फिफा बरियतामा नेपालको उल्लेख्य सुधार, नेपाल दक्षिण एसियाको पाँचौं



काठमाडौँ । विश्व फुटबल महासंघको सर्वोच्च निकाय फिफा वरियतामा ब्राजिल फिफा बरियताको शीर्षस्थानमा छ भने अर्जेन्टिना दोस्रो र जर्मनी तेस्रो स्थानमा छ । यस्तो अवस्थामा नेपालले पनि पछिल्लो समय निकै सुधार गरेको छ ।

फिफाले सार्वजनिक गरेको बरियताअनुसार नेपाल चार स्थान सुधार गर्दै १ सय ६९ औँ स्थानमा उक्लिएको छ । नयाँ बरियता अनुसार नेपाल दक्षिण एसियामा पाँचौँ स्थानमा छ । दक्षिण एसियामा शीर्षस्थानमा रहेको भारत समग्रमा एकसय स्थानमा छ ।

दक्षिण एसियाली राष्ट्रमा नेपाल भन्दामाथि रहेको भुटान २ स्थान तल झर्दै १ सय ६६ औँ स्थानमा पुगेको छ ।

दोस्रो स्थानमा रहेको माल्दिभ्स समग्र बरियताको एकसय ५६ औँ स्थानमा छ । पछिल्लो बरियतामा माल्दिभ्स चार स्थान तल झरेको छ । त्यसैगरी, अफगानिस्तान चार स्थान खस्कँदै समग्र एक सय ५८ औँ स्थानमा छ । दुई स्थान तल झरेको भुटान एक सय ६६ औँ स्थानमा छ । नेपालभन्दा पछाडि रहेको बंगलादेश एक सय ९२ औँ र श्रीलंका एक सय ९७ औँ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिेकट रंगशाला बारे उपप्रधानमन्त्री पोखरेलको चासो

  उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिेकट रंगशालाका विषयमा चासो लिनुभएको

यती समूहका संस्थापक शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने

    यती समूहका प्रबन्ध निर्देशक स्वर्गीय आङछिरिङ शेर्पाको दोस्रो बार्षिक स्मृतिमा यही

अझै बनिसकेको छैन मुलपानीको रंगशाला : प्रधानमन्त्री ओली

  राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मंगलबार ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रम गर्‍यो । प्रधानमन्त्री केपी

शिवपुरी क्लबले खुल्ला नकआउट’प्रथम राप्ती भेट्रान्स कप’आयोजना गर्ने

  पूर्वी चितवनको राप्ती नगरपालिका ०४ मा अवस्थित शिवपुरी युवा क्लबले यही माघ