बच्चाहरु विद्यालयबाट फर्केपछि मोवाइलमा पब्जी खेल्न थाल्छन् । वयस्कहरु पनि अफिसबाट फर्किएपछि पब्जीमै रामाउन थाल्छन् । यसले गर्दा उनीहरुको शारीरिक सक्रियता पुरै घटेको छ । एकै ठाउँ कोचिएर घण्टौ बिताइरहेका छन् ।

यस गेमको चक्करमा परेपछि मान्छेको सुत्ने तालिका गडबड भएको छ । अपर्यात निद्रा, मोटोपन, उच्च रक्तचाप, हृदयरोग जस्ता समस्यालाई यसले जन्म दिएको छ ।

पब्जी खेल्नेहरुलाई ढाँडको समस्या देखिएको छ । उनीहरुको आँखामा पनि समस्या देखिएको छ । पब्जीको एडिक्सनले मान्छेको दिनचर्या विथोलिएको छ । उनीहरुको खाने, सुत्ने तालिका प्रभावित भएको छ । यसले शारीरिक गतिविधिलाई पुरै निस्क्रिय बनाइदिएको छ । सामाजिक सम्पर्क पनि टुटाइदिएको छ ।

अब के गर्ने त ?

पब्जी अहिले धेरै अभिभावकको लागि टाउको दुखाईको विषय भएको छ । यो भर्चुअल गेम ठिक त्यस्तै हो, जो लागु औषधको लत हुनेगर्छ ।

पब्जीको लतमा फसेकाहरुलाई पारिवारिक जीवनमा फर्काउनुपर्छ । उनीहरुलाई यो गेमबाट मुक्त गराउनुपर्छ । यसका लागि अभिभावकले आफ्ना छोराछोरीसँग अतिरिक्त समय दिनुपर्ने विज्ञहरुको राय छ ।


तपाईंको प्रतिकृयाहरू



 


ताजा अपडेट
काँग्रेसले बनायो छाँया सरकार, को को भए मन्त्री

कति जिते ‘को बन्छ करोडपति’मा रबि लामिछाने( हेर्नुहोस भिडियो )

५० लाख दिनुस् प्रधानमन्त्री केपी ओलीलाई मारिदिन्छु भन्ने युवा पक्राउ

बारमा गोली चल्यो, ११ जनाको हत्या

१७० जना यात्रु लिएर सिंगापुर उडेको विमान दुर्घटनाग्रस्त

बालुवाटारको जग्गा फिर्ता ल्याएर मात्रै हुँदैन, दोषीलाई कारबाही गर्नुपर्छ : भीम रावल

मेकअप गर्दा गरिने यी १० गल्ती, जसले झनै बुढो देखाउँछ

गोंगबु नयाँ-बसपार्कमा मोडल जस्ता यौनकर्मी, यस्तो अवस्थामा पक्राउ ! हेर्नुहोस्

यौन सम्पर्क पछि महिलाहरुलाई आउन्छ यस्तो आनन्द

ग्रिनसिटी अस्पतालको अवैध धन्दा : आवश्यकताअनुसारको बच्चा जन्माइदिने भन्दै रकम असुली