दुबै मृगौला फेल भएका यी किशोरले सहयोगको अपिल गर्दै भने- ‘म बाँच्न चाहन्छु’ ! (सक्दो शेयर गरौ)

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहीबार

 

सूर्योदयन गरपालिका ६ तारगाउँ को रसयाली परिवारमा एउटा यस्तै ठूलो समस्या आएको छ। कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेको रसयाली परिवारले परिवारमा देखिएको समस्या समाधान गर्न सक्ने अवस्था नै छैन। याम वहादुर र लिला रयसालीको २६ बर्षीय छोरा किशोरको दुबै मृगौलाले काम गर्न छाडिसकेको छ।

जुनसुकै हालतमा उनको मृगौला फेर्नुपर्ने डाक्टरले सुझाव दिएका छन्। मृगौला फेर्न सकिएन भने उनको बाँच्न सक्ने अवस्था धेरै कम छ। उनको मृगौलाले काम गर्न छाडेको हुँदा तत्काल मृगौला फेर्नु पर्ने भनेपछि त्यो परिवारको हाँसो खुसी सबै आँसुमा परिणत भएको छ।

भारतको बेङ्लोरमा होटलमा कामको शिलशिलामा काम गर्दै गर्दा उनी एक्कासी बिरामी भए। तत्काल उनलाई उपचार गर्न लादा उनको दुबै मृगौला फेल भएको रिपोटमा देखिएको थियो। उनलाई नेपाल ल्याएर काठमाडौ लगायतका अस्पतालमा उपचार गर्दा गर्दै १७ लाख बढी रकम सकिएको आमा लिलाले बताईन्।

कमजोर आर्थिक अवस्थाले रुमलिएको परिवारमा ‘किशोर दैनिक उपचार गरिरहनु परेको छ’–‘डाक्टरले मृगौला फेर्नु भनेको छ, जसोतसो खर्च जुटाएर अहिलेसम्म उपचार गर्यौं तर अब थप उपचार गर्ने एक रुपैंया पनि छैन, ठूलो समस्यामा परेका छौं हजुर।’ किशोरकी आमा लिला गहभरी आशुँ पारेर पीडा पोख्छिन्।

मृगौला पीडित किशोर भन्छन् ‘आमा बुबालाई पैसा कमाएर बुढेसकालमा पाल्ने सपना अधुरो हुने भयो, मलाई बचाउनुस् म बाँच्न चाहन्छु, विन्ती।’ किशोरको बुबा याम समेत शारीरिक रुपमा अशक्त रहेका छन्।

उनको दाहिने हातको भाग सानै देखि पुरा काम गर्न नसक्ने अवस्थामा रहेको छ। आगोले पोलेको उनको हातले खासै काम गर्न सक्दैन् ।आफ्नो मृगौला दिदा समेत १० लाख बढी खर्च लाग्ने हुँदा छोरा बचाँईदिन उनले आग्रह गरे।

किशोरलाई बचाउका लागि एभरेष्ट बैंक लिमिटेडको खाता नम्वर ०२१२०५२५२०००७१ वा अनुसन्धान मिडिया ९८०४९९०००१ मा सम्पर्क गर्न सक्नुहुने छ।

यो पनि पढ्नुस 

कोहि व्यक्तिहरु निदाएको बेला झस्किने, चिच्याउने, रुने गर्छन् । निदाएको बेला कसैले आक्रमण गरेको देख्नु, घाँटी थिचेको देख्नु, उचाईबाट लडेको देख्दा मानिसहरु एक्कासी आत्तिँदै बिउझिने गर्छन् । यसको मुख्य कारण ‘हाइपनिक जर्क’ वा ‘स्लीप स्टार्टर’ जस्ता समस्या हुन सक्ने डाक्टरहरु बताउँछन् ।

के हो ‘हाइपनिक जर्क’

हाइपनिक जर्क’ वा ‘स्लीप स्टार्टर’ कुनै रोग होइन । र यो कुनै पनि नर्भस प्रणालीको डिसअर्डर पनि होइन । यो निदाएको र बिउँझिदाको समयबीचको अवस्था हो । कम निदाएको समयमा झट्का बढी महसुस हुनेगर्छ । यो जसको दिमागको नसा साँघुरो हुन्छ त्यसको दिमागको प्रतिक्रिया हो । निन्द्रामा मानिसहरु जे देख्छन् त्यही सत्य मान्छन् र निद्रामा सम्हालिन सक्दैनन् । जसको कारण त्यस्ता गतिविधि देखाउँछन् ।

हाइपनिक जर्कको कारण के ?

वैज्ञानिकहरुका अनुसार तनाव, चिन्ता, थकान, क्याफिनको बढी प्रयोग र कम निद्राको कारण दिमागले आराम पाउँदैन र यस्ता विविध प्रतिक्रिया दिन्छ । यो समस्या बंशानुगत पनि हुनसक्छ । यद्यपि, यो समस्या दिमागलाई आराम नपुग्दा नै देखिने गर्छ । मध्यपान तथा धुमपान, आइरनको कमिका कारण मांसपेशीमा ऐठन हुन्छ र निन्द्रामा झट्का लाग्छ । साथै, यस्ता समस्या उत्तेजक औसधिको सेवनले पनि हुन्छ । धेरै समय शारीरिक व्यायाम गर्ने मानिसहरुमा पनि यस्तो समस्या देखिन सक्छन् । धेरै व्यायाम गर्ने मानिसहरुको दिमागको आधा भाग सक्रिय रहन्छ । जसले निन्द्रामा झट्का महसुस गराउँछ । अप्ठ्यारो गरेर सुत्दा पनि ऐठन हुन्छ ।

कसरी बच्ने ?

आवश्यताअनुसार निन्द्रा पूरा गर्ने बानी बसाल्नुपर्छ । समयमा सुत्ने र समयमा नै उठ्ने गर्नुपर्छ । नुहाउँनुभन्दा पहिले मनतातो पानीमा नुहाउँदा यस्ता समस्या कम हुन्छन् साथै, सुत्ने तरिका पनि ध्यान दिएका यस्ता समस्याबाट बच्न सकिन्छ । यसका लागि ‘सोल्जर पोजिशन’ मा सुत्नुपर्छ । जसको लािग ढाड सीधा पार्ने र दायाँबायाँ दुवै हात राखेर सुत्न सकिन्छ । शवासनमा प्रयोग हुने यो तरिकाले ढाडको हड्डी सीधा रहन र पेटमा एसिड बन्न नदिन मद्दत पनि गर्छ ।

क्याफिन 

सुत्नुभन्दा पहिले कफि, चिया र सोडा जस्ता पेयपदार्थ पिउँनुहँदैन । साँझ आवश्यकताअनुसार पानी पिउने गर्दा रातको समयमा राम्रोसँग निन्द्रा लाग्ने र यस्ता समस्याबाट बच्न सकिन्छ ।

गुलियो कम खाने 

धेरै गुलियो खानेकुराले निन्द्रा विगार्छ । त्यसैले नुन वा गुलियो खानेकुरा कम खानेगर्नुपर्छ । निदाउँनुअघि फलफूल वा तरकारी खान सकिन्छ ।

आइरन

यस्ता डिस्अर्डरलाई कम गर्नको लागि आइरन, म्याग्नेसियम र क्याल्सियमयुक्त खाना खानुपर्छ । आइरनको कमि पूरा गर्न नियमित दुध, दही, केरा र किसमिस खान सकिन्छ ।

धेरै कसरत र मोबाइल

सुत्नुभन्दा ६ घण्टाअगाडि नै कसरत गर्ने र सुत्नुअघि मोबाइल स्विच अफ वा साइलेन्ट मोडमा राखेर सुत्ने गर्नुपर्छ ।


तपाईंको प्रतिकृयाहरू



 


ताजा अपडेट
के भने प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमा

सरकारले गुठी विधेयक फिर्ता लियो

जापान/कोरिया काण्ड पछी अर्काे नेपाली यौनकाण्ड ! जसले हंगामा मच्चायाे (भिडियोसहित)

कांग्रेसको अवरोध संसदीय व्यवस्थामाथिकै धावा : योगेश भट्टराई

कर्णालीमा नदीमा जीप खस्यो, सबै यात्रु बेपत्ता, हेलिकोप्टरले खोज्दै

बुढीगण्डकी बनाउँछु भन्दै पेट्रोलबाट उठाएको ३० अर्ब खोई ?

भारतीय मिडियाले तोके अर्चना पनेरुको रेट साढे चार करोड

भोटेकोशी गाउँपालिकाको भौतिक पूर्वाधारको योजनाको घोषणा

नेपालमै नेटवर्किङ वेश्यावृत्ति : स्कुल ड्रेसमै बालिका सहित ८ जना पक्राउपछि खुल्यो यस्तो तथ्य

गाउँलेले पानी पिउनका लागि खनेको कुवामा आगो लागेपछि… 2019-06-18