नुवाकोटका रमेश तामाङ ४ वर्ष पहिले यूएई आउनुभएको हो । सरसफाइको काममा आएका तामाङको काम राम्रै थियो ।
कमाइले घर परिवार धानिएकै थियो । कामसँगै कमाई पनि राम्रै भएकाले अरु समस्या थिएन ।
गएको जुलाईमा उहाँ बिदामा घर जान दुवई एयरपोर्ट पुग्नुभयो । एयरपोर्टमा उहाँलाई अध्यागमन प्रहरीले रोक्यो ।
उहाँलाई प्रहरीले भन्यो, ‘तिमीले अरुलाई फोन र म्यासेज गरेर चिठ्ठामार्फत पैसा परेको भन्दै ठगिरहेका छौ ।’
प्रहरीको यो कुराले रमेश छाँगाबाट खसेजस्तै हुनुभयो । उहाँले न कहिल्यै चिठ्ठा खेल्नुभएको थियो न कसैलाई खेलाउनु नै भएको थियो । बरु उहाँलाई चिठ्ठा परेको चाहिँ म्यासेज आइरहन्थ्यो । रमेशले त्यसको कुनै वास्ता गर्नुभएन । प्रहरीलाई रमेशले यही कुरा भन्नुभयो ।
तर प्रहरीले रमेशको कुरा पत्याएन । त्यही आरोपमा उहाँ जेल जानुपर्यो । दुई महिनामा जेलबाट छुटे पनि उहाँ नेपाल फर्किन पाउनुभएको छैन । ठगी आरोपमा अदालतमा मुद्दा चलिरहेकोले उहाँले यात्रा गर्न नपाउनुभएको हो ।
सुर्खेतकी रमिता ताम्राकार पनि रमेशकै जस्तो समस्यामा हुनुहुन्छ । दुवईको क्लिनिङ कम्पनीमा काम गर्ने रमिता अघिल्लो वर्ष नेपाल फर्किन दुवई एयरपोर्ट पुगेपछि प्रहरीले फोनमार्फत ठगेको भन्दै पक्रियो ।
‘प्रहरीले मलाई तिमीले यो नम्बरबाट फोन र म्यासेज गरेर मान्छेलाई ठगेको छौ भनेपछि म त आत्तिएँ’ रमिताले सुनाउनुभयो । दुई महिना जेलमा राखेर प्रहरीले छोडिदियो । तर मुद्दा चलिरहेकाले उहाँले पनि यूएई छोडेर कतै जान पाउनुभएको छैन ।
यसरी यूएईमा पछिल्लो समय अरुको नामको सीमकार्ड प्रयोग गरेर ठग्ने क्रम बढेको भन्दै नेपाली दूतावासले सबै नेपालीलाई सचेत गराएको छ । रमेश तामाङ र रमिता ताम्राकार यसरी नै फस्नुभयो । काभ्रेका खिलानाथ श्रेष्ठ पनि यसरी फस्नुभयो ।
आबुधाबीको एउटा सेक्युरिटी कम्पनीमा गार्डको काम गर्ने उहाँ ४ वर्षदेखि नेपाल जानुभएको थिएन । गएको दशैं मनाउन घर जान दुवई एयरपोर्ट पुगेका खिलानाथलाई प्रहरीले सिधै आबुधाबीको अल वात्वा जेल पुर्यायो । झन्डै ६० दिन जेल बसेर उहाँ कम्पनीको क्याम्पमा फर्किनुभएको छ । अदालतमा मुद्दा चलिरहेकोले उहाँलाई कम्पनीले काम गर्न दिएको छैन ।
नुवाकोटका रमेश तामाङलाई फोनमा कहिलेकाहीँ चिठ्ठा परेको भनेर म्यासेजसँगै फोन पनि आउँथ्यो । तर उहाँलाई त्यस्ता म्यासेज र फोनको विश्वास लाग्दैन थियो । तर रमेशले आफ्नो नाममा रहेको सीमबाट अरु कसैले धेरैलाई ठगिरहेको छ भन्ने चाहिँ पत्तो थिएन ।
उहाँ युएई आउँदा सुरुमा लिएको मोबाइलसँगै सीम पनि हराएको थियो । हराएको सीम र मोबाइल भेटिएन । नभेटिएपछि उहाँले अर्को मोबाइल र सीम किन्नुभयो ।
तर त्यही हराएको सीमका कारण उहाँले जेल बस्नुपर्यो । उहाँको मुद्दा आइतबार मात्रै टुुङ्गिएको छ । उहाँको मुद्दा लड्न दूतावासले सहयोग गरेको थियो ।
अब एक हप्ताभित्र उहाँले यूएई छोड्नुपर्ने छ । जेल परेर फर्किएदेखि काम गर्न नपाएकाले उहाँसँग पैसा छैन । टिकट काट्न पनि समस्या रहेको उहाँले बताउनुभयो ।
सुर्खेतकी रमिता ताम्राकारलाई आफ्नो हराएको सीम अरुले प्रयोग गरेर गलत काम गर्ला भन्ने लागेको थिएन । उहाँको मुद्दा अहिले पनि चलिरहेको छ । दूतावासको सहयोगमा उहाँ अहिले पनि अदालत धाइरहनुभएको छ ।
आबुधाबीमा कार्यरत काभ्रेका खिलानाथ श्रेष्ठलाई आफ्नो सीम हराएको थाहा छैन । ‘मैले क्याम्पमा निःशुल्क बाँडेको सीमका लागि कागजपत्र दिएको थिएँ । दुई तीन ठाउँ हस्ताक्षर गर्न भनेको थियो’ खिलानाथ भन्नुहुन्छ ‘कतै त्यहीँबाट मेरो नाममा अरुले सीम लगेर दुरुपयोग पो गरेकी भन्ने लागेको छ ।’ उहाँकै नामको सीमबाट ठगी भएपछि अहिले उहाँ अदालत धाइरहनुभएको छ ।
अरुको सीमकार्डको प्रयोग गरेर चिठ्ठा परेको भन्दै ठग्ने गरेको पाइएपछि नेपाली दूतावासले त्यस्ता कुरामा विश्वास नगर्न आग्रह गरेको छ । योसँगै आफ्नो सीम हराएको वा अरुलाई दिइएको भए तुरुन्त रद्द गर्न पनि आग्रह गरिएको छ ।
‘यदि हराएको वा अरुलाई दिएको सीम रद्द गर्नुभएन भने तपाईं फस्न सक्नुहुन्छ, त्यसैले तत्कालै रद्द गर्नुहोस् ’ यूएईका लागि श्रम सहचारी मोतिराम भुसालले भन्नुभयो ।
यूएईमा दूरसञ्चार प्रदायक कम्पनीको कार्यालयबाट बोलेको भन्दै चिठ्ठामा पैसा परेको भन्दै ठगिएकाहरुले दूतावासमा गुनासो गर्ने गरेको भन्दै भुसालले यस्तो आग्रह गर्नुभयो ।
चिठ्ठा पर्दा पर्ने व्यक्तिसँग पैसा नमागिने भन्दै दूतावासले यसरी कसैले चिठ्ठा परेको भनेर पैसा मागेमा प्रहरीलाई खबर गर्न दूतावासले आग्रह गरेको छ ।
जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।
अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।
सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।
पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।
यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।
त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।
आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् ।