एकैपटक १३ सय जनालाई ठगेका आरोप लागेका केसी, भाग्दैभाग्दै पुगे प्रहरीको खोरमा

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार

 

प्रहरीले वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै करोडौं ठगेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बसुन्धारास्थित डेल्टा म्यानपावरका सञ्चालक राजन केसी रहेका छन् ।

 

सिन्धुपाल्चोक घर भएका केसीलाई महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले मंगलबार साँझ पक्राउ गरेको जनाएको छ । कार्कीले टर्की पठाइदिन्छु भन्दै करिब ७० जनासँग प्रतिव्यक्ति ४ लाखका दरले ठगेको पाइएको छ ।

 

केसीले पैसा उठाई हालसम्म विदेश नपठाएको सम्बन्धमा अनुसन्धानको क्रममा उनलाई नियन्त्रणमा लिइएको वृत्तका प्रमुख डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

 

प्रहरीका अनुसार पीडितहरुले मंगलबार राजनलाई बानेश्वरबाट नियन्त्रणमा लिएको र वैदेशिक रोजगार विभागले आवश्यक कारवाहीको लागि प्रहरी कार्यालयमा पठाएको जनाएको छ ।

 

यसअघि सञ्चालक केसीले डेल्टा इन्प्लोइमेन्ट सर्भिस प्रा.लि., स्वीप्ट नेपाल म्यानपावर प्रा.लि. र मास्र्टर जब प्रा.लि.मार्फत १३ सय जना बढिलाई एयरपोर्टमा राम्रो काम छ भन्दै २०१८ को जनवरीमा २ वर्षको लागि भनेर टर्की पठाएका थिए । केसीले ३ लाखदेखि ४ लाख ५० हजारसम्म उठाएका थिए ।

 

तर, सम्झौता अवधि नपुग्दै पठाएका १३ सय ६५ बढी युवा ५ महिनामै टर्कीको राजधानी स्टानबुलबाट कम्पनीले फिर्ता पठाएपछि म्यानपावर सञ्चालक केसी फरार भए । त्यसपछि फरार रहेका केसीविरुद्ध पीडितहरुले प्रहरीमा पक्राउ पुर्जी जारी गरेका थिए ।

 

फरार रहेको अवस्थामै केसीले फोनमार्फत पीडितहरुलाई छिट्टै नै पैसा फिर्ता गरिदिने आह्वासन दिएका पीडित धादिङ घर भएका राजेन्द्र अर्याल बताउँछन् । अर्याल भन्छन्, ‘केसीले ६ जनालाई पाँच लाखको ब्ल्यान्ड चेक समेत दिएका छन् ।’

 

फरार केसी मंगलबार दिउँसो वैदेशिक रोजगार विभागमा थिए । पीडितहरुले विभागमा रहेको थाहा पाएपछि केसीलाई लखेट्दै बानेश्वर प्रहरी वृत्त पुर्याए । केसी त्यहीँ पक्राउ परे । वृत्तका एक प्रहरी अधिकृत भन्छन्, ‘भाग्दैभाग्दै केसी यहाँ नआएको भए पीडितहरुले केसीलाई मार्न पनि सक्थे ।’

 

यता ठगीमा परेकाहरुलाई म्यानपावरको धरौटीबाट क्षतिपूर्ति दिलाउने व्यवस्था भएपनि ठगिनेको संख्या धेरै भएपछि म्यानपावरबाट कसरी क्षतिपूर्ति दिलाउने भन्ने विषयमा विभाग अन्योलमा परेको छ ।

बुधबार विभागमा विभागका निर्देशकसहितको रोहबरमा मंगलबार पक्राउ परेका सञ्चालक केसी र पीडितहरुबीच एक किसिमको छलफल भएको बताइएको छ । सञ्चालक केसीलाई प्रहरीको रोहबरमा थुनामा राखेर १५ दिनभित्र उक्त रकम फिर्ता गराउने सहमति भएको पीडितहरुले बताए ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।रातोपाटीबाट


तपाईंको प्रतिकृयाहरू



 


ताजा अपडेट
मलाईकाका यस्ता तस्विर बाहिरिएपछि दुनियाँ चकित [२० तस्विर]

बुधबारको यस्तो दुर्लभ योगले यी राशि मालामाल : राशिफल/२०७५ साल चैत १३ गते बुधबार

१३ वर्षीया विद्यार्थीसँग यस्तो कर्तुत गरेपछि शिक्षिक पक्राउ !

विप्लव समूह र प्रहरीबीच गाेली हानाहान

फेरी हावाले पक्की पुल लडायो : नेपालमा हावा शक्तिशाली कि कमसल निर्माण ?

अख्तियारद्धारा आफ्नै पूर्व आयुक्तविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

ओली सरकारले जेलमा कोचेका यी हुन् विप्लबका ४५ नेता (नामावली सहित)

बिर अस्पतालमा बेवारिसे भेटिएका बेलायती फिलिपलाई शिशिर भण्डारीले निको पारी बेलायत फर्काउने भए (भिडियो हेर्नुस)

पाकिस्तानसँग सम्बन्ध विस्तार गर्दा नेपाललाई हुन्छ यस्तो फाइदा !

प्रधानाध्यापक बन्न एमफिल गर्नुपर्ने !