विप्लव समूह र प्रहरीबीच गाेली हानाहान

प्रकाशित मिति: १२ चैत्र २०७५, मंगलवार

 

 

अछाममा नेत्रविक्रम चन्द विप्लव समूह र प्रहरीबीच गाेली हानाहान भएको छ । अछामको रामारोशन गाउँपालिको झाता गाउँमा प्रहरी र ‘विप्लव’ समूहबीच गाेली हानाहान भएको हो ।

 

विप्लव समूहका कार्यकर्ता झाता गाउँमा रहेको थाहा पाएपछि प्रहरी त्यहाँ पुगेको थियो। विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि फायरिङ गरेपछि प्रहरीले जवाफी कारवाही स्वरुप फायरिङ गरेको  जनाएको छ। त्यसक्रममा प्रहरीले नेकपाका चार जना कार्यकर्तालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा पार्टी निकट अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अनेमसंघ क्रान्तिकारीकी भुमीसरा धामी र युवा संगठनकै राजेन्द्र धामी रहेका छन् । प्रहरिको घेराबन्दीबाट भाग्ने क्रममा नेकपा अछामका ईन्चार्ज शेर बहादुर बिक ‘दर्शन’ को खुट्टामा चोट लागेको नेकपा श्रोतले बताएको छ ।

 

दिउँसो करिब १ बजेतिर विप्लव समूहका कार्यकर्तालाई पछ्याउँदै प्रहरी झाता पुगेको थियो। विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हतियारसहित रामारोशनमा बसिरहेको विशेष सूचनका आधारमा त्यहाँ पुगेको प्रहरीले स्रोतले जनाएको छ।

 

सरकारले गएको फागुन २८ गते प्रतिबन्ध लगाएपछि प्रहरीले विप्वलका नेता/कार्यकर्ताको खोजी तीब्र पारेको छ । यसक्रममा तेस्रो वरियताका नेता हेमन्त प्रकाश ओली सुदर्शनसहित विभिन्न क्षेत्रका इन्चार्ज र कार्यकर्ता गरि झण्डै २ सय जना पक्राउ परिसकेका छन् ।

 

ओली सरकारले जेलमा कोचेका यी हुन् विप्लबका ४५ नेता (नामावली सहित)

 

फागुन २८ मा सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक गर्न पूर्णरुपमा प्रतिवन्ध लगायो । त्यसयता प्रहरीले विप्लवका नेता कार्यकर्ता पक्राउ गर्न भएभरको बल लगाइरहेको छ । पछिल्ला केही दिनमा प्रहरीले उल्लेख्य मात्रामा विप्लवका नेता तथा कार्यकर्ता पक्राउ पनि गरिसेकेको छ ।

 

हालसम्म ४५ जना नेता कार्यकर्तालाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । तर विप्लवले सरकारले आफ्ना नेता कार्यकर्ता पक्राउ जारी राखे प्रतिकार गर्ने चेतावनी दिँदै आएको छ । प्रहरीले अहिलेसम्म विप्लव समूहका सबैभन्दा ठूला नेता मध्य क्षेत्रीय कमाण्ड तथा स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीलाई नियन्त्रणमा लिइएको छ । उनको पक्राउलाई सुरक्षा निकायले पनि ठूलो सफलताको रुपमा लिएको छ ।

 

उनी पक्राउ परेपछि विप्लव समूहलाई ठूलो धक्का परेको सुरक्षा निकायको विश्लेषण छ । प्रहरीले विप्लव नेतृत्वको नेकपाका नवलपरासी जिल्ला इञ्चार्जसहित दुई जनालाई सोमबार राति पक्राउ गरेको छ । नेकपाका नवलपरासी इञ्चार्ज सुमन ज्ञवाली र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई प्रहरीले राति घरबाटै नियन्त्रणमा लिएको हो ।

 

नेत्रविक्रम चन्द विप्लव समुहका तीन जना कार्यकर्तालाई भोजपुरका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । विप्लव समुहका टेम्केमैयङ गाउँपालिका–४, नागीका सञ्जय राई, पौवादुङमा गाउँपालिका–३, च्याङ्ग्रेका विकास राई र साल्पासिलिछो गाउँपालिका–१ कुलुङका महेन्द्र तामाङलाई सामबार प्रहरीले पक्राउ गरेको हो ।

 

ललितपुरको नख्खुस्थित एनसेलगट अगाडि गराइएको बम बिस्फोटमा एक जनाको मृत्यु र २ जना घाइते भएको घटनाबाट विप्लव समूहका नेता कार्यकर्ता पक्राउ गर्न सुरु गरेको प्रहरीले बम बिस्फोटमा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले फागुन १४ गते विप्लवका पूर्व अंगरक्षकसमेत रहेका सूर्य भुजेललाई कलंकीबाट पक्राउ गरेको थियो ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट रवीन केसी, वीरेन्द्र नेपाली, विपीन लामा, नवीन विष्ट, विमला भण्डारी, गौरी धामी, रुकमिणी पुडासैनी, उषा भुजेल, रामकुमार अधिकारी र ज्ञानेन्द्र बुढाथोकी पनि पक्राउ परेका छन् । हालसम्म को–को पक्राउ परे ?

 

फागुन १४ – काठमाडौंका विभिन्न स्थानबाट सूर्य भुजेल, जयराम दंगाल, अर्जुन केसी र अर्जुन गोतामे ।

 

फागुन १५ – मोरङबाट एलएमजी र एम(१६ सहित देवकुमार लिम्बू ‘संगीत’ ।

 

फागुन २१ – सुर्खेतबाट नेकपाको भ्रातृ सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा भेरी क्षेत्रीय समन्वय समितिका संयोजक पुष्पबहादुर न्यौपाने । फागुन २१ – सामाखुसीबाट जनवर्गीय संगठन किसान महासंघका अध्यक्ष राजु कार्की ।

 

फागुन २२ – दरबारमार्ग क्षेत्रबाट ब्युरो सदस्य केदार खतिवडा । फागुन २३ – विप्लवको गाउँ कपिलवस्तुको शिवराज नगरपालिकास्थित शिवगढीबाट एसएमजी २ थान, त्यसको गोली ६८ राउन्ड, त्यसको म्यागजिन ३ थान, ५४ टाइप पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, त्यसको गोली ३ राउन्ड, ५।५६ क्यालिभरको राउन्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा (२५ केजी) सहित दुर्गाबहादुर रोका

। चैत १ – ललितपुरको च्यासलबाट पोलिटब्युरो सदस्य मोहन कार्की ‘जिवन्त’ ।

चैत २ – प्युठानबाट अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम् राप्ती क्षेत्रीय समन्वय समितका संयोजक पदम पोख्रेल ।

चैत ४ – नख्खु बम बिस्फोटमा संलग्न रहेको भनिएका नुमबहादुर विक र डिकेन्द्र राई ।

चैत ५ – अपराध महाशाखाको टोलीले काभ्रेबाट ४ राउण्ड गोलीसहित शिव धिमाल र विशाल तामाङ ।

 

चैत ८ – काभ्रेबाटै स्थायी समति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड हेमन्तप्रकाश ओली ‘सुदर्शन’, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का ।

 

चैत ११ – मोरङबाट कोशी ब्युरो इन्चार्ज धनश्याम श्रेष्ठ ‘पुष्कर’ र ब्यूरो सदस्य माधव गौतम ।

 

चैत ११ – कर्णाली प्रदेशबाट जिलेटीन ३२ थान, इलेक्ट्रिक डेडकड १ थान, गन्धक बारुद १ केजी र डेडकड ३ मिटर लगायतका विस्फोटक पदार्थसहित बुद्धिजीवी परिषद्का भेरी–कर्णाली इन्चार्ज धनराज शाही ।

 

चैत ११ – पश्चिम नवलपरासी जिल्ला इन्चार्ज गंगा ज्ञवाली ‘सुमन’ र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दानिया । चैत ११ – भोजपुरबाट सञ्जय राई, विकास राई र महेन्द्र तामाङ ।

चैत ११ – कैलालीबाट युवा संगठनका पूर्वप्रमुख रुपेश दिवाकर । चैत ११ – कोहलपुरबाट बाँके जनपरिषद् प्रमुख कृष्ण बहादुर शाही ।


तपाईंको प्रतिकृयाहरू



 


ताजा अपडेट
कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने, सेक्स कतिबेला र कतिपटक गर्ने ?

प्रधानन्यायाधीशमाथि नै लाग्यो यौन उत्पीडनको आरोप

१० वर्षीय छोरासँगै पुलबाट हाम फालेर गरिन् महिलाले आत्महत्या, (भिडियो)

मैले अरुसँग यौन सम्पर्क गरेको मेरो श्रीमानलाई थाहा हुन्छ कि हुदैंन ?

राष्ट्रपति भण्डारीको वैशाख ११ गतेदेखि चीन भ्रमण, यस्ता छन् योजना

ओली–नेपालबीच बालुवाटारमा वार्ता, पार्टी एकता टुङ्ग्याउने तयारी

फेरि अर्को बज्रपात पाइलटहरुले लाखौं कोसिस गरे तर सफल भएनन: उडेको केही मिनेटमै विमान दुर्घटना १ सय ८९ जनाको मृत्यु

फेसबुक प्रेमले यसरि लियो गुल्मीकि निशाकाे ज्यान। पुरा पढ्नुहाेस

नेपालका विश्वविद्यालयमा विद्यार्थी अभाव : भारतमा पढ्ने नेपालीबाट गुम्यो रु साढे ६ अर्ब

साप्ताहिक राशिफल : बैशाख ७ देखि १४ सम्म कुन राशिको चम्किदैछ भाग्य, कसको खराब समय